• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

बोरिङकै कारण भासियो जमिन

  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित

काठमाडौँ, वैशाख ३० गते । बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार सिङ्क होल (जमिन भासिनु) निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटोलाई पाइपिङका माध्यमबाट निष्कासन हुनु नै मुख्य कारण पाइएको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको र अध्ययनले जमिनमुनिको पानी बाहिर निकालिएपछि जमिन भासिएर खाल्डो परेको निष्कर्ष आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भौगर्भिक अध्ययनका अनुसार लामो समय सिल्ट मिसिएको पानी निष्कासन हुँदा यसले जमिनभित्र नयाँ भ्वाङ पार्ने र त्यहाँ भएका पुराना भ्वाङहरूलाई ठुलो पार्छ । गैरीगाउँमा जमिन भासिएको घटना पनि यस्तै नै हो ।”

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा भूगर्भशास्त्री र भूभौतिकशास्त्री कृष्ण पाण्डे तथा जलभूगर्भशास्त्रीको जिम्मेवारीमा अनुभव हासिल गरेका विभागका सहायक भूगर्भविद् मणि खनाल र जियोटेक्निकल ल्याबका प्राविधिक अमरबहादुर थापाको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गरेको हो ।

भूगर्भविद् डा. अधिकारीका अनुसार खानी तथा भूगर्भ विभागले २०६२ सलामा तयार पारेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सा तथा प्रतिवेदन, अलग अलग वर्षका भूउपग्रहका तस्बिर र शोधमा आधारित रहेका लेखका अध्ययनका आधारमा प्रतिवेदन बनाइएको हो ।

कसरी भासियो जमिन ?

हेटौँडा उपमहानगरपालिका वडा नं. १६ र १७ को सीमास्थित गैरीगाउँस्थित सडकमा कुदिरहेको ना४च ४८३३ नम्बरको बोलेरो गाडी भासिएको हो । चालक हरेराम राई र सहचालकले गाडीबाट निस्किएर जोगिए पनि गाडी खाल्डोबाट निकाल्न सम्भव भएन ।  वैशाख २१ गते मात्रै खानी तथा भूगर्भ विभागलाई जानकारी दिइयो । कमजोर जमिनमा भासिएको गाडी निकाल्ने प्रयासमा मात्रै स्थानीय तह, गाडीधनी र स्थानीयवासी केन्द्रित भए तर विभागले जमिन भासिएको क्षेत्रको भित्री संरचना कमजोर रहेकाले गाडी निकाल्दा हुन सक्ने क्षतिबारे गम्भीर हुन आग्रह गरेको छ ।

भूगर्भविद् डा. अधिकारीले प्रारम्भिक अध्ययनका आधारमा गैरीगाउँको सिङ्कहोलको केन्द्र भागमा कम्तीमा ११ मिटर गहिरो देखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसरी जमिन भासिँदा करिब तीन मिटर जतिको ठाडो स्कार्प बनेको प्रस्टै देखिन्छ ।”

उहाँका अनुसार जमिन भासिएको स्थानमा करिब पाँच वर्षअघि बोरिङ खनिएको र बोरिङबाट सङ्लो पानी नआएको, कहिले कालोमाटो र कहिले धमिलो माटो मिसिएको पानी आएको जानकारी बोरिङ सञ्चालकले दिएका छन् । उहाँले जमिन भासिएको ठाउँमा खनिएको बोरिङ पनि अहिले भत्किएको र सिङ्कहोलको केन्द्रमा अहिले पनि जमिनभित्रबाट सिल्ट मिसिएको पानी आइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिल्ट निष्कासन नरोकिँदा जमिनमुनि परेको भ्वाङ बढ्दै जाने, जमिन निरन्तर भासिने र कहिलेकाहीँ सतहमा चिरा पर्दै जान्छ । यही भ्वाङ ठुलो हुँदै जाँदा जमिनमुनिको भागले माथिको लोड धान्न सक्दैन । त्यसैले जमिन भासिन्छ । यस्ता सिङ्कहोल निर्माण हुन्छन् । गैरीगाउँको क्षेत्रमा भएको घटना पनि यस्तै प्रकृतिको हो ।”

विभागको अध्ययन टोली प्रमुख भूगर्भविद् अधिकारीका अनुसार खानी तथा भूगर्भ विभागले २०६२ सालमै इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सा तथा प्रतिवेदन तयार पारिएको र जमिन भासिएपछि उक्त प्रतिवेदन पनि अध्ययन गरिएको छ । उहाँले अध्ययनमा कर्रा खोला उपत्यका वरिपरि देखिएका माटो तहहरू अवलोकन गरिएको, सतहमुनिको माटोको प्रकार र प्रकृति बुझ्नका लागि ‘पावर अगर’ प्रयोग गरिएको र डुबेको सवारीसाधनको स्थान निर्धारण गर्न ‘प्रोटोन म्याग्नेटोमिटर’ प्रयोग गरिएको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले सुरुमा गाडी निकाल्न कोसिस गरिए पनि खानी तथा भूगर्भ विभागको अध्ययन टोली आएर अध्ययन अघि बढाएपछि उक्त क्षेत्रलाई सिलबन्दी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जमिन भासिएको ठाउँलाई सिलबन्दी गरेर सुरक्षाकर्मीद्वारा निगरानी गराइएको छ । मैले स्थलगत निरीक्षण गरेकी छु । जग्गा व्यक्तिकै हो तर विभागको सुझाव अनुसारै त्यहाँ के गर्ने भन्ने निर्णय हुन्छ । अरू घरहरू जोखिममा नपरून् भनेर सचेतता अपनाइने छ ।”गोरखापत्रबाट साभार

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.