• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बाइस वर्ष कुरेपछि कुशको शव

  •   बिहिबार, चैत २१, २०८१ मा प्रकाशित

गुलरिया (बर्दिया), चैत २१ । एकाबिहानै रामदुलारीको घरमा भिड बढ्दै थियो । केहीले हरियो कुशमा साबुन लगाएर नुहाउँदै (धुँदै) थिए । केही युवाले बाँस काटेर खट (शव लैजान प्रयोग गरिने साधन) बनाउँदै थिए । कुश धोईपखाली भित्र लगेपछि रुवाइको आवाज सुनियो ।

बेपत्ता टटेराम थारूकी श्रीमती रामदुलारीले रुँदै भन्नुभयो, “आइहाल्नुहुन्छ कि भनेर यतिका वर्षसम्म कुर्‍यौँ, अन्त्यमा आफ्नो मान्छेलाई कुशको शव बनाएर बिदाइ गर्नुपर्‍यो । अब त आस पनि मर्‍यो अनि काजकिरिया गर्न बाध्य भयौँ ।” बारबर्दिया नगरपालिका–७, सोनपुरका टटेराम थारूलाई २२ वर्षअघि तत्कालीन शाही नेपाली सेनाले घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे तीन घण्टामा फर्काइदिन्छौँ भनेर लगेका थिए तर टटेराम हालसम्म पनि फर्किनुभएन । सरकारले बेपत्ताको स्थिति सार्वजनिक गर्छ कि भनेर २२ वर्षसम्म कुर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया गर्न थालेका छन् ।

श्रीमती रामदुलारी थरुनीले भन्नुभयो, “अब कति कुर्नु ? घर फर्कने आस पनि मरिसक्यो । सबैले तेरो मान्छे फर्किंदैन किन काजकिरिया नगरेको भन्छन् । घरमा दुःख भएको काजकिरिया नगरेर हो भन्छन् । कति सुन्नु ।”

“श्रीमान्को काजकिरिया नगरी मर्छु कि जस्तो लाग्न थाल्यो, सोही ठाउँका अर्का बेपत्ता जग्गु थारूकी श्रीमती फिरिया थारूले भन्नुभयो, “छोराहरू पनि अलग अलग भइसके, बुवाको सम्पत्तिसमेत दिन पाइनँ । त्यसैले पनि गत शनिबार कुशको शव बनाएर काजकिरिया गरेँ । अब मृत्यु दर्ता गरेर छोराहरूलाई जग्गा नामसारी गरिदिन्छु ।” सोनपुर गाउँबाट २०५९ साउन २४ गते दुई जना र २६ गते चार जना गरी छ जनालाई बर्दियाको रम्भापुर ब्यारेकबाट आएको तत्कालीन शाही नेपाली सेनाको टोलीले लगेको थियो । घरपरिवारले लामो समयसम्म सेनाको ब्यारेकमा धाएर फिर्ता पठाइदिन आग्रह गरे पनि उनीहरूलाई फिर्ता गरिएन । उनीहरूको अवस्था अझैसम्म पनि अज्ञात छ ।

छ जनामध्ये टटेरामसहित तीन जनाको कुशको शव बनाएर सदगत गरी घरपरिवारले काजकिरिया गरेका छन् । एक जनाको परिवारले वैशाखमा काजकिरिया गर्ने तयारी गरिरहेका छन् । बर्दिया जिल्लामा हालसम्म कम्तीमा ४० जना बेपत्ताका परिवारले काजकिरिया गरिसकेको द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिनुभयो । उहाँले हाल कति बेपत्ताका परिवारले काजकिरिया गरी मृत्युदर्ता गरे भनेर तथ्याङ्क सङ्कलन गरिरहेको बताउनुभयो ।

अध्यक्ष चौधरीले सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा बेपत्ताका परिवारलाई सामाजिक र सांस्कृतिक समस्या परिरहेको र अर्कोतर्फ बेपत्ता व्यक्तिकै नाममा भएको चलअचल सम्पत्ति नामसारी गर्न समस्या परिरहेकाले बाध्य भएर काजकिरिया गरी मृत्यु दर्ता गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाबु बेपत्ता हुँदा पेटमा भएको बच्चा २०/२५ वर्षको पुगिसक्यो । अझै पनि कति वर्ष कुर्न सक्छन् ?”

सशस्त्र द्वन्द्वका क्रममा नेपालमै सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो । बेपत्ता आयोगका अनुसार बर्दिया जिल्लामा २५० जना व्यक्तिहरूलाई बेपत्ता पारिएको छ । २०६३ सालको विस्तृत शान्ति सम्झौतामा दुई महिनाभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने उल्लेख भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । गोरखापत्र बाट साभार

बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.