• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

गृहमन्त्रीमाथि ‘एक्सन’को प्रस्तावले रोकियो उपसभामुख हटाउने योजना

  •   बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न एकमत देखिएका सत्तारूढ दल अन्ततः एकाएक पछि हटेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि पनि ‘एक्सन’मा जानुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि रानालाई पदमुक्त गर्ने अभियानबाट सत्ताधारी दल पछि हटेका हुन् ।

उपसभामुख रानामगरले पदीय आचरणअनुसार काम नगरेको भन्दै पदमुक्त गर्न एकजुट भएका सत्तारूढ दलभित्रै लेखकलाई लागेको अभियोगमा संसदीय या न्यायिक छानबिन समिति नबनाई उस्तै अभियोग लागेकी उपसभामुखलाई चलाउन नमिल्ने बहसमा उत्रिएपछि हस्ताक्षर गरेर संसद्मा दर्ता गर्न ठिक्क पारेको पदमुक्त प्रस्ताव तत्कालका लागि टरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपसभामुखलाई पदमुक्त गर्ने प्रक्रियासँगै लेखकमाथि उठेको प्रश्नमा पनि छानबिन समिति बनाएर अघि बढ्नुपर्ने पक्षमा देखिएपछि अन्ततः कांग्रेसकै सांसदहरू हस्ताक्षर अभियानबाट पछि हटेका हुन् ।

‘लेखकमाथि उस्तै प्रकृतिको अभियोगमा चुप बसेर उपसभामुखमाथि मात्र प्रश्न उठाउन मिल्दैन भनेर एमालेका नेताहरू अघि आएपछि तत्काल पदमुक्त गर्ने प्रक्रिया रोकियो,’ कांग्रेसका एक सांसदले राजधानीसँग भने ।

सत्तरूढ दलभित्रै उठ्यो गृहमन्त्री जोगाएर उपसभामुखलाई कारबाही गर्न नसकिने आवाज

उनका अनुसार कांग्रेसको संस्थापनइतर पक्षले विधिको प्रश्न उठाएको र एमालेले गृहमन्त्री लेखकमाथि पनि एक्सनमा जानुपर्ने प्रस्ताव गरेपछि दुवै दलका सांसदलाई गराइएको खाली कागजको हस्ताक्षर होल्ड भएको हो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सभामुख रानामगरलाई हटाउन मंगलबार सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । खाली कागजमा कांग्रेस र एमालेका सांसदले हस्ताक्षर गर्दै आफ्ना सांसदलाई राजधानी काठमाडौं नछोड्न सूचनासमेत जारी गरेका थिए ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबीच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको थियो । तर, मंगलबार बिहानबाट एकाएक एमालेले गहृमन्त्री लेखकमाथि उठेको प्रश्नको निरूपण नहुन्जेल उपसभामुखमाथि एक्सनमा जान नहुने प्रस्ताव अघि सारेपछि भएका हस्ताक्षर संसद्मा दर्ता गरेर पदमुक्तको प्रक्रिया होल्ड भएको हो ।

कांग्रेस र एमालेले उर्दी जारी गरेकै भरमा सांसदहरूले हस्ताक्षर गर्न सिंहदरबारस्थित दलको कार्यालयमा पुगेका थिए । उनीहरूले खाली कागजमा हस्ताक्षर गरे पनि कुन प्रयोजन र केका लागि गर्न लागेको भन्ने ’boutमा थाहा नभएको बताए । उपसभामुख हटाउनका लागि हस्ताक्षर गरिएको चर्चा भए पनि सो ’boutमा सांसदहरू अनविज्ञ छन् ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदीय दलले हस्ताक्षर गराउनसक्ने र कुनै पनि बेला काम लागेमा प्रयोग गर्नसक्ने बताए । उनले उपसभामुखलाई हटाउने प्रयोजनका लागि हस्ताक्षर भइरहेको चर्चा भए पनि त्यसमा सत्यता नभएको टिप्पणी गरे ।

‘संसदीय दलले हस्ताक्षर गराउन सक्ने र काम लागेको समयमा प्रयोग गर्नुपर्ने हुनसक्छ, उपसभामुख पदीय आचरणअनुसार काम नगरेकाले हटाउन प्रस्ताव पेस हुँदै छ भन्ने खबरहरू आइरहेका छन् तर त्यो सही होइन,’ घिमिरेले भने ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि कांग्रेस प्रमुख सचेतक घिमिरेजस्तै जवाफ दिएका छन् । एमाले संसदीय दलको कार्यालयमा मुख्य सचेतक बर्तौलाले उपसभामुखले पदीय मर्यादाविपरीत केही मानिसहरूलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गरेको कुरा संसद्मा उठे पनि अहिले सांसदहरूको हस्ताक्षर त्यस प्रयोजनका लागि नभएको बताए । सत्तारूढ दल उपसभामुखलाई हटाउन प्रस्ताव दर्ता गर्ने निर्णयमा नपुगेको उनले बताए ।

एमाले सचिव एवं सांसद योगेश भट्टराईले परिआएका बेलामा प्रयोग गर्नका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको बताए । तर, कांग्रेस र एमालेले सल्लाह नै गरेर हस्ताक्षर संकलन गरिएको उनले बताए । एकै दिन हस्ताक्षर संकलन गर्नु संयोग मात्रै भएको टिप्पणी भट्टराईको छ ।

लेखकका कारण १३ जेठदेखि प्रतिनिधिसभा अशान्त
प्रतिनिधिसभा नियमावली २०७९ को व्यवस्थाअनुसार उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको भन्दै हटाउने तयारी कांग्रेस र एमालेले गरे । तर, उस्तै अभियोग लागेका गृहमन्त्री रमेश लेखक भने अहिलेसम्म छानबिनको दायराबाहिर छन् ।

लेखकमाथि छानबिन गर्नुपर्ने माग गर्दै गत १३ जेठदेखि विपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकमाथि संसदीय वा न्यायिक आयोग बनाई छानबिन गर्नुपर्ने माग गर्दै पछिल्लो समय संसद् बैठकसमेत बहिष्कार गर्दै आएका छन् । तर, कांग्रेस र एमाले यस’boutमा मौन बस्दै उही प्रकृतिको मुद्दामा उपसभामुख रानामगरलाई हटाउन हस्ताक्षर संकलन गरिरहेका छन् ।

हस्ताक्षरमा साना दलको साथ
उपसभामुख हटाउने अभियान थालेका कांग्रेस र एमालेलाई सत्तारूढ साना दलहरूले समेत साथ दिए । जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहितका दलहरूले समेत यसमा समर्थन गरेका छन् ।

नाउपाभित्र आन्तरिक किचलोका कारण उपसभामुखलाई हटाउने ’boutमा सो पार्टीमा अन्योल छ । तर, सत्तारूढ दलले मंगलबार नै बोलाएको बैठकमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी थिइन् ।

शेखर पक्षले गरेन हस्ताक्षर
कांग्रेस र एमालेले मंगलबार सांसदहरूको हस्ताक्षर खाली कागजमा संकल गरेका छन् । तर, कांग्रेस नेता डा. शेखर कोइरालाले उपसभामुख रानामगरलाई हटाउने सत्तारूढ दलको तयारीप्रति असन्तुष्टि जनाउँदै हस्ताक्षर गरेका छैनन् ।

कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन् । पार्टीले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको भए पनि आफूहरूलाई कुनै खबर नआएको कोइरालानिकट एक सांसदले बताए । कतिपय सांसद उपत्यकाबाहिर भएकाले पनि हस्ताक्षर नगरेको बताइन्छ । कांग्रेस सभापति देउवा, महामन्त्री गगन थापा आफंैले हस्ताक्षर नगरेको समेत दाबी गरिएको छ ।

प्रतिवाद गर्ने विपक्षी दलको निष्कर्ष
मंगलबार बसेको विपक्षी दलहरूको बैठकले उपसभामुख रानामगरलाई हटाउन सत्तारूढ दलहरूले चालेको कदमको सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपसभामुख रानामगरलाई हटाउने कुरा गलत भएको जनाएका छन् । उनले पहिलादेखि नै सत्तारूढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रहसमेत गरेका छन् ।राजधानीबाट

बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.