बैशाख २६, चितवन : नेपाल तरुण दलले नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलित संघ र नेविसंघ चितवनका पूर्व सदस्य अनिल परियार ‘कान’माथि योजनाबद्ध तवरले नियोजित आक्रमण गरेर हत्या गरिएको जनाएको छ ।
तरण दलले आज एक विज्ञप्ति जारी गर्दै स्थानिय निर्वाचनको पूर्व सध्यामा योजनाबद्ध तवरले लोकतान्त्रिक संगठनमा आवद्ध युवा माथि नियोजित आक्रमण हुनु निर्वाचनलाई विथोल्ने पड्यन्त्र भएको तरुण् दलले महशुस गरेको समेत जनाएको छ ।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजित भाषण गरेको २४ घण्टा नबित्दै उक्त घटना हुनुले नेकपा एमाले निकट सदस्यहरुको संग्लनता त छैन ? भन्ने प्रश्न उठेको समेत जनाएको छ ।
तरुण दलका अध्यक्ष राजन ताम्राकार र सचिव प्रल्हाद उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘हिजै मात्र नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजित भाषण हुन्, त्यसको २४ घण्टा नबित्दै उक्त घटना घट्नु कतै यस घटनामा नेकपा एमाले निकट सदस्यहरुको संग्लनता त छैन ? भन्ने हामीले महशुस गरेका छौं ।’नेपाल तरुढ दलले यस्ता जघन्य अपराधको घोर भत्सर्ना गर्दै उक्त घटनाको सत्यतथ्य छानविन गरी अविलम्ब दोषि उपर कारवाहिको लागि पहरीप्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।



