• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

नेपालले खोज्यो पेट्रोलियम उत्पादनमा पनि चिनियाँ सहयोग

  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित

सुर्खेत । नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा भेटिएको प्राकृतिक (मिथेन) ग्यासको परीक्षण उत्पादनमा सहयोग गर्न चिनियाँ समक्ष आग्रह गरेको छ । पेट्रोलियम अन्वेषणमा सहयोग गरिरहेको चीनलाई उत्पादन कार्यमा पनि आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरिएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।

परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले सरकारले पठाएको पत्रको जवाफ आइनसकेको जानकारी दिए । ‘हामीले पत्राचार गरेको करिब दुई महिना जति भयो, कुनै रेस्पोन्स आएको छैन्, उनले भने, ‘डिसेम्बरसम्म अन्तिम रिर्पोट पठाउने कुरा छ, त्यतिबेलासम्म यसपछिको पेट्रोलियम कार्यमा सहयोग गर्ने÷नगर्ने कुराको पनि टुंगो लागिसक्छ ।’

दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम अन्वेषण गरिरहेको चिनियाँ सरकारी कम्पनीले उक्त क्षेत्रमा ११२ अर्ब घनमिटर मिथेन नामक प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिर्पोट पठाएको थियो । उक्त रिर्पोटबाट उत्साही नेपालले परीक्षण उत्पादनका लागि पूर्वतयारीमा जुटेको हो । रिर्पोट प्राप्त गरेलगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भूगर्भ विभाग र पेट्रोलियम अन्वेषण परियोजनाको टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरभित्र परीक्षण उत्पादन कार्यको पूर्वतयारी सक्न निर्देशन दिएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको उत्पादन, प्रशोधन र ढुवानीका लागि आर्थिक, प्राविधिक र कानुनी पक्ष’bout अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । उक्त समितिले परीक्षण उत्पादन कार्य कसरी अघि बढाउने भन्ने’bout सरकारलाई दिशानिर्देश गर्ने बताइएको छ । नेपालमा ड्रिलिङ विधिबाट पहिलोपटक अन्वेषण गरी सफलता प्राप्त गरेको यो पहिलो हो । अन्वेषण पश्चात् उत्पादन गर्न लागिएको यो नौलो कार्य भएकाले सरकारी निकायहरु अलमलमा छन् ।

‘पेट्रोलियम अन्वेषणमा जस्तै उत्पादनमा पनि आर्थिक र प्राविधिक सहयोग गर्न नेपाल सरकारले पत्र पठाएको छ, चिनियाँ पक्षबाट कुनै जवाफ प्राप्त भएको छैन्, अन्तिम रिर्पोट आउने बेलासम्म यसको पनि रेस्पोन्स आउला’– प्रकाश लुइँटेल, सूचना अधिकारी, पेट्रोलियम अन्वेषण परियोजना

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काले नेपालको पेट्रोलियम उत्पादनमा अनुभव नभएकाले समग्र पक्षहरुको अध्ययन पश्चात परीक्षण उत्पादन थालिने बताए । उनका अनुसार पेट्रोलियम ऐन, २०४० र पेट्रोलियम नियमावली अन्तर्गत रहेर परीक्षण उत्पादन कार्य अघि बढाइनेछ । ‘उत्पादन गर्नलाई यही कानुन पर्याप्त छ, उनले भने, ‘कानुनी समस्या भोग्नुपर्छ जस्तो लाग्दैन् ।’ अन्तिम रिर्पोट प्राप्त भएपछि विस्तृत डिजाइन, प्रशोधन प्लान्ट, ढुवानी र वितरणको मोडालिटी तय गरी सोही अनुसारको पूर्वाधार बनाउने काम सुरु हुने खड्काको भनाई छ ।

चिनियाँ सरकारको पूर्ण अनुदानमा पेट्रोलियम अन्वेषणसम्बन्धी कार्यहरु तीन चरणमा अघि बढाइएको थियो । पहिलो चरणमा विस्तृत सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिलिङ कार्य गरिएको थियो । चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सीजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले २०८१ बैशाख २८ देखि ड्रिलिङको काम शुरु गरेको थियो । २०८१ पुसमा चार हजार १३ मिटर ड्रिलिङ पश्चात् चट्टान, ग्यास, पानी, माटो लगायतका नमूनाहरु प्रयोगशाला परीक्षणका लागि चीन पठाइएको थियो । तेस्रो चरणमा प्राविधिक नतिजा विश्लेषण अथार्त भौर्गभिक सूचना, प्रयोगशाला रिर्पोटसहितको निश्कर्ष प्रतिवेदनका कामहरु पर्दछन् । हाल तेस्रो चरणको काम भइरहेको छ । जुन अन्तिम चरणमा पुगेको छ ।

२०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख थियो । नेपालको विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना रहेको भनिएपनि उत्खनन्को प्रयास भएको थिएन । नेपाल–चीनबीच बेइजिङमा भएको उक्त सम्झौता अनुसार नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननसम्बन्धी सम्झौता भएको थियो ।

दैलेखको ज्वाला क्षेत्रबाट चिनियाँ प्राविधिक टोलीले २०७२ चैतदेखि नमूना संकलन कार्यको थालनी गरेको थियो । प्रारम्भिक अन्वेषणमा नेपाली र चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान, नाभिस्थान क्षेत्रमा बलिरहेको, बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । खानी तथा भूगर्भ विभागले दैलेखको पञ्चकोशी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थ’bout सम्भाव्यता अध्ययन थालेको पनि वर्षांै भइसकेको थियो । तर काम अघि बढ्न सकेको थिएन ।

जलजलेमा चहलपहल
मिथेन ग्यास भेटिएको क्षेत्र धार्मिक, पर्यटकीय महत्वको क्षेत्र हो । जहाँ शिरस्थान, नाभिस्थान लगायतका मन्दिरहरु छन् । त्यहाँका मन्दिर, खोला किनारमा अहिले पनि आगोको ज्वाला बलिरहेको छ । शिरस्थान आसपासमा बगिरहेको पानीमा आगो सल्काउँदासमेत बल्छ । पेट्रोलियम अन्वेषण परियोजना सञ्चालनमा आएपछि त्यहाँ मानिसहरुको चहलपहल बढेको छ । अहिले ग्यास भेटिएको पुष्टि भएपछि त्यस क्षेत्रमा व्यापारिक लगानीको सम्भावना बढेको छ । स्थानीयले चियापसल, होटलहरु सञ्चालनमा ल्याउन थालेका छन् । शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले केही समय अघि जलजलेमा प्रहरी चौकी स्थापना गरेको छ ।

त्यस्तै जलजलेमा अवलोकन भ्रमणमा आउनेहरुको संख्या पनि उत्तिकै छ । ‘देशका विभिन्न स्थानबाट जलजलेमा आउने क्रम बढ्दो छ, सदरमुकाम दैलेखबजारस्थित पार्कइन होटलका सञ्चालक बासना थापाले भनिन्, ‘यो परियोजना अघि बढेमा दैलेखको मात्र नभई सिंगो मुलुकको आर्थिक विकासमा कोशेढुंगा साबित हुनेछ ।’

शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.