• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

काठमाडौं महानगरमाथि सिंहदरबारको ‘नाकाबन्दी’

  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन १७
सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा काठमाडौं महानगरपालिकामा साढे दुई महिनादेखि आर्थिक गतिविधि ठप्प भएको छ । महानगरपालिकाका करिब तीन हजार पाँच सय कर्मचारीको तलबसमेत साढे दुई महिनादेखि रोकिएको छ । सकिएका कामको करिब ७० करोड भुक्तानीसमेत हुन सकेको छैन ।

काठमाडौं महानगरपालिकामा ४ पुसदेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । तैपनि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठकबाट ७८ जना सहसचिवको सरुवा गर्दा महानगरपालिकामा प्रशासकीय अधिकृत पठाएन ।

सरकारको पछिल्लो कदमप्रति मेयर बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । उनले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफूलाई हराउने ताकमा देश नडुबाउन भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नुभाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनुहोला !’

मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार साढे दुई महिनादेखि महानगरपालिकाका सबै आर्थिक गतिविधि ठप्प छन् । ‘सरकारले महानगरपालिकालाई नियोजित रूपमा असफल बनाउन खोजेको छ, कर्मचारीले तलब नपाउँदा दैनिकी चलाउन समस्या भइसकेको छ, यही सन्दर्भमा महानगरपालिकाको अभिभावकका रूपमा मेयरज्यूले यो विषय उठाउनुभएको हो,’ उनी भन्छन्, ‘केन्द्रीय सरकारले चरम गैरजिम्मेवारीपन देखाएको छ । देशको केन्द्र नै ठप्प हुने अवस्थामा छ । सरकारलाई चाबी बुझाउने अवस्थामा महानगरपालिका छ ।’

प्रशासकीय अधिकृत रहेका सरोज गुरागाईंले काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नगरी स्वीकृति गरेर बदमासी गरेको भन्दै महानगरले नै गत ५ पुसमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । त्यसयता उनलाई काममा लगाइएको छैन । महानगरपालिकाले पत्र लेख्दै संघीय सरकारसँग नयाँ प्रशासकीय अधिकृत मागेको थियो, तर पठाएको छैन । गुरागाईंमाथिको छानबिन भने अन्तिम चरणमा पुगेको मेयरका प्रमुख स्वकीय सचिव भूपदेवले बताए ।

सत्तारूढ दल एमालेका महासचिव शंकर पोखरेलले भने महानगरपालिकामा प्रशासकीय अधिकृत नै जान नमानेको दाबी गरेका छन् । बालेनको स्टाटसको प्रतिक्रियामा उनले लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ । तर, किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन ।’ विशेष व्यवस्था गरेर भए पनि महानगरमा प्रशासकीय अधिकृत पठाउनुपर्ने उनको भनाइ छ ।

मेयरलाई समस्यामा पार्न नियोजित रूपमा नै प्रशासकीय अधिकृत नपठाएको उनको टिमको आरोप छ । प्रशासकीय अधिकृत नहुँदा नागरिकका कतिपय सेवा पनि रोकिएपछि महानगरमा समस्या बढ्दै गएका छन् । नयाँ पत्रिका बाट

शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.