• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

मन्त्रीले नटेरेपछि सरकारबाट बाहिरिँदै दुई दल

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

काठमाडौं । पार्टीबाट सरकारमा पठाइएका मन्त्रीले फिर्ता हुन नमानेपछि दुईवटा मधेशवादी दल सरकारबाटै बाहिरिने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीले पार्टीलाई नटेरेपछि ती दल सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

जसपाबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाउने निर्णय पार्टीले गत शनिबार (७ भदौ)मा गरेको थियो ।

सोहीअनुसार त्यसको भोलिपल्ट ८ भदौमा जसपाले मन्त्रीद्वय साह र यादवलाई फिर्ता गरी पार्टीका सांसदद्वय डा. वीरेन्द्र महतोलाई खानेपानीमन्त्री र रञ्जु झालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीका लागि सिफारिस गरेको थियो ।

मन्त्रीद्वय साह र यादवलाई पार्टीले ११ भदौसम्ममा राजीनामा दिन निर्देशन दिएको थियो । तर, बिहीबार दुवै मन्त्रीले राजीनामा दिएका छैनन् । ‘हामीले दुवै मन्त्रीलाई ११ भदौभित्रमा राजीनामा गर्न भनेका थियौं, सोही ठाउँमा पार्टीका अर्का दुई सांसदलाई मन्त्री नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थियौं तर उहाँहरूले न राजीनामा दिनुभएको छ, न प्रधानमन्त्रीले हटाउनुभएको छ,’ जसपाका एक पदाधिकारीले राजधानीसंग भने, ‘त्यसैले हामी पार्टी निर्णयअनुसार सरकारलाई समर्थन राख्दै सरकारबाट बाहिरिन्छौं ।’

प्रधानमन्त्री ओलीलाई जसपा पदाधिकारी बैठकले गरेको निर्णयका ’boutमा जानकारी गराइसकेको छ । तर, मन्त्रीहरूले पार्टीलाई नै नटेरेपछि सरकारबाट बाहिरिनुपर्ने निचोडमा जसपा पुगेको हो । पदाधिकारी बैठकले नै यो निर्णय गरिसकेको छ । मन्त्रीलाई फिर्ता बोलाउने, पार्टीकै अर्का सांसदद्वय महतो र झालाई मन्त्रीका लागि सिफारिस गर्ने र ११ भदौभित्रमा मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने निर्णय जसपाले गरेको थियो ।

ओली नेतृत्वको सरकारमा साह र यादवलाई पठाउने बेलामै १ वर्षका लागि पठाएको थियो । उनीहरू १ वर्षभन्दा बढी सरकारमा सहभागी भइसकेका छन् । जसपाले दुई महिना अघिदेखि नै आफ्ना मन्त्री फिर्ता बोलाएर महतो र झालाई मन्त्री बनाउन खोजेको थियो ।

तर, प्रधानमन्त्री ओलीको आलटालले नयाँलाई सहभागिता गराउन ढिलाइ भएको जसपा नेताहरू बताउँछन् । ‘पछिल्लो समयसमेत भएका मन्त्रीलाई हटाउन र नयाँलाई सहभागी गराउने विषयमा प्रधानमन्त्रीले नै आलटाल गरिराख्नुभएको छ, अब यस्तै रहे मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई समर्थन मात्रै रहनेगरी समेत पार्टीले निर्णय गरेको छ,’ जसपाका एक नेताले भने ।

महन्थ ठाकुर नेतृत्वको लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री छन् । भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी लोसपाको छ । विगत तीन महिनादेखि मन्त्री हेरफेर गर्न लोसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसमक्ष हारगुहार गर्दैआएका छन् तर ओलीले राई र ठाकुर कसैको कुरा नसुनी उनीहरूको पार्टीमा खेल्न खोजेको समेत आरोप नेताहरू लगाउने गरेका छन् ।

ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले) सहित अशोक राई नेतृत्वको जसपा, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सहभागी छ । जनमतले सरकारलाई समर्थन गरे पनि संघीय सरकारमा सहभागी छैन । यद्यपि, जनमतले मधेश प्रदेशमा मुख्यमन्त्री पाएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसपाले सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी थिएन ।राजधानीबाट साभार

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.