• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

एमाले विधान महाधिवेशनः विद्या समूहको फरक मतसहितको प्रतिवेदन

  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गोलबद्ध हुन थालेको पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीनिकट समूहले आसन्न विधान महाधिवेशनमा फरक मत पेस गर्ने तयारी थालेको छ ।

एमालेले विधान महाधिवेशनको नारा तय गरेलगत्तै भण्डारीको पक्षमा खुलेर लागेका नेताले भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न नमिल्ने भन्दै सदस्यता नवीकरण हुनुपर्नेसहितका विषय समेटेर फरक मत राख्ने तयारी गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेता विधान महाधिवेशनमा फरक मतसहित छुट्टै प्रतिवेदन पेस गर्ने तयारीमा जुटेका छन् ।

उनीहरूले प्रतिवेदनमा जनताको बहुदलीय जनवाद (जबज)को कार्यान्वयनका ’boutमा नेतृत्वको स्वेच्छाचारी र कमजोर पक्षलाई समेटेर अगाडि बढाउने तयारी गरेको बताएका छन् ।

भण्डारी समूहका नेताले पार्टीको विधानमा ७० वर्षे उमेरहद लागू गर्नुपर्ने, पालिकादेखि केन्द्रसम्मको पदाधिकारीको एउटै पदमा दुई कार्यकालभन्दा बढी आउन नपाउने व्यवस्था कायम गर्नुपर्ने अडानमा छन् । उही पदमा तेस्रो कार्यकालका लागि आउन नमिल्ने उनीहरूको अडान छ ।

भण्डारी पक्षका नेताहरूले विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटी बैठकमा लिखित प्रतिवेदन पेस गर्न पार्टी नेतृत्वमाथि दबाबसमेत बढाएका छन् । भण्डारीनिकट मानिने स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले यसअघि लिखित प्रतिवेदन नआएकाले अब केन्द्रीय कमिटीमा लिखित रूपमै पेस गरी छलफल हुनुपर्ने जनाएका छन् ।

‘यसअघि लिखित रूपमा आएन, लिखित रूपमै ल्याएर बैठकमा छलफल गरी विधान महाधिवेशनमा पेस हुने अपेक्षा छ, हामीले सबै प्रस्तावमा छलफल गरेर अगाडि बढ्नुपर्ने भन्दै आएका छौं,’ थापाले भने ।

भण्डारीले राजनीतिमा सक्रिय हुनबाट कसैले रोक्न नसक्ने भन्दै आफ्ना गतिविधिलाई तीव्रता दिँदै आएकी छन् । यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको घोषणा भण्डारीले गरेकी थिइन् । पार्टीको संगठित सदस्यता नवीकरण गरिसकेर सक्रिय राजनीतिमा लागेपछि एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता ‘होल्ड’ गर्दै राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको थियो । सो निर्णयको भण्डारीनिकटका नेताले विरोध गर्दै आएका छन् ।

महाधिवेशनको नारा तय
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विधान महाधिवेशनका लागि ‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्पः समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा तय गरेको छ । अगामी २० देखि २२ भदौमा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरमा तय भइसकेको छ । त्यसका लागि तयारी तीव्र पारिएको एमालेले जनाएको छ ।

विधान महाधिवेशनमा २ हजार ३ सय ७९ जना प्रतिनिधि सहभागी हुनेछन् । २०७८ मंसिरमा सम्पन्न १०औं महाधिवेशनमा सहभागी प्रतिनिधि नै विधान महाधिवेशनका प्रतिनिधि हुन् ।

२ हजार २ सय २४ जना प्रतिनिधि रहेकामा आयोजक कमिटीसमेत जोड्दा २ हजार ३ सय ७९ जना प्रतिनिधि पुगेको हो । मृत्यु भएका, पार्टी परित्याग गरेका र निलम्बनमा परेकाको प्रतिनिधिबाट नामावली हटाइएको छ । प्रतिनिधिको अद्यावधिक तथ्यांकअनुसार २९ जनाको नामावली हटाइएको छ ।

एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार विधान महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । प्रतिनिधिको टुंगोसहित अन्य आवश्यक तयारी तीव्र रूपमा अगाडि बढेको उनले बताए ।

गत ६ साउनमा बसेको केन्द्रीय कमिटी बैठकबाट पारित अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विधान मस्यौदा र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पारित भएको थियो । सोही प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयका ’boutमा प्रदेश र जिल्ला कमिटीबाट सुझाव माग गरिएको छ । प्राप्त सुझाव समावेश गरी विधान महाधिवेशनमा प्रतिवेदन पेस हुनेछ ।

ओली, पौडेल, पोखरेलसहितका नेताहरू प्राप्त सुझाव समावेश गरी प्रतिवेदन लेखनमा लागेका छन् । अगामी शुक्रबार (१३ भदौ)का लागि तय गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरेर छलफल गर्दै पारित गरेपछि विधान महाधिवेशनमा पेस हुनेछ ।

एमाले स्थायी कमिटीका सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रदेश र जिल्लाबाट प्राप्त सुझावलाई प्रतिवेदनमा समावेश गर्दै अन्तिम रूप दिनुपर्ने भएकाले बैठक स्थगित भएको जनाएका छन् । एमालेले यसअघि प्रदेश र जिल्लालाई १० भदौसम्ममा सुझावहरू लिखित रूपमै पेस गर्न निर्देशन गरेको थियो । प्राप्त सुझावहरूलाई प्रतिवेदनमा समावेश गरी केन्द्रीय कमिटीमा निर्णयार्थ पेस भएपछि विधान महाधिवेशनमा पेस हुन्छ ।

पार्टीको खर्चमा भात, आफ्नै खर्चमा बास
ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनका लागि तयारी तीव्र रूपमा अगाडि बढेको छ । यसअघि पहिलो विधान महाधिवेशनसमेत गोदावरीमै सम्पन्न भएको थियो । नेताहरूलाई विभिन्न कार्यका लागि पार्टीले जिम्मेवारी तोकेरै काममा लगाएको छ । पार्टीले विभिन्न समिति गठन गरेको छ ।

प्रचार तथा प्रकाशन उपसमितिको संयोजन राजेन्द्र गौतमले गरिरहेका छन् । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन, विनोद श्रेष्ठको नेतृत्वमा हल व्यवस्थापन तथा मञ्च व्यवस्थापन समिति बनेको छ ।

लालबाबु पण्डितको नेतृत्वमा अति आवश्यक आवास व्यवस्थापन समिति बनेको छ । यद्यपि, प्रतिनिधिलाई खानाको व्यवस्था भए पनि बस्ने व्यवस्था भने आफैं गर्नुपर्ने भनिएको छ । तर, बासको व्यवस्था आफैंले गर्न नसक्नेलाई पार्टीले व्यवस्थापन गर्नेछ ।

यसैगरी, भीष्म अधिकारीको नेतृत्वमा खाद्य व्यवस्था र केन्द्रीय सचिवालय व्यवस्थापन, कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन समिति, भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक व्यवस्थापन समिति र हेमराज राईको नेतृत्वमा सांस्कृतिक फाँटको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ । जिम्मेवारी तोकिएअनुसार काम तीव्र गतिमा अगाडि बढेको प्रचार विभाग प्रमुख गौतमले जनाएका छन् ।

गोदावरीको हल अनुगमनसहित सचिवालय, मञ्च व्यवस्थापनदेखि स्वयंसेवक परिचालनलगायतका ’boutमा कामहरू भइरहेको गौतमले जनाए ।

बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.