चितवन ,बैशाख १२ – भरतपुर महानगरपालिका -७ प्रेमबस्ती चोकमा शुक्रबार दिउसो बोलेरोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित इन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।
ना ५ च २६४४ नम्बरको बोलेरो जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा वाग्लेको घटनास्थलमै ज्यान गुमाएकी हुन्।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले घटनाबारे जानकारी दिएका छन्।
ठक्करपछि जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो। पल्टिएको जिपले स्कुटरमा सवार वाग्लेलाई किचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।दुर्घटनापछि जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


