• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मतदाता भन्छन : ‘पदलोलुप्त भए एमाले उम्मेदवार बिजय सुवेदी’

  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

वैशाख २७, चितवन । संघियता पछिको पहिलो निर्वाचनमा वाग्मती प्रदेश सांसदको भुमिकामा काम गरिसकेका विजय सुवेदी अहिले नेकपा एमालेबाट भरतपुर महानगरको मेयर पदका प्रत्याशी बनेका छन् । ५ वर्ष सम्म प्रदेश सांसदको भुमिकामा बसेर गृह जिल्लाको लागि केही काम गर्न नसकेको आरोप लागिरहेको बेला भरतपुर मेयरमा उनको उम्मेदवारी आउनुले भरतपुरबासीको मनमा चिसो पस्न थालेको छ । प्रदेश सांसद हुँदा त जिल्लाका लागि केही काम गर्न नसक्नेले भरतपुरको मेयर भएपछि पनि के विकास निर्माणको काम गर्ला भन्ने महानगर बासीको चिन्ता रहेको छ । अहिले भएको विकास पूर्वाधारको काममा पनि पूर्णविराम लाग्ने हो किन भन्ने चिन्ता महानगरबासीमा थपिएको छ ।

नेकपा एमालेले उनलाई महानगर प्रमुखमा टिकट दिने भए पछि सुवेदीले प्रदेश सांसदबाट राजिनामा दिई भरतपुरको मेयर हुन चुनावी मैदानमा होमिएका छन् ।भरतपुरबासीको बुझाईमा सुवेदी पदबिना बस्नै नसक्ने व्यक्तिको रुपमा परिचित छन् । अष्टलक्ष्मी शाक्य मूख्यमन्त्री हुँदा सुवेदी ५६ दिन नै भएपनि सामाजिक विकास मन्त्री समेत भएका थिए ।

निर्वाचनको मिति नजिकिदैं गर्दा चुनावी मैदानमा होमिएका सुवेदीले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । तर उनी जनताको घरदैलो मत माग्न जाँदा तिनै जनताले उनलाई यस अघि तपाई प्रदेश सांसद र मन्त्री भईसक्नु भएको होईन, अनि अब तपाईलाई फेरी मेयर किन हुनुपर्यो भन्दै प्रश्न तेस्र्याउने गरेका छन् । पश्चिम चितवनका एक मतदाता विरेन्द्र श्रेष्ठ भन्छन,‘सुवेदी पद लोलुप्त भए, एकचोटी पदमा बसिसकेपछि अरुलाई अवसर दिनुपर्दैने, उनलाईनै जहिले पनि पद चाहिने ।’ यसमा उनले केन्द्रिय नितीले पनि प्रभाव पारेका बताउछन् ।

यता भरतपुरका एक चुनावी सभामा सुवेदीले भरतपुरको विकासमा कुनै कसर बाँकी नराख्ने बताईरहेका बेला तर भाषण सुन्दै गरेको एक स्थानियले टिप्पणी गरे, ‘सधै पद ओगटेर बस्ने अनि विकासको काममा माखो नमार्ने, यही हो विकास ?’भरतपुर को विकासको मूल फुटाउने योजना आफुसंग रहेको भन्दै मतदाताको घरआँगनमा मत माग्न पुगेका सुवेदीले खुट्टा सम्म ढोगेर मेयर पदमा मतदान गरिदिन आग्रह गरिरहेका छन् ।

सुवेदीको विगत हेर्ने हो भने, उनी निर्वाचनमा विजय पश्चात् आश्वासनमात्र बाड्छन् । उनले काम भन्दा कुरा र गफ मात्र दिन्छन् ।उनी २०३६ सालमा रामपुर पाल्पाबाट कम्युनिष्टमा लागेका उनी सोही वर्ष तत्कालिन नेकपा (माले) निकट युवा लिगको सदस्यसंगैअनेरास्ववियू जिल्ला कमिटी पाल्पाको सदस्य भए ।

२०३९ सालमा तत्कालिन नेकपा (माले) को चितवनमा सदस्यता लिए । ०३९ सालमै अनेरास्ववियू चितवनको कोषाध्यक्ष भएलगत्तै २०४० सालमा अनेरास्ववियू चितवनको सचिवको जिम्मेवारी सम्दाल्दै कोषाध्यक्ष र सचिव पदमा रहेर संगठन संचालन गर्न सफल भए । सुवेदीले २०४१, २०४२ र २०४५ सालमा अनेरास्ववियू चितवनको अध्यक्ष भएर काम गरे ।२०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ चितवनको संस्थापक अध्यक्ष बने । २०४१ देखि २०४३ सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू सचिव भए ।

त्यसपछि उनी २०४७ सालमा एमाले चितवनको सचिवालय सदस्य भए । तत्कालिन अवस्थामा नेतृत्वको भूमिका खेल्ने सचिव पद उनले २०४९ सालमै समाल्ने मौका पाए । नेकपा एमाले चितवनको तीन कार्यकाल सचिव भए । त्यति हुदाँ हुदै पदभनेपछि हुरुक्कै हुने सुवेदीले यो बीचमा २०५५ देखि २०५९ सालसम्म राष्ट्रिय परिषद् सदस्य भएर पार्टीको जिम्मेवारी समाल्न पुगे । २०६७ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएर पनि उनले पार्टीको कामलाई निरन्तरता दिए । जनप्रतिनिधि हुँदा पनि जनताको काम थाती राखेर पार्टीको काममा लागिपर्ने सुवेदीलाई पार्टीले पनि राम्रै सहयोग गर्यो । त्यसपछि सुवेदी प्रदेश सांसद हुदै मन्त्रिसम्म बने । हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य छन् । संबिधान सभा सदस्यमा चितवन क्षेत्र नम्बर ५ बाट टिकट ल्याएर पटक पटक हार्दै आएका उनी बागमती प्रदेशमा पार्टीको राम्रो जनाधार भएको क्षेत्रबाट टिकट पाउन सफल भए र बिजयी समेत वने । सुवेदी भरतपुर अस्पताल बिकास समितिको अध्यक्ष भए ।

अहिले, भरतपुरको मेयर पदमा उम्मेदवारी दिएसंगै प्रायः चुनावी सभामा उनले भरतपुरमा विकास निर्माणको मुल फुटाउने अभिव्यक्ति दिई जनताको मत जित्न खोजिरहेका छन् । चुनाबी सभामा उनले भारत प्रतिको मोह समेत देखाएका छन् । तर भरतपुरका बासिन्दा बितेको ५ वर्षका अवधिमा आफ्नो नगरमा भएको विकासप्रति सचेत छन । दुई धु्रवमा बाँडिएर भरतपुर महानगरमा चुनावी प्रतिष्पर्धामा उत्रिएका दलहरु प्रति अधिकांश मतदाताको बुझाई भने एक पटक निवर्तमान मेयर रेनु दाहाललाई पुनः अवसर दिनुपर्छ भन्ने नै छ । किनकी आँउदो ५ वर्षमा भरतपुरलाई उनले भनेजस्तै नमुना शहर बनाएरै छाडछिन् ।

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.