• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मेयर रेनु दाहालले धान दिवसमा रोप्नु भयो धान

  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित

चितवन, असार १५ । चितवनमा २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइएको छ । धान दिवसको अवसरमा आइतबार भरतपुर २४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामूहिक रुपमा धान रोप्नुभयो । भरतपुर महानगरपालिका, कृषि विकास कार्यालय चितवन र केरुङ्का ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर २४ मा धान रोप्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘विगतमा भरतपुर २४ सुख्खाग्रस्त थियो, उहाँले भन्नुभयो, ‘सिँचाइको प्रबन्धले असार १५ का दिन धान रोप्न पाउँदा निकै खुसी छु । अहिले यो क्षेत्र भरतपुरको कृषि उत्पादनको केन्द्र बनेको छ । १२ महिना खेती हुँदा कृषकले राम्रो आम्दानी गर्नुभएको छ ।’ प्रमुख दाहालले कृषि अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले उत्पादन वृद्धि गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपालको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशत कृषि र त्यसमा १५ प्रतिशत धान बालीको रहेकाले अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो । उहाँले लागत घटाई उत्पादन वृद्धि गर्ने नीति अनुसार भरतपुर महानगरले आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिई अनुदानमा उपकरण वितरण गर्दै आएको बताउनुभयो ।

भरतपुरमा पछिल्लो समय सिँचाइको व्यवस्था भएसँगै कृषि उत्पादनमा वृद्धि हुँदै गएको उहाँको भनाई थियो । भरतपुरमा रहेका ठुलो क्षेत्रफल कृषियोग्य जमिन एकै व्यक्तिले बाँझो राख्दा उत्पादनलाई वृद्धि हुन नसकेको तर्क गर्नुभयो । महानगरमा सिँचाइको प्रबन्धले विस्तारै कृषि उत्पादनमा वृद्धि हुँदै गएपनि क्रमशः अझै वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले हरेक वर्ष कृषकहरूले खेती लगाउने बेलामा रासायनिक मलको अभाव खेप्नुपरेको भन्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । केही वर्ष अघि नेपालले कृषि उत्पादनहरू निर्यात गर्ने देशमा पर्ने गरेको भए पनि अहिले श्रम विदेश निर्यात गरेर खाद्यान्नहरू आयात गर्नुपर्ने अवस्थामा रहेको अधिकारीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले मन्तव्य राख्नुभएको थियो । त्यस्तै, धान दिवसमा अवसरमा हिले दौड, डोरी तान्ने प्रतियोगिता भएको थियो ।

आइतबार, असार १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.