• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

गौर हत्या प्रकरणः आदेश कुर्दै प्रहरी, राजनीति मिलाउँदै यादव

  •   बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको पुनः गहन अनुसन्धान गर्न परमादेश दिएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राजनीतिको नयाँ चेपुवामा परेका छन् ।

राजनीतिक मुद्दा कि गैरन्यायिक हत्या भन्ने बहसबीच अध्यक्ष यादवलाई सर्वोच्चले गहन अनुसन्धानको दायरामा ल्याउनुलाई अनेक अड्कलबाजीसँग जोडेर हेरिएको छ ।

पछिल्ला दिनमा गठबन्धन सरकारमै रहेर सत्ता नेतृत्वलाई एकपछि अर्को चुनौती दिँदै आएका यादवलाई सर्वोच्च अदालतले परमादेशमार्फत कानुनी औंला उठाउनुलाई राजनीतिक प्रतिशोधमा अदालतलाई हतियार बनाइएको भन्दै जसपाले प्रतिरोध गर्ने भएको छ ।

जसपाका अध्यक्ष यादवले अदालतलाई अनुसन्धानमा सघाउन आफू तयार रहेको बताए पनि पार्टी पंक्तिभित्र यसको प्रतिरोध गर्नुपर्ने आवाज उठिरहेको छ ।

यादव र सत्ता बार्गेनिङ
सत्ता गठबन्धनमै रहेर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा आएका भूमि विधेयकदेखि महत्वपूर्ण मुद्दाहरूमा असहमति जनाएका कारण यादवले आफूलाई निसानामा पारिएको बताउँदै आएका छन् । यादवले आफू गठबन्धन छोड्नुपर्ने अवस्थामा पुगेको पनि बताउँदै आएका छन् । अदालत लगाएर आफूलाई तर्साइएको भन्ने यादवलाई लागेको छ ।

आदेश नपाउँदा अलमल
सर्वाेच्च अदालतले गौर हत्याकाण्डका विषयमा पुनः अनुसन्धान थाल्न बाध्यकारी (परमादेश) आदेश जारी गरेको छ । तर, अदालतले सो परमादेशको संक्षिप्त आदेशसम्म नदिएका कारण घटनामा संलग्न भनिएका व्यक्तिमाथि कसरी अनुसन्धान अघि बढाउने भन्ने अन्योल भएको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार घटनामा मुख्य संलग्नता भनिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतमाथि के आधारलाई टेकेर अनुसन्धान गर्ने भनेर अदालतको लिखित आदेश प्राप्त भएपछि मात्र अनुसन्धान अघि बढाउने तयारी छ ।

अदालतले आदेश दिएलगत्तै पक्राउका लागि सक्रियता देखाएको प्रहरीले अन्ततः अदालतको आदेशमा के छ भनेर हेर्न नपाएको भन्दै आदेश नपाएसम्म कुनै व्यक्ति विशेषलाई पक्राउ नगर्ने रणनीति लिएको छ ।

मण्डलादेखि मधेशसम्म प्रदर्शन
जसपा अध्यक्ष उपेन्द्र यादवमाथि प्रतिशोधपूर्ण र पूर्वाग्रही ढंगले अदालत सक्रिय भएको भन्दै यादव समर्थित कार्यकर्ताले काठमाडौं उपत्यकाको माइतीघर मण्डलादेखि मधेशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

राजनीतिक प्रतिशोधको कडा प्रतिकार गर्ने घोषणा गरेका यादव समर्थित कार्यकर्ताले अरूको स्वार्थमा आफूहरूको राजनीतिक मुद्दालाई अल्झाउने र बल्झाउने गर्न नदिने चेतावनी दिँदै आएका छन् ।

गौर काण्डको विषयलाई लिएर सर्वोच्चले परमादेश दिएपछि अप्ठेरो अवस्थामा पुगेका यादवलाई आमजनता पार्टीबाहेकका अधिकांश राजनीतिक दलले साथ दिने संकेत गरेका छन् । तर, उनीहरूले अदालतले अनुसन्धान गर्नु भनेका कारण खुलेर यादवको पक्षमा भने देखिन चाहेका छैनन् ।

अदालतमा आफ्नो प्रभाव नभएको ओली जिकिर
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो हिसाबले अदालतमा आफ्नो प्रभाव नभएको सन्देश दिएका छन् । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९औं सूचना दिवसका सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले ‘अदालतले प्रधानमन्त्री हटाइदिएको र बनाइएदिएको पनि अनुभव छ, भर्खरै मात्र हामीले व्यहोरेकै हौं, धन्न कोर्ट मार्सलचाहिँ भएन’ भन्दै घुमाउरो हिसाबले आफ्नो प्रभाव र संलग्नता नभएको सन्देश दिएका छन् ।

के थियो घटना ?
गौर घटना १९ वर्षअघि रौतहटको गौरमा मधेशी जनअधिकार फोरमका कार्यकर्ता र माओवादीको तराई मधेश मुक्ति मोर्चाबीच भएको भिडन्तको उत्कर्ष हो । २७ जनाको ज्यान जानेगरी भएको घटना फोरम र मुक्ति मोर्चाबीचको विवादको उत्कर्ष थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले फोरम कार्यकर्ताहरूले माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन ल्याएको थियो । रौतहटको गौरस्थित राइसमिलमा ७ चैत २०६३ मा एकैदिन पारेर फोरम र मुक्ति मोर्चाले कार्यक्रम गरेपछिको भिडन्तमा २७ जनाले ज्यान गुमाएका थिए ।राजधानीबाट

बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.