• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

एमालेमा औपचारिक रूपमै दुई गुट

  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संस्थागत निर्णयविपरीत पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी राजनीतिमा जबर्जस्त रूपमा स्थापित हुने अभियानमा जुटेकी छन् ।एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूलाई साथमा राखेर उनले आफू एमालेमै भएको पुनः दाबी गरेकी छन् ।

यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको घोषणा भण्डारीले गरेकी थिइन् । पार्टीको संगठित सदस्यता नवीकरण गरिसकेर सक्रिय राजनीतिमा लागेपछि हालै बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता ‘होल्ड’ गर्दै राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नमिल्ने निष्कर्षसहित भण्डारीलाई पार्टीले रोक्न खोजे पनि उनी थप सक्रिय हुन थालेकी छन् । लामो समयदेखि एमालेमा संस्थापनबाहेक कुनै गुट बन्न सकेको थिएन । तर, बिहीबारबाट भण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेताहरूले बानेश्वरबाट एमालेमा प्रस्ट दुई धार निर्माण भएको संकेतसमेत दिएका छन् ।

बिहीबार काठमाडौंको थापागाउँ, नयाँबानेश्वरमा मदन भण्डारीको ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै एमाले पूर्वउपाध्यक्ष भण्डारीले अब त्यही कार्यालयबाट पार्टी गुटको राजनीति सुरुवात गर्दै छिन् । भण्डारी समूहले यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनेको छ ।

समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले नेता डोरमणि पौडेल छन् । जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता मदन भण्डारीका श्रीमती विद्या भण्डारी समितिकी संरक्षक हुन् । एमालेले भण्डारीको सदस्यता नवीकरण निष्क्रिय गर्दै उनलाई रोके पनि पार्टीकै नेताहरूले उनलाई साथ दिँदै आएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेल उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, स्थायी कमिटीका सदस्य कर्णबहादुर थापासहित एमाले नेता कार्यकर्ताको कार्यक्रममा सहभागिता थियो । कार्यालय उद्घाटनका लागि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता दिन खोजिए पनि उनले भेट्नै नचाहेको चर्चासमेत पार्टीभित्र भइरहेको छ ।

अहिले भाडामा लिइएको यही घरबाट मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएको बताइएको छ । मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् भने अहिले भण्डारीले सोही घरलाई भाडामा लिएर एमालेमा पुनः प्रभाव जमाउने प्रयास थालेकी छन् ।

मदन भण्डारीको जन्मजयन्तीका लागि सम्पर्क कार्यालय भनिए पनि संस्थापनप्रति असन्तुष्ट नेताहरूले कार्यालयलाई गुटको गतिविधिको केन्द्रका रूपमा प्रयोग गर्न थालेका छन् । कार्यालय उद्घाटनस्थलमा भेटिएका एक एमाले नेताले मुस्कुराउँदै भने, ‘अब यो क्षेत्र थापागाउँ होइन, गुटगाउँ बनिसक्यो ।’

कार्यालयको उद्घाटन गर्दै भण्डारीले आफूले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट सन्देश दिएकी छन् । उनले आफूलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने भन्दै आफूले एमालेबाटै राजनीति गर्ने पुनः दोहो¥याइन् ।

भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउँदै अब पार्टीको कामको मूल्यांकन हुनुपर्ने समेत बताइन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीप्रति इंगित गर्दै उनले पार्टीका विसंगतिलाई जोडदार रूपमा उठाउने र सरकारले सुशासन प्रवर्धन गर्न नसकेको कडा रूपमा टिप्पणीसमेत गरेकी छन् ।

उनले राजनीतिक दलभित्र विकृति र विसंगति फस्टाएको, दलहरू संस्थागत हिसाबले प्रणालीमा चल्न नसकेको, राज्यका संयन्त्रहरू प्रणालीमा चल्न नसकेको र सदन पनि निरीह थालोजस्तो देखिएको बताइन् ।

सो कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीले अंगिकार गरेको जनताको बहुदलीय जनवाद (जबज)माथि आक्रमण गरेको दाबी गरेका छन् । पार्टीभित्र समानान्तर गतिविधि गर्न स्थापना गरिएको सम्पर्क कार्यालय उद्घाटनलाई सम्बोधन गर्दै पोखरेलले जबजको सान्दर्भिकता नसकिएको बताए ।

अध्यक्ष ओलीले पार्टीलाई जबजको मान्यताअनुसार अघि नबढाएको तर त्यसकै टोपी लगाएर हिँडिरहेको पोखरेलको दाबी थियो । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने पक्षमा उभिएका पाखरेलले जबजको टोपी लगाउनेहरूबाटै विचारमाथि आक्रमण भएको भन्दै आक्रोश पोखे ।

ओलीप्रति लक्षित गर्दै उनले भने, ‘कहिलेकाहीँ विचारकै टोपी लाउनेहरूले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन्, यो चिज बुझ्नुपर्ने आवश्यकता छ, त्यसकारणले टोपी लाएर प्रश्ट बोल्नेहरू मात्रै विचारका संवाहक हुन्छन् भन्ने ठान्ने भूल गर्नुहुँदैन, यस्तो अवस्थामा विचारको रक्षा गर्नुपर्ने जरुरी छ ।’

थापागाउँमा मात्रै राजनीतिक गुटका १० कार्यालय
बानेश्वरको थापागाउँ भनेर परिचय अब रहेन । थापागाउँले अहिले ‘गुटगाउँ’का रूपमा नयाँ परिचय बनाएको छ । ’cause, थापागाउँमा विभिन्न गुटका कार्यालय र गतिविधि सञ्चालन हुँदैआएका छन् । पछिल्लो समय एमालेको औपचारिक गुटको कार्यालय स्थापनासँगै थापागाउँलाई राजनीतिक वृत्तमा गुटगाउँका रूपमा चर्चा गर्न थालिएको छ ।

थापागाउँमा मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय मात्रै छैन । याँ विभिन्न पार्टी गुट सञ्चालन गर्ने विभिन्न कार्यालयसमेत सञ्चालित छन् । नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समेत थापागाउँमा लामो समयदेखि सम्पर्क कार्यालय खोलेर गुटगत राजनीति गर्दै आएका छन् ।

एमालेबाटै विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)निकटको अखिल नेपाल महिला संघ (समाजवादी)को समेत कार्यालय यहीँ छ । त्यसको ठीक अघि एकीकृत समाजवादीकी उपाध्यक्ष एवं अनेमसंघ (समाजवादी)की पूर्वअध्यक्ष जयन्ती राईको कार्यालय छ । त्यहाँबाट गुट राजनीति हुँदै आएको एकीकृत समामजवादीकै नेताहरूको दाबी छ ।

अनेमसंघ (समाजवादी)को कार्यालय पनि नियमित कार्यसहित एक गुटको अखडाका रूपमा छ । थापागाउँमै एकीकृत समाजवादीनिकटको युवा संघ नेपालको कार्यालय छ । युवा संघमा गुटकै गतिविधि सञ्चालन गर्दै अहिले त्यो युवा संघ दुईवटा बनेको छ । एउटाको नेतृत्व रोशन थापाले र अर्को युवा संघको नेतृत्व संजीप राईले गरिरहेका छन् । अहिले थापा नेतृत्वको युवा संघको कार्यालय आलोकनगर पार्टी कार्यालय अगाडिको सुविधानगरमा सरेको छ ।

थापागाउँमै केही अघिसम्म एकीकृत समाजवादीनिकट प्रेस संगठन नेपालको केन्द्रीय कार्यालय थियो । नेतृत्व निकटबाहेकका पदाधिकारी सो कार्यालयमा कहिल्यै पुगेनन् । अध्यक्ष, महासचिवसहितका नेता एमालेमा फर्किनुअघि गुटगत राजनीति तीव्र भइरहेको सो कार्यालय हाल अनामनगर सरेको छ ।

थापागाउँमै साहना प्रधान स्मृति प्रतिष्ठानको कार्यालय छ । जसको अध्यक्ष रामकुमारी झाँक्री हुन् । सो कार्यालयबाट हाल पार्टीभित्र नेतृत्वविरुद्ध गुटबन्दी हुने गरेको संस्थापन पक्षको आरोप छ ।

एकीकृत समाजवादीको अखिलमा दुई समानान्तर कमिटी छ । जसमध्ये एक समूहको गुटगत गतिविधिसमेत थापागाउँबाट हुँदै आएको छ ।थापागाउँमै कांग्रेस र एकीकृत समाजवादीनिकटको मजदुर संगठनको कार्यालयसमेत छ । जहाँबाट मजदुर नेताहरूले गुटको गतिविधि सञ्चालन गर्दैआएका छन् ।

केही समयअघिसम्म पूर्वउपप्रधानमन्त्री रहेका नेता राजेन्द्र महतो नेतृत्वको थापागाउँमै सम्पर्क कार्यालय थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का पूर्वनेता महतो अहिले आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी गठन गरेका छन् । सद्भावना पार्टी हुँदासम्म थापागाउँमा पार्टी कार्यालय र लोसपा हुँदा सम्पर्क कार्यालय सञ्चालन गरेका महतोले मुक्ति पार्टीको अध्यक्ष भएपछि शान्तिनगरमा कार्यालय सञ्चालन गरेका छन् ।राजधानीबाट साभार

शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.