वैशाख २६, काठमाडौं।अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक गरिएको छ ।सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा फिल्म बनेको अनुमान गर्न सकिन्छ ।यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा भव्यता र कलालाई पोतिएको छ । अक्षय पृथ्वीराज चौहान नामक पात्रको भूमिकामा प्रस्तुत भएका छन् ।
वर्ष २०२२ को प्रतीक्षित फिल्म मध्येको एक ‘पृथ्वीराज’ मा अक्षय कुमारको अलवा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका छ । फिल्ममा अक्षय कुमार, मानुषी छिल्लरको अलवा सञ्जय दत्त ,सोनु सुद, आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा छन् । यी को अलवा फिल्ममा साक्षी तन्वर, ललति तिवारीको पनि मुख्य भुमिका छ । फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्म ‘पृथ्वीराज’ ३ जुनमा रिलिज हुदैछ ।
तपाईको प्रतिक्रिया


