• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

बाइस वर्ष कुरेपछि कुशको शव

  •   बिहिबार, चैत २१, २०८१ मा प्रकाशित

गुलरिया (बर्दिया), चैत २१ । एकाबिहानै रामदुलारीको घरमा भिड बढ्दै थियो । केहीले हरियो कुशमा साबुन लगाएर नुहाउँदै (धुँदै) थिए । केही युवाले बाँस काटेर खट (शव लैजान प्रयोग गरिने साधन) बनाउँदै थिए । कुश धोईपखाली भित्र लगेपछि रुवाइको आवाज सुनियो ।

बेपत्ता टटेराम थारूकी श्रीमती रामदुलारीले रुँदै भन्नुभयो, “आइहाल्नुहुन्छ कि भनेर यतिका वर्षसम्म कुर्‍यौँ, अन्त्यमा आफ्नो मान्छेलाई कुशको शव बनाएर बिदाइ गर्नुपर्‍यो । अब त आस पनि मर्‍यो अनि काजकिरिया गर्न बाध्य भयौँ ।” बारबर्दिया नगरपालिका–७, सोनपुरका टटेराम थारूलाई २२ वर्षअघि तत्कालीन शाही नेपाली सेनाले घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे तीन घण्टामा फर्काइदिन्छौँ भनेर लगेका थिए तर टटेराम हालसम्म पनि फर्किनुभएन । सरकारले बेपत्ताको स्थिति सार्वजनिक गर्छ कि भनेर २२ वर्षसम्म कुर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया गर्न थालेका छन् ।

श्रीमती रामदुलारी थरुनीले भन्नुभयो, “अब कति कुर्नु ? घर फर्कने आस पनि मरिसक्यो । सबैले तेरो मान्छे फर्किंदैन किन काजकिरिया नगरेको भन्छन् । घरमा दुःख भएको काजकिरिया नगरेर हो भन्छन् । कति सुन्नु ।”

“श्रीमान्को काजकिरिया नगरी मर्छु कि जस्तो लाग्न थाल्यो, सोही ठाउँका अर्का बेपत्ता जग्गु थारूकी श्रीमती फिरिया थारूले भन्नुभयो, “छोराहरू पनि अलग अलग भइसके, बुवाको सम्पत्तिसमेत दिन पाइनँ । त्यसैले पनि गत शनिबार कुशको शव बनाएर काजकिरिया गरेँ । अब मृत्यु दर्ता गरेर छोराहरूलाई जग्गा नामसारी गरिदिन्छु ।” सोनपुर गाउँबाट २०५९ साउन २४ गते दुई जना र २६ गते चार जना गरी छ जनालाई बर्दियाको रम्भापुर ब्यारेकबाट आएको तत्कालीन शाही नेपाली सेनाको टोलीले लगेको थियो । घरपरिवारले लामो समयसम्म सेनाको ब्यारेकमा धाएर फिर्ता पठाइदिन आग्रह गरे पनि उनीहरूलाई फिर्ता गरिएन । उनीहरूको अवस्था अझैसम्म पनि अज्ञात छ ।

छ जनामध्ये टटेरामसहित तीन जनाको कुशको शव बनाएर सदगत गरी घरपरिवारले काजकिरिया गरेका छन् । एक जनाको परिवारले वैशाखमा काजकिरिया गर्ने तयारी गरिरहेका छन् । बर्दिया जिल्लामा हालसम्म कम्तीमा ४० जना बेपत्ताका परिवारले काजकिरिया गरिसकेको द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिनुभयो । उहाँले हाल कति बेपत्ताका परिवारले काजकिरिया गरी मृत्युदर्ता गरे भनेर तथ्याङ्क सङ्कलन गरिरहेको बताउनुभयो ।

अध्यक्ष चौधरीले सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा बेपत्ताका परिवारलाई सामाजिक र सांस्कृतिक समस्या परिरहेको र अर्कोतर्फ बेपत्ता व्यक्तिकै नाममा भएको चलअचल सम्पत्ति नामसारी गर्न समस्या परिरहेकाले बाध्य भएर काजकिरिया गरी मृत्यु दर्ता गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाबु बेपत्ता हुँदा पेटमा भएको बच्चा २०/२५ वर्षको पुगिसक्यो । अझै पनि कति वर्ष कुर्न सक्छन् ?”

सशस्त्र द्वन्द्वका क्रममा नेपालमै सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो । बेपत्ता आयोगका अनुसार बर्दिया जिल्लामा २५० जना व्यक्तिहरूलाई बेपत्ता पारिएको छ । २०६३ सालको विस्तृत शान्ति सम्झौतामा दुई महिनाभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने उल्लेख भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । गोरखापत्र बाट साभार

बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.