काठमाडौं ,जेठ २०
कलाकार घनश्याम गौतमको निधन भएको छ। ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका गौतमले ‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका थिए।
गौतमको गए राति १२ः१० बजेको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको उनको परिवारले जनाएको छ ।
केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।कलाकार गौतमको पशुपति आर्यघाटमा मंगलवार बिहान ८:३० बजे अन्त्येष्टि गरिने भएको छ ।
तपाईको प्रतिक्रिया


