बैशाख २५ ,कालिका । सत्ता गठबन्धनले चितवनको कालिका नगरपालिकामा चुनावी कार्यक्रम सुरू गरेको छ ।आइतबार बिहान कालिका १ गडुवाबाट चुनावी कार्यक्रम सुरू भएको हो । चुनावी कार्यक्रमअन्तर्गत आइतबार बिहान मोटरसाइकल ¥याली निकालिएको थियो । लंकालाइनबाट निकालिएका ¥याली सूर्यपुर, बास्तोलाचोक हुँदै गडुवामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, कांग्रेसबाट नगरपालिकाको गठबन्धनका उम्मेदवार शिवराम केसी, नेकपा माओवादी केन्द्रबाट उपमेयर पदकी उम्मेदवार सबिता लामालगायतले सम्बोधन गरेका थिए ।यस्तै, आइतबार नै कालिका–२ स्थित गठबन्धनको संयुक्त सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । नगरप्रमुख पदका उमेदवार केसीले कार्यालयको उद्घाटन गरेका हुन् ।

आइतबार नै कालिका–९ शक्तिखोरमा पनि गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नगरप्रमुख पदका उम्मेदवार केसी र उपमेयर पदकी उम्मेदवार लामाले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपश्चात शक्तिखोरमा पनि मोटरसाइकल ¥याली निकालिएको थियो ।
यस्तै, सत्ता गठबन्धनले कालिकामा आइतबारदेखि घरदैलो कार्यक्रम पनि सुरू गरेको छ । कालिका–९, शक्तिखोरबाट घरदैलो कार्यक्रम सुरू गरेको हो । मेयर पदका उमेदवार केसी र उपमेयर पदकी उमेदवार लामाले जनताको घरघरमा पुगेर मत माग्दैछन् ।


