• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा

  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित

पाल्पा ,जेठ ०६ । पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्ने बच्चाको बोली फुट्छ भन्ने जनविश्वास रहिआएको छ । यस कुवाको पानीमा अनौठो शक्ति भएको स्थानीयले विश्वास गर्दै आएका छन् ।

“परापूर्वकालमा एक जना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लागेपछि पानीको मुहान, वरपर घर कुने नदेखेपछि हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए । तिनै जोगीले आफूले पानीले प्यास मेटेको र अबदेखि यहाँको पानी पिएमा बोली नखुलेका बच्चा बोल्न सकुन् भनी आर्शिवाद दिएर त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागेका भन्ने जनविश्वास छ”, स्थानीय भुनकुमारी गहतराजले भनिन् ।

सोही समयदेखि स्थानीयले पानी निकालेको स्थानमा कुवा निर्माण गरेपछि यस ठाउँको नाम पनि जोगीपानी राखेका ज्येष्ठ नागरिकले बताउने गरेका गहतराजले उल्लेख गरिन् । उनका अनुसार यहाँको पानी पिउनाले बोली नफुटेका बच्चाको बोली आउँछ भन्ने विश्वास सयौँ वर्षदेखि रहेको भन्दै कतिपय मानिस आशा बोकेर यहाँ पानी लिन आउने गर्दछन् ।

आधुनिक प्रविधि र विज्ञानको युगमा बोल्न नसक्नेका लागि विभिन्न उपचार पद्दतिमार्फत चिकित्सकले बोली फर्काउने भए पनि खर्चिलो हुने र सहज नहुने भएकाले आर्थिक अवस्था कमजोर भएकाहरूले यहाँको पानी उपयोग गर्ने गर्दछन् ।

यसको वैज्ञानिक तथ्य भने अहिलेसम्म फेला पर्न नसकेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख एवं जीव विज्ञानका प्राध्यापक चन्द्रबहादुर थापाले बताए । धार्मिक आस्थाका कारण यहाँको पानी बोली नफुटेका बच्चालाई खुवाउने गरिए पनि अहिलेसम्म त्यस्तो वैज्ञानिक आधारहरू भने फेला नपरेको उनले जानकारी दिए ।

प्राध्यापक थापाले भने, “शारीरिक विकास ढिलोचाँडो हुन्छ तर पानीकै कारण बोली फुट्छ भन्ने कुराको वैज्ञानिक आधार भने अहिलेसम्म पाइएको छैन ।” यसको विस्तृत रूपमा अनुसन्धान गरेर मात्र वास्तविकता भन्न सकिने उनको भनाइ छ ।

यस कुवाको प्रचारप्रसार हुन नसक्दा धेरैलाई यसबारेमा थाहा नभएको स्थानीय गहतराजले बताइन्। उनका अनुसार थाहा पाएकाहरू नेपालका विभिन्न जिल्लाका साथै भारतबाटसमेत मानिस आउने गरेका छन् । उनले भनिन्, “केही मानिस कुवाको पानी पिएपछि बच्चाको बोली फुटेपछि यहाँ आएर पूजासमेत गर्ने गर्दछन् ।”

कुवा बाटोको छेवमा अवस्थित छ । लामो समय कुना सडक छेउमा भए पनि सडक विस्तार गर्ने क्रममा मासिने अवस्थामा पुगेपछि अहिले कुवा भएको ठाउँमा ट्याङ्की निर्माण गरिएको स्थानीय दिलकुमारी गहतराजले बताइन् ।

“अहिले पानी सडकबाट तल लगेर अर्को ट्याङ्की निर्माण गरी प्रयोगमा ल्याइएको छ । धेरैलाई यहाँको पानी खाएमा बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने थाहा नभएकाले यसको प्रचारप्रसार भएमा वास्तविकता अनुसन्धान पनि हुने थियो कि ?”, उनले प्रश्न गरिन् । कतिपय यहाँबाट बोतलमा पानी लिएर पनि जाने गरेका उनको भनाइ छ ।

आफ्नो छोरी आठ/दश वर्षको उमेर हुँदा पनि बोली नफुटेपछि यहाँको पानी खुवाएर अहिले स्पष्ट बोल्नसक्ने भएकी स्थानीय कमला गहतराजले उल्लेख गरिन् । पानी लिन आउँदा मानिसहरूले केही भेटी चढाउनेसमेत गरेको उनले जानकारी दिइन् ।

यहाँको पानी सञ्जिवनी बुटीसरह भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँ कुवा नजिकै सूचना राखिए पनि त्यसको पर्याप्त प्रचार हुन सकेको छैन् ।

स्थानीय सरकारले यहाँको पानीलाई थप व्यवस्थित गरी तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नसके आम्दानीको स्रोत बन्नसक्ने पत्रकार प्रकाश नेपालले बताए । उनले यस कुवाको महत्त्वलाई उजागर गरी अनुसन्धान गर्ने वातावरण स्थानीय सरकारले मिलाउनुपर्नेमा उनले जोड दिए ।

तानसेन नगरपालिका–११ का वडाध्यक्ष यादवसिंह कार्कीले यसको संरक्षण र महत्त्वलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरेको बताए । उनले परापूर्वकालदेखि जोगीकुवाको महत्त्व रहँदै आएकाले स्थानीयको जनविश्वासलाई संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरे । आगामी दिनमा धार्मिक र वैज्ञानिक आधारसँग जोडर कुवाको वास्तविकता अुनसन्धानमार्फत पत्ता लगाउने योजना रहेको उनले जानकारी दिए ।

मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.