• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

जनता धम्क्यायो भनेर मेरो भनाइलाई गलत अर्थ लगाइयो : अध्यक्ष दाहाल

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित

बैशाख २५ ,पोखरा । आइतबार पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा सत्ता गठबन्धनले नजिते राजनीतिक दुर्घटनाको खतरा छ भन्ने आफ्नो भनाइलाई गलत अर्थ लगाइएको बताएका छन् । उनले गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको बताए ।

‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानको विरुद्ध हुँदै थियो । त्यसलाई परास्त गर्ने सन्दर्भमा जन्मेको हो गठबन्धन । यो गठबन्धनको विरुद्धमा राजावादी, गणतन्त्र विरोधीहरुको अर्को गठबन्धन जो आएको छ त्यसलाई परास्त गर्न आवश्यक छ,’ उनले भने, ‘अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ । मैले यो कुरा भन्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपिल गर्दै गर्दा कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ ।’

गठबन्धनले पाँच दललाई नै फाइदा पुर्‍याएको उनको भनाइ थियो । ‘गठबन्धन एकातिर विचार, राजनीति, मुद्दामा एकता, संविधान, गणतन्त्र, संघीयताको रक्षामा एकता, अर्कोतिर सबैलाई फाइदा,’ उनले भने, ‘यो गठबन्धनबाट ५० प्रतिशत नेपाली कांग्रेसलाई फाइदा, माओवादी केन्द्र, समाजवादी, जनता समाजवादी, जनमोर्चा सबैलाई फाइदा हुने भएकोले हुने हो गठबन्धन । एकातिर मुद्दा मिल्ने अर्कोतिर फाइदा हुने भयो भने गठबन्धन अगाडि जान्छ ।’

देशमा गठबन्धनको संयुक्त सरकारको तरिकाबाट मात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्ने सम्भावना रहेको उनले उल्लेख गरे । ‘यो गठबन्धन जन्मिने दिनदेखि नै प्रतिक्रियावादी र अवसरवादीको लगातारको कोसिस यो गठबन्धनलाई टुटाउने, यसलाई अगाडि बढ्न नदिने रुपमा देखापर्‍यो, परिरहेकै छ,’ उनले भने, ‘अहिलेको निर्वाचनमा पनि संविधान, राष्ट्र र गणतन्त्रको रक्षाको निम्ति अगाडि बढेको यो गठबन्धनलाई कुनै न कुनै रुपमा विभाजित गर्ने षड्यन्त्र चलिनै राखेको छ । स्थानीय निर्वाचनको तहमा मात्रै होइन भोलि प्रदेश र संघीय निर्वाचनसम्म पनि गठबन्धनलाई लैजानुपर्छ ।’

आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.