चितवन , चैत्र ०७,रबिचन्द्र अधिकारी
चितवनकी पत्रकार सदस्य संगिता बानियाँको आज बिहान निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।बानियाँ शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लैजाने तयारी गरिएको उनका जेठाजु श्याम सिलवालले जानकारी दिए ।
दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो ।
तपाईको प्रतिक्रिया


