बैशाख २४ , भरतपुर । भरतपुर महानगरपालिका वडा नं ३ को वडाध्यक्षका उमेदवार तारामित्र पण्डितले आफ्नो उमेदवारी निस्क्रिय पार्दै गठबन्धनबाट वडाध्यक्षका साझा उमेदवार भरत लामिछानेलाई समर्थन गरेका छन् ।निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठको पहलमा पण्डितले आफ्नो उमेदवारी निस्क्रिय बनाई लामिछानेलाई समर्थन जनाएका हुन् ।
भरतपुर ३ मा टिकटको विषयमा व्यापक विवाद भएपछि पण्डित र लामिछाने दुवैले वडाध्यक्षमा उमेदवारी दर्ता गरेका थिए । पण्डितलाई मनाउन गरिएको छलफल कार्यक्रममा श्रेष्ठसँगै वडाध्यक्षका उमेदवार कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति लामिछानेलगायतका नेता सहभागी भएका थिए ।पण्डितलाई पार्टीले आधिकारिकता नदिएपछि उनले स्वतन्त्र उमेदवारको रुपमा गुलाबको फूल चिह्न पाएका थिए ।
तपाईको प्रतिक्रिया


