• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

निर्वाचनको समयमा बिदेशमा ब्यस्त सेलिब्रेटी

  •   बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

बैशाख २९ , काठमाडौं । आगामी शुक्रबार स्थानिय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागी बिभिन्न शहरमा रहेकाहरु घर फर्किरहेका छन् । आजसम्म घर फर्कनेहरुको घुँईचो नै लागेको छ । काठमाडौंको नयाँ बसपार्क, कलंकी देखी कोटेश्वर जस्ता ठाउँमा ठुलो घुँईचो नै देखिन्छ । आफ्नो कामकाजलाई थाती राखेर यसपटकको निर्वाचनमा सहि ब्यक्ति चुन्नुपर्छ भन्ने युवाहरुको जमात धेरै देखिन्छ ।

नेपाली कला क्षेत्रका केहि सेलिब्रेटीपनि उम्मेदवार हुनुहुन्छ । काठमाडौं उपत्यकासँगै बिभिन्न जिल्लामा उम्मेदवारी घोषणा गरेर प्रचार गर्ने सेलिब्रेटी धेरै नै हुनुहुन्छ । काठमाडौं उपत्यकाको मेयर पदका उम्मेदवार ¥यापर बालेनको चर्चा निकै छ ।

यस्तै निर्वाचनको मुखमा सांगितीक कार्यक्रमका कारण केहि सेलिब्रेटी भने बिदेश लाग्नुभएको छ । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका केकी अधिकारी केहि दिन अघिमात्रै अमेरिका उड्नुभयो । यस्तै अमेरिकामै प्रकाश सपूत अहिले सांगितीक कार्यक्रममा ब्यस्त हुनुहुन्छ । केहि महिना अघि देखी नै शंकर बिसी अमेरिकामै रहनुभएको छ । यस्तै गएको महिना गायिका कला लम्साल लण्डन पुग्नुभयो । यस्तै दुई दिन अघिमात्रै मोडल रिना थापा बेलायत उड्नुभएको छ । नायक सलोन बस्नेत पनि गएको बुधबार ‘हनि बनी’ चलचित्रको सुटिङका लागी भन्दे लण्डन पुग्नुभयो । यस्तै गायिका ज्योती मगर पनि नर्बेमा रमाइरहनुभएको छ ।

‘मेरो डान्स कप युएस’ रियालिटी शोका लागी नायिका केकी अमेरिका उड्नुभएको हो । नायिका केकीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत बहुमुल्य भोटको प्रयोग गर्न नपाउँदा चित्त दुखेको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन । तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मुल्य पक्कै बुझ्नुभएकै छ । निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला । शान्त, सुरक्षित अनि सुब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु ।’

यस्तै नेपाली म्युजीक भिडियोको क्षेत्रमा पाँचसय बढीमा अभिनय गर्नुभएकी मोडल रिना थापा मगरले पनि निर्वाचनको मुखमै बिदेश हिड्नुपर्दा मन खिन्न भएको बताउनुभयो । उहाँले बेलायतका पुर्व निर्धारित कार्यक्रमहरु भएकाले यहि समयमा आफू बेलायत आउनुपरेको भन्दै यसपटक पनि भोट हाल्न नपाउँदा मन दुखी भएको बताउनुभयो । ‘कार्यक्रमहरु पहिल्यै देखी तय भएका हुन्छन् त्यसैले मिति सार्न नमिल्ने हुन्छ । आफ्नो देशमा निर्वाचनको रौनक छ तर यता आउनुप¥यो ।’ रिनाले टेलिफोनमा कुरागर्दै भन्नुभयो । ‘मैले यसपटक भोट हाल्न नपाएपनि सबैलाई आफूलाई मनले खाएको र आफ्नो गाउँठाउँ जसले बिकाश गर्छ जस्तो लाग्छ उसलाई भोट हाल्न अपिल गर्छु ।’ कलाकार रिना काभ्रेको पाँचखाल नगरपालिका वडा नं १३ को कोसीदेखाबाट भोट हाल्ने तयारीमा हुनुहुन्थ्यो ।

गायिका कला लम्साल पनि यतिबेला लण्डनका बिभिन्न स्टेजमा ब्यस्त हुनुहुन्छ । नयाँ बर्षको छेको पारेर सांगितीक कार्यक्रमका लागी उड्नुभएकी कलाले अहिलेसम्म ९ वटा कार्यक्रममा आफ्नो प्रस्तुती दिइसक्नुभएको छ । उहाँले लण्डन, टोरन्टो, मन्ट्रीयल, क्याल्गरि लगायतका सिटीमा प्रस्तुती दिएको र अब केहि सातामात्रै रहने जानकारी दिनुभयो । गायिका कलाले पनि यसपटकको स्थानिय तहको निर्वाचनमा आफ्नो बहुमुल्यको भोटको प्रयोग गर्न नपाउँदा दुख लागेको बताउनुभयो । कलाले पनि पुर्वनिर्धारित कार्यक्रम भएकै कारण निर्वाचनको मितिसम्म पनि स्वदेश फर्कन नसकेको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘म नेपालमा भएको भए गृहजिल्ला तनहुँ मै गएर भोट हाल्ने सोचेकी थिएँ । आफ्नो एक भोटका कारण पनि सहि प्रतिनिधिलाई जिताउन ठुलो मद्दत पुग्छ त्यो बुझेकी थिएँ, तर सोचेजस्तो भएन ।’

कोरियोग्राफर तथा मोडल शंकर बिसी भने केहि महिना अघि देखी नै अमेरिकामै रहनुभएको छ । उहाँले तीजपर्वलाई लक्षित गर्दै नेपाल फर्कने तयारी गर्दै हुनुहुन्छ । उहाँ पनि अहिले ‘मेरो डान्स कप युएस’का लागी ब्यस्त हुनुहुन्छ । काठमाडौं उपत्यका बाहिरका सेलिब्रेटीहरु भने धेरैजसो गृहजिल्ला पुगिसक्नुभएको छ भने कति आज जाने तयारीमा हुनुहुन्छ । गोपिकृष्ण चापागाईं

बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.