• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रचारमा आक्रामक ‘माग्ने राजा’, हाइप बढाउँदै ‘पैसा’को गीत

  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित

‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले सिनेमाको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप सिनेमाको केन्द्रमा रहेको बताएका छन् ।

‘टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा कायम राखेका थियौँ । यसले गर्दा कतिपय दर्शकलाई सिनेमा पुरानै ढर्रामा त छैन भन्ने शंका लागेको थियो,’ निर्देशक लामिछानेले भने, ‘यो गीतसँगै हामी सिनेमाको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ ।’ यसो भनिरहँदा निर्देशक लामिछानेले सिनेमाले कमेडी शैलीलाई भने नछाडेको बताए ।

निर्माता मुनाल घिमिरेका अनुसार सिनेमाले हाँसोसँगै समसामयिक मुद्दालाई पनि कथ्यमा समेट्ने प्रयास गरेको बताएका छन् । प्रचार सामाग्रीको स्वीकार्यताले उत्साहित रहेका मुनाल घिमिरे भन्छन्, ‘हाँसो भन्दैमा यसमा सस्ता जोक छैनन् । सिनेमामा हामीले हँसाउँदा हसाउँदै देशको समस्या र नागरिकको रुपमा समस्याको निदान पनि सुझाएका छौँ । सिनेमाको प्रदर्शनपछि यसले नयाँ बहसको सिर्जना गर्छ भन्ने कुरामा विश्वस्त छौँ ।’

निर्माण घोषणासँगै चर्चामा रहेको सिनेमा ‘माग्ने राजा’को प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका प्रचार सामाग्रीले पनि दर्शक लोभ्याउँदै गएका छन् । पोस्टर रिलिज गरेर आक्रामक प्रचारमा उत्रिएको सिनेमाले अहिलेसम्म दुई गीत र टिजर सार्वजनिक गरिसकेको छ । जसमध्ये एउटा गीतले ठिकैको माया पाएको भएपनि टिजर र हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ले दर्शकको राम्रो माया पाएका छन् ।

सिनेमाको टिजरले हालसम्म १२ लाख हाराहारी माया पाइसकेको छ भने ५ दिनअघि सार्वजनिक ‘म त सुतेर उठेको पैसामा’ले छोटो समयमै २१ लाख भ्युज प्राप्त गरेर सिनेमालाई दर्शकमाझ थप प्रतीक्षित बनाएको छ ।

पैसालाई केन्द्रमा राखेर बनेको गीतको मेलोडी र शब्दले दर्शकको मनोविज्ञान टपक्क समातेको छ । यही कारण अहिले गीत टिकटकमा पनि भाइरल बनेको छ । गीतका टुक्रा टुक्रामा बनेका रचनात्मक टिकटकले जो कोहीलाई प्रशन्न बनाउँछन् ।

ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा भदौ ६ मा प्रदर्शनमा आउँदैछ । मुनाल घिमिरेको निर्माणमा तयार भएको सिनेमामा विल्सन विक्रम राई,वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको सिनेमालाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् ।

आइतबार, साउन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.