वैशाख २७,माडी । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीयतहको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन माडीनगरको वडानम्बर ५ मा मेयर पदका उम्मेदवार माओवादी केन्द्रका ऋषिराम काफ्ले र उपमेयर पदका उम्मेदवार नेपाली काग्रेसका खेम महतो सहित हजारौँको संख्यामा आज मंगलबार घरदैलो अभियान दराई टोल देखि सुरु गरि विभिन्न ठाउँहरुमा कोण सभा गरिएको छ।
कोण सभामा मेयरका उम्मेदवार ऋषि काफ्लेले माडीमा शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, राजनितिक क्षेत्रलाई साँस्कृतिक विकास गर्दै बदल्न चाहेको, माडीमा रहेका खोलानाला,सुकुम्बासी समस्यालाई हल गर्दै जग्गाको लालपूर्जा वितरणमा जोड दिने,खरको छानालाई विस्थापित गर्दै टिनको छानाको व्यवस्थापन गर्ने लगायत धेरै काम गर्न माडीलाई आफ्नो पार्टीले बदल्न खोजेको हुनाले आफ्नो गठबन्धनका उम्मेदवारलाई आफ्नो अमूल्य भोट दिएर जिताउन हुन पनि आग्रह गर्नु भयो ।

कोणसभामा बोल्नु हुर्दै नेकपा माओबादी केन्द्रका पूर्व मेयर ठाकुर प्रसाद ढकालले २०७२ सालमा निर्माण भएको संविधानको रक्षाको लागी यो गठबन्धनको निर्माण भएको कुरा जानकारी गराउनु भएको थियो । वहाँले विक्रम पाण्डेले गर्नुभएको भाषण सुनेको र वहाँ भूमि सुधार हुदाँ कतिवटा लालपूर्जा बाड्नु भो भनेर प्रश्न गर्नु भएको थियो । माडीमा आएर बोल्ने एमालेका नेताहरुले माडीका धार्मिक तथा पर्यटन क्षेत्रहरु नदेख्ने खाली राम मन्दिर मात्र देख्ने गरेको र माडी नगरपालिकाले एक सय बिगाह राम मन्दिरको लागी जग्गा उपलब्ध गराउने निर्णय गरेको पत्र के.पि. ओलीले कहाँ लुकाएको भन्ने कुरा माडीको जनताले प्रश्न सोध्न जरुरी रहेको कुरा बताउनु भएको थियो । माडीमा ने.क.पा. एमालेका नेताहरुले झुटको खेती गर्न मात्र जानेको र अब झुठलाई निमिटयान्न पार्न जरुरी रहेको बताउनु भएको थियो ।
गठबन्धनको तर्फबाट यस वडामा अध्यक्ष गणेश घताने, दलीत महिला सदस्य बटुली सुनार र सदस्यमा फिरल महतो नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेद्वारी परेको छ भने, एक जना महिला सदस्य बालकुमारी सुवेदी र एक जना सदस्य इन्द्र प्रसाद चापागाई नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका छन् । गठबन्धनको तर्फबाट वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का गणेश घताने र नेकपा (एमाले बाट वडा अध्यक्षमा यमुना पोख्रेल, रा.प्र.पा बाट वडा अध्यक्षमा टिकाराम भट्टराई चुनावी मैदानमा छन् । घरदैलो कार्यक्रम गर्दै हिडेका अध्यक्ष पदका उम्मेद्वार घताने आफ्नो टीमको विजय सुनिश्चित रहेको दाबी गरेका छन् भने अघिल्लो निर्वाचनमा जित हाँसिल गरेको नेकपा माओवादी केन्द्रले आफ्नो जीत हुनेमा निश्चित देखिन्छ ।



