• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवनको कालिकामा शिवराम केसीले मेयर जित्ने यस्तो छ आधार (अन्तर्वार्ता सहित )

  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

वैशाख २७, चितवन । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । स्थानीय तह निर्वाचनमा चितवनको कालिका नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवराम केसी उम्मेदवार बनेका छन् ।

लामो राजनीतिक पृष्टभूमि बोकेको परिवारका केसीलाई मेयरको बलियो उम्मेदवारको रुपमा हेरिएको छ । व्यवसायीको रुपमा समेत लामो अनुभव भएका केसी सामाजिक कार्यका लागि पनि उत्तिकै परिचित छन् । उनी कालिकाको मुहार फेर्नका लागि चुनावमा होमिएका हुन् । प्रस्तुत छ तिनै केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :

कालिकाको मेयरमा तपाईको उम्मेदवारी किन ?

अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन । जनताले रोजगार पाएको अवस्था छैन । रोजगार सृजना गरेर जनताको अवस्था परिवर्तनका लागि म मेयरको पदको उम्मेदवार बनेको हुँ । कालिकालाई नमूना नगर बनाउन गठबन्धनबाट मेयरका लागि अघि बढेको हुँ । कालिकाको मुहार फेर्ने अभियानमा हामी लाग्छौं ।

तपाईको एजेन्डा के-के हुन् ?

अहिले देशको सबै भन्दा ठूलो मुद्धा भनेको भ्रष्टचार हो । भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अपनाएर अघि बढ्ने प्रतिवद्धता जनता माझ राखेर हामी अघि बढेका छौं । सिद्धीमा ७५ प्रतिशत भन्दा बढी चेपाङहरुको बसोबास छ । यो ठाउँमा जनतालाई स्वरोजगरा बनाउन कृषि नै सबैभन्दा ठूलो आधार हो । कृषिबाट नै उहाँहरुलाई रोजगार बनाउन सकिन्छ ।

कालिकालाई पर्यटनसँग जोडेर पनि अगाडि बढाउन सकिन्छ । यहाँका भूमिहिन, सुकुमबासीहरुसँग लालपूर्जा छैन । जो पनि आउँछन् आश मात्रै देखाउने गरेका छन् । आशै मरिसक्यो । यो बिषयलाई समाधान गर्न म अघि बढ्छु । सबैले सुकुमबासीलाई लालपूर्जाको आशा मात्रै देखाए, म काम गरेर देखाउछु । मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई चितवन आउनु भएको मौकामा यो मुद्धा सम्बोधन गर्नुपर्छ भनेको छु । उहाँले लेखेर ल्याउनु म गर्छु भन्नु भएको छ । राज्यमन्त्री उमेश श्रेष्ठसँग पनि यो कुरा राखेको छु । धेरै ठूला एजेन्डाहरु लिएको छैन । तर जनहितमा हुने कामहरु गर्छु ।

कालिकामा तपाईले जित्ने आधार के हो ?

पहिलो कुरा म केही पनि कुरालाई नकारात्मक तरिकाले हेर्दिन । सबै कुरालाई सकारात्मक तरिकाले हेर्छु । यो स्थानीय ठाउँको राजनीति हो । बाउ बाजेले के गरेका छन् भनेर पनि हेर्छन् । यो ठाउँमा बाटो घाटो र पूर्वाधार बिकास र जुटपानीमा बिजुली ल्याउने मेरो काका हुन् । पहिल्यैदेखि बिकास निर्माणमा हिँडेको हाम्रो परिवार हो । यहाँका जनताले हामीलाई हेर्ने दृषिकोण फरक छ ।

म राजनीति मात्रै सबै कुरा होइन भनेर समाजमा बस्दा राम्रो काम गर्न, एउटा इट्टा भए पनि थप्न पाए हुन्थ्यो भन्ने मान्छे हुँ । समाजलाई सुन्दर बनाउन पर्छ भनेर सक्रिय भएर लाग्ने मान्छु हुँ म । पर्दा खेरी यसले गर्न सक्छ भन्ने नगरबासीलाई विश्वास छ । यस्ता धेरै आधार छन् र म विजयी हुन्छु भन्ने विश्वास छ ।

उम्मेदवारहरु चुनावको बेला हात जोड्दै घर-घर आउँछन् । अरु बेला वास्ता गर्दैनन् भन्ने मतदाताको गुनासो छ । तपाई विजयी भएपछि त्यस्तो समस्या देखिदैन भनेर जनताले कसरी विश्वास गर्ने ?

हो यही सिस्टम बनाउनका लागि म उम्मेदवार बनेको हुँ । सिस्टम बनाउन पर्‍यो । नगरपालिकामा महिनामा एक चोटी जनताको गुनासो सुन्ने सिस्टमको बिकास गर्छु । यती गते नगरपालिकामा जनताको गुनासो सुन्न मेयर बस्छन् भन्ने सिस्टम बिकास गर्छु । त्यो दिन मेयर आँफै उपस्थित भएर जनताको गुनासो सुन्छन् है भन्ने सिस्टम बिकास हुन्छ ।

सबै जनाको घरमा पुगेर गुनासो सुन्न भ्याईदैन, काम पनि हुँदैन । तर हरेक महिना नगरपालिकामा नै जनताको गुनासो सुनेर कहाँ के गर्न पर्ने हो त्यही अनुसार अघि बढ्छु । जनतासँग जोडिने कुरामा कुनै समस्या छैन । जनताको आवश्यकता अनुसार नै काम गर्ने हो ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । सबै तपाई गर्ने खाले मान्छे हो, हामी सहयोग गर्छौं भन्नुहुन्छ । हामी बिभिन्न पार्टीमा भए पनि तपाईलाई सहयोग गर्छु भन्नु हुन्छ । वातावरण सकारात्मक नै पाएको छु ।

अन्तिममा मतदातालाई के भन्न चाहनुहुन्छ ?

अहिलेको यो स्थानीय तहको निर्वाचन हो । आफ्नो क्षेत्रको उम्मेदवारहरु को कससँग प्रतिस्पर्धा गर्दैछन् भनेर आँफैले मुल्याङ्कन गर्नुहोस् । उम्मेदवारलाई नियालेर हेर्नुहोस्, भविष्यमा आशा जगाउन नसक्ने मान्छेलाई त्यही अनुसार मुल्याङ्कन गर्नुहोस् । म सबै मतदातासम्म पुग्न सकिन होला तर मेरो एजेन्डा भ्रष्टचारमुक्त समाज निर्माण हो । कसैलाई भेदभाव नगरि सेवा दिन्छु । यो अवसर दिनुहुनेछ भन्ने विश्वास छ र आग्रह पनि गर्छु ।

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.