• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

विद्या भण्डारीको ‘प्लान बी’: ईश्वर पोखरेललाई नेतृत्वमा अघि सार्ने

  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्ने निर्णय गरे पछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको राण्नीति निर्माणमा जुटेकी छिन् ।

आगामी २०–२३ भदौमा एमालेको विधान महाधिवेशन हुदैछ । विधान महाधिवेशनबाट आफूले खोजेजस्तै विधान हेरफेर गराउने रणनीति भण्डारीको छ । भण्डारीले ७० बर्षे उमेर हदबन्दी राख्नुपर्ने र पालिकादेखि केन्द्रसम्मको पदाधिकारीमा उही व्यक्ति उही पदमा तेस्रो कार्यकाल आउन नपाउने गरी पार्टीको विधान संशोधन चाहेकी छन् ।

तर अध्यक्ष ओली यसका विपरीत छन् । ओलीले उमेर हदबन्दी राख्न नहुने र एउटै पदमा तेस्रो कार्यकालका लागि पनि आउन मिल्ने पार्टी विधान खोजेका छन् ।

त्यसका लागि उनले पार्टीको केन्द्रीय कमिटीबाटै आफू अनुकूल विधान हुने गरी विधान मस्यौदा पारित गराइसकेका छन् । त्यसमा विधान महाधिवेशनबाट भण्डारीले हेरफेर खोजेकी छन् भने ओलीले जस्ताको त्यस्तै पारित गराउने रणनीतिमा छन् ।

गत बिहीबार काठमाडौंको थापागाउँ, नयाँबानेश्वरमा मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै एमाले पूर्वउपाध्यक्ष भण्डारीले अब त्यही कार्यालयबाट आफ्नो रणनीति अनुसार अगाडी बढिरहेकी छन् । भण्डारीलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्धय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सहितका नेताले साथ दिएका छन् ।

भण्डारी निकट नेताका अनुसार ओली रणनीति अनुसार भण्डारीले दोस्रो ‘प्लान बी’ को ’boutमा समेत छलफल थालेकी छन् । ११औँ महाधिवेशनबाट भण्डारी एमाले अध्यक्ष नहुने गरी रोक्ने र छेक्ने काम भयो भने उनले प्लान बी अनुसार काम गर्नेछिन् । भण्डारीको सदस्यता एमालेले नवीकरण नगरी रोकेको छ । उनको नवीकरण नभए वरिष्ठ उपाध्यक्ष पोखरेललाई अगाडी सार्ने रणनीति भण्डारीको छ ।

‘प्लान बी अनुसार सदस्यता नवीकरण रोक्ने, नवीकरण नगर्ने हो भने अगामी महाधिवेशनमा भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षमा प्रस्ताव गर्ने’boutमा समेत छलफल भइरहेको छ । पहिलो केपी कमरेडले के–के गर्नुहुन्छ त्यो हेरौँ, त्यसपछि प्लान बी अनुसार काम हुन्छ,’ भण्डारी निकट एक नेताले भने ।

यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको घोषणा भण्डारीले गरेकी थिइन् । पार्टीको संगठित सदस्यता नवीकरण गरिसकेर सक्रिय राजनीतिमा लागेपछि हालै बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता ‘होल्ड’ गर्दै राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको थियो ।

एमाले उपाध्यक्ष ज्ञवालीले पार्टीले पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराषट्रपति भण्डारीको सदस्यता नवीकरणलाई सदर गर्नुपर्ने जनाएका छन् । ‘विद्या भण्डारीको सदस्यता जो नवीकरण भएको छ, नवीकरण भएकोलाई सदर गर्नुपर्छ । उहाँ पार्टी सदस्य भएर क्रियाशील हुन्छु भन्दा क्रियाशील बनाउनुपर्छ । बरु, पार्टीले काम दिएर जिम्मा दिनुपर्छ,’ उपाध्यक्ष ज्ञवालीले भने ।

भण्डारीको सदस्यता नवीकरण विवाद समाधान गर्न सकिने बताउँदै उनले राष्ट्रपति बनाउने काम एमालेले नै गरेको बताए । भण्डारीले मनलाग्दी राजीनामा दिएर राष्ट्रपति हुन नगएको बताउँदै उनले भण्डारीको सदस्यता सक्रिय बनाउनुपर्ने बताए । ‘पार्टी जिम्मेवारीमा रहेका नेतालाई पार्टीले नै एउटा क्षेत्रमा काम गर्न पठाएपछि त्यहाँबाट फर्केर म पार्टीको काम गर्छु भन्दा पार्टीले जिम्मेवारी दिनुपर्ने हुन्छ,’ उनले भने ।

भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको कुरा एमाले पार्टी पंक्तिलाई थाहा भएको दाबी उनले गरे । ‘विद्या भण्डारीले सदस्यता नवीकरण गरेको कुरा सबैलाई थाहा थियो । हामी सबैलाई थाहा थियो । यो कुरा सचिवालय बैठकमा पनि भएको थियो,’ उनले भने ।

एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले भण्डारीको राजनीतिक सक्रियता नरोकिने स्पष्ट पारेका छन् । सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने आवश्यकतासमेत नभएको उनले बताए ।

‘विद्या भण्डारी राजनीतिमा अघि बढ्नुहुन्छ । हामी मृत्यु रोजेर, जेल रोजेर जनताको लागि लडेर अघि बढेका व्यक्ति हौँ, हिजो विद्या भण्डारीले राजनीति गर्दा कहाँ राष्ट्रपति बन्छु भन्ने थियो ? राजनीतिक काम गर्दा देश छोड्नुपर्ने हो र ? कसैले देश निकाला गर्छ ? नागरिकता खोस्न सक्छ कसैले ? अनि के हो त ?,’ थापाले भने ।

आफैले निर्माण गरेको पार्टी भएकोले एमालेमा भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाले बताए । ‘उहाँलाई इन्ट्री कसैले दिनुपर्दैन, जनताको बीचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो, यो त उहाँ आफैँले निर्माण गरेको पार्टी हो, यत्रो ठूलो जनमत छ । उहाँ अहिले एमालेमा हुनुहुन्छ । उहाँ एमालेको नेता हुनुहुन्छ । एमालेको जनजनले मन पराएको छ,’ उनले भने ।राजधानीबाट साभार

आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.