• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

गहकिला माला : चाप्लुसीको होड, ‘राजनेता’को ढोंग

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

काठमाडौं । १८ असोज २०७८ मा राष्ट्रपतिका हैसियतमा विद्यादेवी भण्डारीले काठमाडौंको चन्द्रागिरि मन्दिरमा पूजा गर्न जाँदा आफै छाता ओढेको तस्बिर लामो समय चर्चामा रह्यो । तस्बिर सार्वजनिक भएपछि भण्डारीको सरल व्यवहारको चर्चा देशभर चुलियो ।

दुई कार्यकाल राष्ट्रपति भएर बिदा भएपछि राजनीतिमा सक्रिय हुने घोषणा गरेकी भण्डारीको शालीन व्यक्तित्वको चर्चा फेरि चुलियो– पूर्वराष्ट्रपतिका हैसियतमा पाएको सेवा सुविधा नलिने घोषणा गरेर ।

यो घोषणाको दुई महिना नपुग्दै शनिबार बाराको सिमरा पुगेकी भण्डारीले विगतका आफ्ना सरलता र शालीन व्यक्तित्व बिर्साउने गरी ५१ किलोको माला स्वीकार गरेर जनता निराश पार्ने यात्रा सुरु गरेकी छन् ।

कार्यकर्तालाई छाता ओढाउन लगाउने, जुत्ता बोकाउने, गहकिला माला लगाउनेजस्ता संस्कारलाई सर्वसाधारणले ‘नेपाली राजनीतिको विकृत, सामन्त र चाकडी संस्कृति’का रूपमा बुझ्ने गरेका छन् । एमाले नेतृत्वसँग टक्कर लिइरहेकी भण्डारीले तराई झरेर किन यो संस्कृतिको मलजल गर्न खोजिन् भन्ने प्रश्नले भने एकपटक नेपाली राजनीति पुनः गर्माउन सक्ने देखिएको छ ।

भण्डारीलाई एमालेका कार्यकर्ताहरूले शनिबार सिमरामा ५१ किलोको मालाले अभिनन्दन गरे ।

राष्ट्रपतिको रूपमा दुई कार्यकाल पूरा गरेर फेरि एमाले नेतृत्वमा जान भण्डारीले दौडधुप गरिरहेको बेला यो मालासहितको अभिनन्दन विद्याप्रतिको क्रेजको प्रचार गर्न कार्यकर्ताहरूले गरेको प्रचार रणनीतिको रूपमा लिइएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली चीन उडेकै दिन भण्डारी तराई झर्दा भएको सम्मानले राजनीतिक अर्थ दिएको ओलीइतर एमालेसहित राजनीतिक वृत्तमा चर्चा छ । ओली तराईमा कम रुचाइन्छन् र एमाले पंक्ति मात्र नभई बाम आन्दोलनमा विद्या साझा नाम हुन सक्छ भन्दै चर्चा चलिरहँदा मूलधारको विचार भन्दा मधेसवादी दलहरूको प्रभाव रहेको तराईमा विद्याको अभिनन्दनले राजनीति गर्माएको छ ।

राष्ट्रपतिको रूपमा बहाल रहँदा सप्तरीको छिन्नमस्ता मन्दिरमा सांस्कृतिक परम्पराअनुसार खोलिएको जुत्तालाई सुरक्षा प्रोटोकलअनुसार सहयोगीले बोकिदिएपछि आलोचित भएकी भण्डारीले २०७८ असोज १८ गते चन्द्रागिरि मन्दिरमा पूजा गर्न जाँदा आफैँ छाता ओढेकी थिइन् ।

भण्डारीले सिमरा पुगेर माला लगाएकै दिन जनकपुरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि कार्यकर्ताहरुले ५१ किलोको माला लगाइदिएका छन् । माला मोह राख्ने कम नेतामध्येमा यादव पनि पर्छन् ।

जेलबाट निस्कँदा १११ किलोको माला
२०७० साल भदौ २४ गते पूर्वगृहमन्त्री खुमबहादुर खड्का भ्रष्टाचार मुद्दामा डेढ वर्ष जेल र झन्डै एक करोड रुपैयाँ जरिमाना तिरेर निस्कँदा कार्यकर्ताहरूले १ सय ११ किलोको माला लगाइदिएर अभिनन्दन गरेका थिए ।

१०१ किलो भिरेका पूर्वप्रदेशप्रमुख जेलमा
२०७७ फागुन ९ मा मधेस प्रदेश प्रमुख भएपछि डा. राजेश अहिराजलाई जनकपुरमा १०१ किलोको माला लगाइदिएर स्वागत गरिएको थियो । पार्टी परिवर्तन गर्दै ‘एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रभावित पारेर प्रदेश प्रमुख भएको’ आरोप खेपेका अहिराज अहिले बलात्कार मुद्दामा पुर्पक्ष लागि थुनामा छन् ।

प्रचण्ड र ओलीको पनि गहकिला माला
२०८० माघ २५ मा रौतहटको गरुडामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १०१ किलोको माला लगाएर स्वागत गरिएको थियो । एमाले र ओलीलाई मधेसविरोधी भन्दै चित्रण गरिएको बेला ओलीको लोकप्रियताको सन्देश दिन यस्तो गरिएको नेताहरू बताउँछन् ।

२०७२ माघ ९ मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मकवानपुरमा ४९ किलोको माला लगाएर स्वागत गरियो । पुँजीवादको विरोध गर्दै चर्को भाषण गर्ने गरेका प्रचण्डलाई निजी क्षेत्रका व्यापारीहरूले यो गहकिलो माला लगाइदिएका थिए ।

पुराना पुस्ताका नेताहरू मात्र होइन राजनीतिमा नयाँ शैली र नयाँ जोसको कुरा गर्दै आएका नेताहरू पनि यस्तै गहकिला मालाको होडमा जोडिएका छन् । नेपाली कांग्रेसका युवा नेता महामन्त्री गगन थापा स्वास्थ्यमन्त्री भएका बेला २०७३ असोजमा कार्यकर्ताले नेपालगन्जमा ५१ किलोको मालाले स्वागत गरेका थिए ।

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.