चितवन , साउन २८
बुधबार चितवनको भरतपुरमा रहेको सिनेप्लक्स सिजी ल्याण्डमार्कमा एक कार्यक्रमको बिच चलचित्र ‘रिमै’को शिर्षक गीत सार्वजनिक भएको छ । चलचित्रको मुख्य नायिका रिश्मा गुरुङ , निर्देशक खिल बहादुर गुरुङ र चलचित्रका निर्माता लगायत लगायतको भब्य उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।

सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वर छ । गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ । किनभने, लामो समयपछि यो चलचित्रबाट दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैंया) को जोडी पुनः पर्दामा हेर्न पाइने भएको हो ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमामा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।


