• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

भरतपुरको पाँच दलिय गठबन्धनको प्रचारप्रसार र चुनावी सभा आक्रामक

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित

बैशाख २५ , भरतपुर ।५ दलिय गठबन्धनले भरतपुरमा घरदैलो अभियान तथा चुनावी सभालाई आक्रामक बनाउदैं लगेको छ । आईतबार (आज) भरतपुर महानगरपालिकाको मंगलपुर बजारमा गठबन्धनले भव्य चुनावी सभा आयोजना गरेको छ । उक्त सभामा ५ दलिय गठबन्धनका उम्मेदवार र तथा नेताहरुले संविधान र लोकतन्त्रको रक्षाका लागि यो गठबन्धन गरिएको बताउदैं गठबन्धनका साझा उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउन आग्रह गरेका थिए ।

सभाभा भेला भएका काँग्रेसका जिल्ला नेतृत्व तहका नेताहरुले कार्यकर्ताहरुलाई बागी विद्रोही र प्रतिगमन पक्षधर उम्मेद्वारहरुले छरेको भ्रममा नपरि साझा उम्मेदवारलाई सहयोग गर्नसचेत गराए । चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगरपालिका प्रमुख पदकी उम्मेद्वार रेनु दाहालले आफूले बितेको ५ वर्षमा गठवन्धनको मर्म र भवना बमोजिम महानगरको समग्र बिकासमा महत्वपूर्ण भूमिका खेलेको र आगामी ५ वर्र्ष पनि आफू नगरवासीको चाहना अनुसारको बिकास सुसाशन र सामाजिक क्षेत्रको बिकासको लक्षलिएर उगाडि बढेको भन्दै पॉच दलिय गठवन्धनको घोषणा पत्रमा गरिएको प्रतिवद्धता अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता गरेकी थिइन ।

उनले पाँच वर्षे कार्यकालमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको लगायत, सिटी हल, पूलचोक गोन्द्राङ ६ लेनको सडक, चारलेनको बाईपास सडक, महानगरीय रिङ्रोड, लिङ्क रोड, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, उज्यालो भरतपुर अभियान जस्ता महत्वपूर्ण पूर्वाधारको शुरुआत गरिएको जानकारी दिइन् ।

भरतपुर विमानस्थलको स्तर उन्नती, देवघाटमा निर्माणाधीन शवदाह स्थललगायत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका महत्वपूर्ण उपलब्धी वितेको पाँच वर्षको गठबन्धनको परिणाम भएको बताइन् । आगामी कार्यकालमा निर्माणाधीन पूर्वाधार संगै नारायणी तटबन्धन, नारायणी नदी किनारको प्रस्तावित ‘सी’ विच मोडेल, भरतपुर विमानस्थलको स्तर उन्नती, कोरियन सरकारसंग भएको फोहर व्यवस्थापन सम्बन्धी कामलगायत थुप्रै पूर्वाधार एवं पर्यटकीय सम्भावनाका क्षेत्रमा काम अगाडि बढाउने तयारीमा रहेको पनि बताइन् । शुरु गरिएका काम सम्पन्न गर्न र महानगरीय गुरु योजना अनुसार अगाडि बढ्नको लागि पाँच दलीय गठबन्धनले गरेको निर्णय अनुसारनै आफुले दोस्रो कार्यकालको लागि उम्मेद्वार दिएको प्रष्ट पारिन ।

दाहालले आफ्नो एक मात्र उद्देश्य भरतपुरको समृद्धि र समग्र विकास मात्र चाहना रहेको बताउदैं उनले भनिन, ‘शुरु भएका र प्रस्तावित काम सम्पन्न गरि देशकै नमूना र हेर्न लायक सहरको रुपमा भरतपुरलाई परिणत गर्नु मेरो पहिलो ध्यय हो । आगामी कार्यकालमा सबैको साथ र सहयोगले प्रक्षेपित लक्ष्य हाँसिल गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

सोह चुनावी सभालाई सम्बोधन गर्दै उपप्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारिले पाँच दलिय गठबन्धन समग्र भरतपुर महानगरपालिकाको बिकास र सुसाशन कायम गर्ने संकल्पसहित चुनावी मैदानमा होमिएको बताए । उनले सानो गल्तीले पछि पछुताउनुको विकल्प नहुने भन्दै प्रतिगमन विरुद्धको यो लडाईमा पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई बिजय गराउन सबैसंग अनुरोध गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले गठबन्धलाई टुटाउन सकिन्छ कि, मतदाताहरूलाई भ्रमित पार्न सकिन्छ कि, भनेर गरिएका सम्पूर्ण भ्रम केही दिन यता समाप्त भएको बताए । उनले नेपाली काँग्रेसको संथागत निर्णय नमानी बागी बिद्रोही उम्मेद्वारी दिनेहरु काँग्रेस त रहेन रहेन, सच्चा प्रजातन्त्रवादीनै हुन नसक्ने टिप्पणी गरे । उनले भने,‘ बाटो बिराएका सबैलाई मूलधारमा फर्कन आग्रह गर्छु र गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन सबै लाग्नुस ।’

माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायण दाहालले चितवनका ७ वटै पालिकामा पॉच दलिय गठबन्धनका साझा उम्मेद्वारको जीत सुनिश्चित भइसकेको बताए । उनले भरतपुर महानगरपालिका यतिबेला देशकै राजनीतिको केन्द्रमा रहेको बताउँदै भने, भने,‘स्थानीय तहको निर्वाचनको यो अवस्था सम्म आइपुग्दा चितवनका सातै वटा स्थानीय तहमा गठबन्धनका उमेद्वारको बिजय सुननिश्चित भइसकेको छ । भरतपुरमा गठवन्धनका साझा उम्मेद्वारलाई हराउने तागत कुनै पनि प्रतिगामी शक्ति संग छैन् ।’ पछिल्लो समय प्रतिगमनकारी नेकपा एमाले र राप्रपा बिचको गठबन्धनमा रहेकाहरुले आफ्ना उम्मेद्वारको भन्दा बढी काँग्रेसबाट बागी बनेका भूईकटहरको प्रचारप्रसार गर्न थालेबाट उनीहरु मानसिक रुपमा हार स्वीकार गरिसकेको संकेतले प्रष्ट भएको दाहालले बताएका थिए ।

चुनाबीसभामा सम्बोधन गर्दै काँग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धनको आवश्यकता र औचित्य बारे प्रस्ट पारेका थिए । उनले पाँच दलीय गठबन्धन भित्र रहेर साझा उम्मेद्वार विरुद्ध बोल्ने र चलखेल गर्ने अधिकार कसैलाई पनि नभएको बताएका थिए । सभापति खनालले गठबन्धनका उम्मेद्वारलाई विजय गराउने तर्फ लाग्न आम मतदातालाई अनुरोध गर्दै नेपाली काँग्रेस चितवनका पार्टी सदस्य एवं शुभचिन्तकहरुमा अनुरोध गरेको थिए ।

सभापति खनालले बागी बिद्रोही र प्रतिगमन पक्षधर उम्मेद्वारले छरेको भ्रम चिर्दै बाँकी रहेको समय कत्तिपनि खेर नफाल्न र मतदान गर्ने विषयमा समेत आम मतदातालाई शिक्षा दिन आम युवा पंतिमा अनुरोध गरेका थिए । उनले भने, “तपाईहरु मतदाताको घरघरमा जानुहोस मत कसरी राख्ने भन्ने सिकाउनुहोस ताकी गठबन्धन तर्फको एक मत पनि बदर नहुने अवस्था बनाउनुहोस ।” उनले हँसिया हथौडा, कलम र रुख चिन्हमा कुनै विभेद नगर्नुहोस चार तारे झण्डा होस या हसिँया हथौडा चिन्ह अंकित झण्डा होस जुन आइपर्छ त्यही बोक्नुहोस हामी एउटा यात्रा र एउटै गन्तव्यका यात्री हौ भनेर एक अर्कोलाई भरोसा र विश्वास गर्नुहोस भन्ने सन्देश दिएका थिए ।

नेपाली काँग्रेसका नेता बिजय भुषालले प्रतिगमनकारीहरूलाई परास्त गर्दै लोकतान्त्रिक व्यवस्था स्थापना गर्न गठबन्धन आवश्यक भएको भन्दै बिकास ,सुसाशन र बिधिको साशन स्थापित गर्न मेयर दाहाल र उपमेयर अधिकारीको नेतृत्वको टीमलाई वडातह सम्म विजयी गराउन अनुरोध गरे ।

कार्यक्रममा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्यौपानेले विकास प्रेमी ईमानदार उम्मेदवार रेनु दाहाल र चित्रसेन अधिकारीको नेतृत्वको टिम महानगरको विकासको लागि आवस्यक रहेको भन्दै गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा नेपाली काग्रेसका पूर्व सभापति जीतनारायण श्रेष्ठ, केन्द्रीय सदस्य अन्जली श्रेष्ठ, संविधानसभा सदस्य एवं नेपाली काँग्रेस चिवतनका पूर्व सभापति रामकृष्ण घिमिरे, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्राडा सूर्यकान्त घिमिरे, काँग्रेस केन्द्रीय सदस्य शान्ति परियार लगायतका नेताहरूको सहभागिता रहेको थिया

 

आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.