• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

सीमा क्षेत्रमा कडा सुरक्षा निगरानी

  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित

काठमाडौँ, वैशाख २७ गते । भारतको काश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा दुई साताअधि आतङ्कवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच तनाव सुरु भएको छ । पछिल्ला घटनक्रमपछि समग्र सुरक्षाको विषयमा आमचासो हुनुका साथै  विभिन्न विश्लेषण भइरहेका छन् ।

क्षेत्रीय सुरक्षामा देखिएका पछिल्ला घटनाक्रमपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमानाकालगायत अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवतजावतमाथि उच्च सुरक्षा निगरानी बढाएको छ । दुई देशबिचको तनावले तत्काल नेपालको राष्ट्रिय सुरक्षामा कुनै ठुलो असर नपर्ने भए पनि द्वन्द्व बढ्दै गएमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा त्यसको असर पर्न नदिन सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ । सैन्य तथा आणविक शक्तिराष्ट्रबिचको तनाव बढदै जाँदा सम्भावित क्षेत्रमा निगरानी बढाइएको छ । दुई मुलुकबिच युद्ध नै हुने अवस्था तत्काल नरहे पनि तनाव शान्त नभएसम्म राष्ट्रिय सुरक्षाका कम्पोनेन्टलाई असर पार्ने भएकाले सोही अनुसारको पूर्वतयारी र सतर्कता अपनाउन विज्ञले सुझाएका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा भारत र पाकिस्तानीबिचको तनावले नेपालको राष्ट्रिय सुरक्षामै तत्काल असर नपर्ने तर आर्थिक, पारवहन र पर्यटन क्षेत्रमा भने असर पर्न सक्ने बताउनुहुन्छ ।

शर्मा भन्नुहुन्छ, “भारत–पाकिस्तानबिच तनावको मुख्य कारण अप्रिल २२ मा काश्मीरमा गरिएको आतङ्कवादी हमला हो । सो निन्दनीय घटनामा आतङ्कवादीले हिन्दु युवालाई मात्र जसरी निसानामा पारे त्यसको जवाफमा भारतले आतङ्कवादीमाथि निसाना गरेको हो । यसलाई पाकिस्तानमाथिको आक्रमणका रूपमा मात्र बुझ्न हुँदैन ।” उहाँले दुई देशबिचको तनाव अरू बढ्दै गएमा आतङ्कवादीले नेपालको सिमाना दुरुपयोग गर्न सक्ने भएकाले नेपालका सुरक्षा निकाय निकै चनाखो हुनुपर्ने बताउँदै गैरनागरिकको नेपाल आगमनलाई सूक्ष्म निगरानी गरी उनीहरूका सम्पूर्ण सूचना लिनुपर्ने बताउनुभयो ।

उहाँले नेपालसँग रहेका खुला सिमानामा सुरक्षाको चुनौती बढी हुने हुनाले पहाडी क्षेत्रलगायत जगेडामा रहेको सुरक्षाकर्मी सीमा क्षेत्रमा परिचालन गर्नुपर्ने र सुरक्षा निकायले नागरिकसँग सम्बन्ध सुधार गरी सूचना प्राप्त गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । भारत र पाकिस्तानले एकअर्का देशका नागरिकलाई देश निकाला गर्ने निर्णय गरिसकेको र बर्सौंदेखि एकअर्काको देशमा रहेका गौरनागरिक फर्किन असहज हुँदा खुला सिमाना भएका कारण नेपालतर्फ प्रवेश गर्ने सम्भावना रहेकाले सुरक्षा सतर्कता बढाउनुपर्ने शर्माले बताउनुभयो । यसका साथै उहाँले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको आवागमनमा पनि विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

रणनीतिक सुरक्षाका जानकार नेपाली सेनाका पूर्वरथी नेपाल भूषणचन्द भारतले पकिस्तानमाथि नभई आतङ्कवादीमाथि कारबाही सुरु गरेको बताउनुहुन्छ । चन्द भन्नुहुन्छ, “काश्मीरको पहलगाममा नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना निर्दोष हिन्दु पर्यटकको जसरी हत्या भयो, भारतले पूर्वघोषित रूपमा नै यसको उचित जवाफ दिने बताइसकेको थियो । भारतको कारबाही पाकिस्तानमाथि भन्दा आतङ्कवादलक्षित देखिन्छ ।”

उहाँले दुई देशबिच तनाव बढ्दै गएर युद्धको अवस्था सिर्जना भएमा नेपाललगायतका छिमेकी मुलुकमा आर्थिक, सामाजिक, सुरक्षालगायतका विषयमा प्रत्यक्ष असर पर्ने र यसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने जरुरी रहेको बताउनुभयो ।

उहाँ दुई देशबिच तनाव बढ्दै गए नेपाललले कूटनीतिक तटस्थता कायम गरी दुवै मुलुकलाई शान्तिपूर्ण अवस्थामा फर्काउन पनि पहल गर्नुपर्ने बताउहुन्छ । विशेष गरी भारत–पाकिस्तान द्वन्द्वका कारण भारत बसेर उग्रवादी गतिविधि गरिरहेका हुन सक्ने कतिपय समूहसमेत नेपालतिर मोडिन सक्ने सम्भावना रहेकाले उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने सुझाव सुरक्षाविज्ञहरूको  छ ।

पाकिस्तानविरुद्ध सैनिक कारबाही ‘अपरेसन सिन्दूर’ सुरु गरेलगत्तै भारतले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई ‘उच्च सतर्कता’ बढाइएको छ । भूपरिवेष्ठित नेपाललाई तीन दिशाबाट भारतले घेरेको छ । दुई देशबिच करिब एक हजार आठ सय किलोमिटर खुला सिमानामा प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।

पाकिस्तानमा रहेका आतङ्कवादी समूहहरू लुकिछिपी नेपाल प्रवेश गर्ने र भारतमाथि आक्रमण गरे नेपालमाथि ठुलो सुरक्षा चुनौती बढ्ने भएकाले सुरक्षा मजबुती अपनाइएको छ ।

उच्च सुरक्षा सतर्कता 

विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाकामा सुरक्षा सतर्कता बढाइएको छ । सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौबजीका अनुसार नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय खुला सीमाको दुरुपयोग नहोस् र गैरकानुनी आगमन नहोस् भनी पूर्वसचेतना अपनाइएको छ ।

सीमा सुरक्षाको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठलाई रोक्नका लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा सिमानामा संयुक्त रूपमा गस्ती पट्रोल र खबर आदानप्रदानलाई तीव्रता दिएको छ । सशस्त्र प्रहरी बलले आठ सय ४४ स्थानमा चेक प्वाइन्ट चेकजाँच सुरु गरेको जनाएको छ ।

प्रवक्ता धौबजीले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीका एक ‘बोर्डर आउट पोस्ट’ (बिओपी) बाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ सुरु गरिएको जानकारी दिनुभयो ।

अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुन सक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सीमा भएर आउजाउ गर्नेमाथि कडा निगरानी गरिएको छ ।  नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यस प्रकारको आवतजावतलाई सहजीकरण पनि गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रमेश थापाले सम्भावित सुरक्षा अवस्थाको आकलन गरी सुरक्षा सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

भारत – पाकबिचको आक्रमण प्रत्याक्रमबाट हालसम्म पाकिस्तानतर्फ ३१ जना र भारततर्फ १५ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यले जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको आतङ्कवादसम्बन्धी रिपोर्टमा इन्डियन मुजाहिद्दीन (आइएम) नामक समूह भारत, नेपाल र पाकिस्तानमा सक्रिय रहेको उल्लेख गरेको थियो । भारतमा हुने आतङ्कवादी हमलामा यिनै समूहको हात रहेको भारतीय पक्षको आरोप छ ।  गोरखापत्रबाट साभार

शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.