• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित

फागुन २४ , चितवन । गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भात्रृ संगठनको गतिविधि भने चितवनमा हिजोआज निकै तातेको छ । अधिवेशन तोकिएसंँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुणदलको अधिवेशन पनि नजिकिदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुणदलको जिल्ला नेतृत्वका झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । सबैको आ–आफ्नै दाबी र योजना छन् । आकांक्षी मध्येका र जिल्लाका युवा पुस्तामा प्रभावशाली एवं संभावना बोकेका नेता हुन् भरतपुर महानगरपालिका वडा नम्बर १७ का राजकुमार तामाङ्ग ।

झट्ट हेर्दा कुनै पहलमानी प्रतियोगिता विजेता जस्ता देखिने खाईलाग्दो शरीरका राजकुमारको बोलिचालीमा मिठास तथा स्वभाव मिलनसार भएकै कारण उनले प्रशंसक र शुभेच्छुक धेरै कमाएका छन । तामाङ्ग एक कुशल बक्सिङ्ग खेलाडी पनि हुन् । नेपाली कांग्रेसको पश्चिम चितवनको खम्बानै मानिने लामा इमान्दार र सहयोगी व्यक्तिको रुपमा पनि परिचित छन् । पारिवारिक पृष्ठभुमिनै नेपाली काँग्रेस उनी चितवनको लागि नयाँ व्यक्तित्व होइनन् । स्कुल , कलेज तह हुंदै कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिको उम्मेदवारी समेत दिएका थिए । उनी तरुणदलको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि बलियो दावेदारीका साथ होमिने तयारीमा छन्।

गत निर्वाचनमा वडा नम्बर १७ कै जनप्रतिनिधि निर्वाचित उनमा चितवनका युवाहरुको आशा र भरोसा देखिन्छ । ‘मलाई कसैको सहयोग गर्न कुनै पार्टी धर्म वर्ग चाहिंँदैन म जुनसुकै बेला पनि सहयोग गर्न तयार हुन्छु । गर्नु पनि पर्छ हामी समाज सेवामा लाग्नेहरूले । मेरो अनुभवले पनि यही भन्छ । ’ उनी आत्मविश्वास व्यक्त गर्छन ।

पश्चिम चितवनको मझुवा सामुदायिक वनका दुई पटक अध्यक्ष बनेका उनी आफ्नै वडामा सक्रिय युवा पात्र पनि मानिन्छन् । स्कुले जीवनदेखिनै काँग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्हसंग घनिष्ट मित्रता गांँसेका उनी पार्टीलाई पर्दा पहरेदार र पहाड जस्तो उभिने क्षमता राख्छन । ‘मैले पार्टीलाई पर्दा जतिबेला र जस्तोसुकै परिस्थितिमा अगाडि बढ्न तयार छु, पार्टी मेरो रगत हो पार्टी मेरो भविष्य पनि हो ।’ उनमा पार्टीप्रति समर्पण सजिलै देखिन्छ ।

हिम्मत निडर, इमान्दारिताको पर्यायवाची तामाङ्ग सबैसंँग घुलमिल हुने युवा नेता हुन् । ‘म पार्टीका सबै तह तप्काको नेताहरुलाई सम्मान र आदर गर्दै आएको छु, उनी भन्छन, युवाहरुलाई पनि उत्तिकै माया र सद्भाव राख्ने मेरो बिशेषता हो ।’ तरुणदललाई सक्रिय बनाउन, चलायमान बनाउन निकैनै मेहनत गर्ने उनी चितवनका पार्टीका नेताको आंँखामा पर्न सफल भएका युवा नेताको रुपमा स्थापित छन । त्यसैले पार्टीको जुनसकै कार्यक्रम तथा अभियान होस उनी हाजिर भईहाल्छन ।

नेपाल तरुण दलको केन्द्रिय अध्यक्ष विद्धान गुरुङ्गको निर्देशनमा हाल तरुणदलको नवीकरण र सदस्य विस्तारमा चितवनका सबै स्थानीय तह देखि वडा तहसम्म तल्लिन छन । ‘म अहिले तरुणदलको सदस्यता विस्तार र नवीकरणमा व्यस्त छु , उनी भन्छन , यस काममा पार्टीले दिएको विश्वासलाई गुम्न दिन्न ।’ कुनैपनि अध्यक्ष पदको आकांक्षीलाई प्रतिस्पर्धी नभई सहयात्रीको रुपमा लिन्छन उनी । ‘अहिलेसम्म मेरो प्रतिस्पर्धी , विरोधी, र दुश्मनी छैन, सबैलाई म मेरो सहयात्रीको रुपमा लिएको छु ’ उनी भन्छन । उनी चितवनको राजनीतिमा मात्र सक्रिय छैनन समाजसेवामा पनि उक्तिकै दिलचस्पी राख्छन । ‘मैले राजनीतिलाई पेशाको रुपमा होइन सेवाको रुपमा लिएको छु । म राजनीतिमार्फत समाजसेवा गर्न चाहन्छु ।’ उनको अठोट छ ।

त्यसो त उनी चाहे भुकम्प होस, बाढीहोस या कुनै घटना उत्तिखेरै सहयोगका लागि तत्पर हुन्छन । ‘म युवा राजनीति गरेर कति सहयोग गरें, कति गरीबको मलम पट्टी लगाएंँ हेक्कानै छैन । मैले यसको हिसाब किताव गर्ने बानी पनि छैन ।’ उनमा निश्वार्थ भाव झल्किन्छ । भरतपुरमा आफ्नो उद्यम व्यवसायलाई पनि संँगै अघि बढाएका उनले दर्जनौलाई रोजगारी समेत प्रदान गरेका छन ।

युवाको भविष्यको चिन्ता र चासो लिने उनी युवालाई शिक्षा संँगै रोजगारी , उत्पादनशील र सिर्जनशील काम दिनुपर्नेमा जोड दिन्छन ।तरुणदलमा अध्यक्ष भएर संगठन सुदृढीकरण गर्ने, गतिशिल बनाउने,संगठन विस्तार गर्ने भाईचारा भातृत्व विकास गर्ने र नेतृत्व र क्षमता अभिवृद्धि गर्ने उनको धोको छ । ‘बर्षौसम्म तरुणदलको अधिवेशन अनिर्णयको बन्दी भईरहेका बेला उनको आगमनले तरुणदल चितवनमा नयाँ परिवर्तन आउला भन्ने आशा गर्न सकिन्छ । ’

शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.