काठमाडौं , साउन २८
चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।माझीको ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो । यो गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा ल्याइएको उल्लेख छ ।
गीतमा विष्णुका उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलको अभिनय छ । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ ।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र प्रविन भट्ट सम्पादन छ । गीतमा एउटा चेलीको आमासँग गरेको बिलौना गरेकी छन् ।
तपाईको प्रतिक्रिया


