चितवन ,आषाढ ३२
भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार मंगलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा खसेकी थिइन् ।उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिएको । मंगलबार दिउँसो ३:५० बजे सेफ्टी ट्याङकीमा खसेकी उनको सोहिदिन साझ ६:४० बजे उपचारका क्रमम मृत्यु भएको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया



