• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भरतपुरमा ४ वर्षमा ६ लेनको सडक निर्माणकार्य पूरा

  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित

चार वर्ष लगाएर भरतपुरमा छ लेनको छ किलोमिटर सडक निर्माण पूरा भएको छ ।
विसं २०७७ असोज २६ गते ठेक्का सम्झौता भएको नारायणगढको पुलचोकदेखि पूर्वतर्फ गोन्द्राङसम्मको यो सडक एसियन मापदण्डमा निर्माण पूरा भएको हो । निर्माण सकिएपछि अहिले सुन्दर देखिएको छ । पश्चिम नेपालबाट नारायणी नदी तरेपछि र पूर्वी क्षेत्रबाट टिकौली जङ्गल कटेपछि छ लेनको सुन्दर सडक प्रवेश गर्दछ ।

सडक विस्तारका व्रmममा विभिन्न झन्झट पाएको सगुन कन्स्ट्रक्सन प्रालिले दुई वर्ष चार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको थियो । म्याद थप गर्दै चार वर्ष लगाएर गत पुसमा काम सम्पन्न गरेको छ । सडकलाई थप सौन्दर्य दिने काम भरतपुर महानगरपालिकाले गर्दै आएको छ ।

निर्माणको ठेक्का पाएको सगुन कन्स्ट्रक्सनका प्रतिनिधि नकुल खड्काले विस्तारको काम गर्दा धेरै अवरोध आए पनि सम्पन्न गर्न सकेको बताउनुभयो । कोभिड महामारी, निर्माण सामग्री अभाव, सरकारले बजेट निकासमा गरेको ढिलाइ, खानेपानीको पाइप लाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थलअगाडिका घरटहरा भत्काउन भएको समस्याले गर्दा समयमा नै काम सम्पन्न गर्न समय लागेको जानकारी दिनुभयो ।

एक अर्ब १२ करोड रुपियाँमा काम सम्पन्न गर्ने गरी सडक विस्तारको सम्झौता भएको थियो । पछि लागत बढेर एक अर्ब ७६ करोड रुपियाँ पुगेको थियो । पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बिचमा चार लेन र दुवै साइडतर्फ थप एकरएक सर्भिस लेन तयार पारिएको छ । सडक विस्तारसँगै दुवैतर्फ छ सय सडकबत्ती जडानको काम पनि सकिएको छ । रातको समयमा बत्ती बल्दा विकसित देशको अनुभूति दिने गर्दछ ।

भरतपुरबाट नारायणगढ झर्ने ठाडो ओरालो काटेर त्यसको स्लोप घटाइएको छ । भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । जसले गर्दा दुर्घटनाको जोखिमसमेत कम भएको निर्माण कम्पनीको दाबी छ । ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र भूमिगत बिजुलीको तार गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी लायन्सचोकको खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी ढल तयार गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

निर्माण सकिए पनि पाँच वर्षसम्म सडक बिग्रिएमा मर्मतको काम ठेकेदारले नै गर्नुपर्ने सम्झौतामा रहेको प्रतिनिधि खड्काले जानकारी दिनुभयो । सडकको कालोपत्रे अन्तर्राष्ट्रिय गुणस्तरको गरिएको निर्माण कम्पनीले बताएको छ । १० एमएमको डिबिएम, चार एमएमको अस्पाल्ट गरिएको छ ।

सडकको दायाँबायाँ ११.५/११.५ मिटर कालोपत्रे गरिएको छ । त्यसको बिचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । मेडियनमा दुबो लगाउने र आकर्षक फूलका बिरुवा रोप्ने काम भएको छ । बजार क्षेत्रमा भने दुबो लगाउने र बिरुवा रोप्ने काम अझै बाँकी छ ।

बिचको मेडियन र सर्भिस लेनको डिजाइन विभिन्न ठाउँमा फरक फरक रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काले बताउनुभयो । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्राक्रसलगायत लाइनिङका कामले सडक आकर्षक देखिएको छ । सौन्दर्यीकरणको काम भने अहिले पनि जारी रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ । फुटपाथमा गाडी राख्ने, धुने जस्ता कामले यात्रुलाई असहज भएको देखिन्छ ।

सडक विस्तार गरे पनि लेन अनुसारको सवारी चलाउने काम अझै भएको छैन । स्थानीय रुटमा चल्ने सवारीलाई सर्भिस लेनबाट चलाउनुपर्नेमा मुख्य सडक क्षेत्रमा नै अटो, म्याजिक तथा स्थानीय रुटका सवारी गुडिरहेका छन् ।

एसियन मापदण्ड अनुसार विशेष गरी सहरी क्षेत्रमा बिच सडकको ५० मिटरबाहेक दायाँबायाँ दुई लेनको सर्भिस सडक बन्छ । बिचको चार लेन द्रुतमार्गको हुने छ । बिचको सडक द्रुतमार्ग भएका कारण सहरी क्षेत्रमा दायाँबायाँ दुई लेन सर्भिस रोड निर्माण हुन्छ । एडिबी आयोजना निर्देशनालयका अनुसार यसबाहेक फुटपाथ र ड्रेनसमेत बन्ने छ ।

विसं २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास भएको थियो ।

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.