चितवन ९,जेठ – शुक्रबार बिहान १ः४५ बजेको चितवनको खैरहनिमा यात्रु बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकस्थित उदयपुरबाट काठमाडौंतर्फ आउदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खादा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ ।
ठक्करबाट कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रतिप तिमिल्सिनाको मृत्यु भएको छ । बस र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


