• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘ऊनको स्वीटर’ को ट्रेलर युट्युबको शीर्षस्थानमा ,दर्शकको सकारात्मक प्रतिक्रिया

  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख १७
मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीहरूले भरिएको थियो । ‘ऊनको स्वीटर’ साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए ।‌ नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईँ उक्लिए । र दर्शकहरूलाई जादुमयी स्वरले पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु ।’

करिब दुई वर्षपछि सुजन लाइभ कन्सर्टमा फर्किएका थिए । यही वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको हुन‌ लागेको आर्टमान्डूको पहिलो चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको भिन्न शैलीस्वरुप सुजनको कन्सर्ट आयोजना गरिएको हो ।‌ सुजन चापागाईँ एन्ड इन्फिनिटी टिमले सहभागीहरूको बाक्लो उपस्थितिलाई गर्माउलो बनाएको थियो । उनलाई प्रत्यक्ष सुन्न व्यग्र प्रतीक्षा गरिरहेकाहरूमाझ सुजनले त्यसपछि ‘गाला पुक्क’ सुनाए । ‘तीनपाते’ गीत उनको पहिलो प्रोजेक्ट मात्र थिएन । निर्देशक नवीन चौहान, गीतकार हर्क साउदसँगको सहकार्यको पहिलो कदम पनि थियो । त्यो पहिलो कदमलाई दर्शक/श्रोताहरूले प्रेमिल अनुमोदन गरिदिएका थिए । त्यो कसिलो सहकार्यको सुरुवाती दिनको गीत गाउँदा संगीतप्रेमीहरू मन्त्रमुग्ध भए ।

सोही कार्यक्रममा ‘ऊनको स्वीटर’ ट्रेलर पनि प्रस्तुत गरिएको थियो‌ । पाँचथरका अलौकिक दृश्यहरूमा कथालाई काव्यात्मक बुनेका निर्देशक चौहानले दर्शकहरूलाई न्यानो बाँड्ने हृदयदेखिकै धोको रहेको सुनाए । सुजनले ‘ऊनको स्वीटर’सँगै बुनेको शीर्ष गीत सुनाए-‘फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र, पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र !’

सुजनको गीतमा कहिले सहभागीहरू मन्द बतास जसरी बहिरहेका थिए त कहिले उठेर नाचिरहेका थिए । जब सुजनले प्रेम जोडी विवेक पङ्गेनी र सिर्जना सुवेदीलाई ट्रिब्यूट दिँदै ‘एक्लै भएँ नि’ गाए, संगीतप्रेमीहरूको हृदय रेटियो । योसँगै सुजनले ‘फूलथुंगे रानी’ , ‘मखमली’ गाइसक्दा माहौल गुलजार देखिएको थियो ।

कार्यक्रममा फिल्मको ‘काफ्ले’ गीत पनि गुन्जिएको थियो । गीतमा फिल्मकै कलाकार एलेक्स पारस, परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका थिए । सुजनलाई गायनमा गायिका सलिना विकले साथ दिएकी थिइन् । साङ्गीतिक टिममा सुजनसँगै सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन थिए ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको साथमा सांसदहरू सुहान नेम्वाङ, अशोक कुमार चौधरी, सोविता गौतमहरूसँगै विभिन्न अतिथिहरूको उपस्थिति थियो ।

‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

यसैबीच, ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै युट्युबको सिनेमा सेक्सनको शीर्ष स्थानमा पुगेको छ । दर्शकको सकारात्मक प्रतिक्रियासहित ट्रेलरले चर्चा कमाइरहेको छ ।

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.