भरतपुर ,बैशाख ०५ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् । शुक्रबार पुलचोक– गोन्द्राङ ६ लेन सडकको उद्घाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताएकी छिन् ।
‘सडक विस्तारका क्रममा धेरै अवरोध आएको थियो, त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेका कारण यो सडक सफल रूपमा सम्पन्न भयो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले भरतपुरको ‘डेभलोपमेन्ट आइकन’ ६ लेनको सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यो सडक बनाउन महानगरको ठूलो योगदान रहेको बताइन् ।
तपाईको प्रतिक्रिया


