काठमाडौं ,बैशाख ०१
युवा व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको मर्मस्पर्शी गीत ‘आमा जेलैमा’ सार्वजनिक भएकाे छ ।जन्म दिने आमाले आफ्नो सन्तानहरुलाई हुर्काउन र कर्म दिन कतिसम्म दु:ख कष्ट र यातना सहन्छिन् भन्ने कथाबस्तुमा आधारित लोकदोहोरी गित आमा जेलैमा अधिकारीकाे युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे हाे ।
गीतमा चर्चित लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरी र सदाबाहार लोकप्रिय गायीका देवी घर्तीले आवाज दिएको याे गीतमा कृष्ण लामिछानेको संगीत तथा निर्देशन रहेको छ।
विनय अधिकारी र लामिछानेको मार्मिक सब्द सिर्जनामा तयार पारिएको गीतमा अधिकारीसहित सुस्मिता चौलागाँई र रश्मि भट्टको ससक्त अभिनय रहेको छ।यसअघि अधिकारीका युके बस्ने माया लगाएतका आधा दर्जन गीतहरुले दर्शकहरुको सर्वाधिक मायाँ पाइसकेका छन्।
तपाईको प्रतिक्रिया


