• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

कार्यकर्तालाई झोला, ‘विज्ञ’लाई टिकट

  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाको गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार भएका थापाले रास्वपाको नियमित गतिविधिमा खटिएका र भूगोलमा भिजेका नेताहरूलाई पाखा लगाएर टिकट हात पारे ।

दलका चुनावी रणनीति

नियमित घण्टी बोकेर जनताका साथमा भएका कार्यकर्तालाई पाखा लगाएर विज्ञता र भिजन परीक्षण भन्दै अर्कै पार्टीको बन्दसूचीमा भएका र न्युरोलोजी डाक्टर थापालाई उम्मेदवार बनाएपछि नयाँ भनिने पार्टीहरूमा पनि पुरानै रोग देखिएको भन्दै उम्मेदवारको दौडमा रहेका र भूगोलमा खटिएका कार्यकर्तामा निराशा देखिएको छ ।

निर्वाचन जित्ने रणनीतिका नाममा नियमित जिम्मेवारीमा खट्ने कार्यकर्तालाई पाखा लगाएर ‘विशेष क्षमता’का नाममा नेतृत्वले आफ्नो रुचि र स्वार्थका व्यक्तिलाई टिकट दिने राजनीतिको पुरानै रोग हो ।

राष्ट्रिय राजनीतिमा लामो विरासत भएका नेपाली कांग्रेस र नेकपा एमालेमा त यो संस्थागत नै भइसकेको छ । एमाले र कांग्रेसले निर्वाचन जित्ने रणनीतिका नाममा भूगोलमा खट्ने कार्यकर्तालाई निर्वाचनका बेलामा झन्डा र पर्चा बोक्ने झोले बनाउँदै विशेष क्षमताका नाममा व्यवसायी, कर्मचारी, शिक्षक र बाहिरबाट नेता खटाउने गरेको आरोप झेलिरहेका छन् ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा अत्यधिक सिट जितेको एमालेले अधिकांश ठाउँमा गाउँका लोकप्रिय शिक्षकलाई राजीनामा गराएर उम्मेदवार बनाएको थियो । एमालेले २०५४ सालमा लिएको निर्वाचन जित्ने रणनीति पछिल्ला समय हरेक पार्टीले भिन्न शैलीमा प्रयोग गरिरहेका छन् । रास्वपाले रूपन्देहीमा उम्मेदवार छनोटमा लिएको रणनीति त्यसैको अद्यावधिक रूप हो ।

नियमित जिम्मेवारीमा खट्ने कार्यकर्तालाई पाखा लगाएर ‘विशेष क्षमता’का नाममा नेतृत्वले आफ्नो रुचि र स्वार्थका व्यक्तिलाई टिकट दिने राजनीतिको पुरानै रोग हो

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लोकप्रियताका नाममा उम्मेदवार बाहिरबाट ल्याउने र भूगोल भिजेका कार्यकर्तालाई झोले मात्रै बनाउने काम २०७४ र २०७९ सालको तीनै तहको निर्वाचनमा देखिएको छ ।

२०५४ सालकै सिको गरेर एमालेले सबैभन्दा धेरै शिक्षकलाई २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका र नगरपालिकाको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको उम्मेदवार बनाएको थियो । यसको निरन्तरता २०७९ सालको निर्वाचनमा पनि एमाले र कांग्रेससँगै माओवादीले पनि पूर्वकर्मचारी, पूर्वशिक्षक तथा कतिपय बहालवालालाई नै राजीनामा गराएर उम्मेदवार बनाउनेसम्मका काम भए ।

पैसावाल र लोकप्रिय खोज्दै टिकट दिँदै निर्वाचन जित्नका लागि भन्दै दलहरूले व्यवसायी, पैसावाल र सेलिब्रेटीलाई टिकट दिने गरेका छन् । एमालेले स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकामा मधेशी जनअधिकार फोरमबाट निर्वाचन जितेका विजय सरावगीलाई पार्टी प्रवेश गराएर २०७९ सालको निर्वाचनमा टिकट दियो ।

यस्तै, विवादित व्यापारी पशुपति दयाल मिश्रलाई नेपालगन्ज उपमहानगरको टिकट दियो । भूगोलमा भिजेका कार्यकर्तालाई पाखा लगाएर नेतृत्वको स्वार्थमा पैसावाललाई टिकट दिएको भन्दै स्थानीय नेता कार्यकर्ताले अन्यत्रै मत दिए । यसले निर्वाचन हारेसँगै झन् संगठन कमजोर भएको भूगोलमा कार्यरत नेता कार्यकर्ता बताउँछन् ।

संविधानसभामा एमालेको समानुपातिक कोटाबाट सांसद भएका विनोद चौधरीलाई नेपाली कांग्रेसले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट प्रत्यक्ष उम्मेदवार बन्न टिकट दियो । नियमित रूपमा पार्टीको झोला बोकेका कार्यकर्तालाई पाखा लगाएर नेकपा एमालेको सूर्य चिह्न लिएर २०७४ सालको निर्वाचनमा हृदयेश त्रिपाठीलाई जिताएपछि यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले पनि कार्यकर्तालाई साइड लगाएर विनोद चौधरीलाई टिकट दिएर जितायो । नियमित राजनीति गरिरहेका कार्यकर्ताको निरन्तरता, त्याग र आस्थाभन्दा भिन्न क्षमताका रूपमा उद्योगपति चौधरीले निकट हात पारे ।

नेपाल प्रहरीको २६औं महानिरीक्षक सर्वेन्द्र खनाल ६ असोज २०७९ मा नेकपा एमाले प्रवेश गरेर काठमाडौं ६ बाट टिकट पाए । यहाँ स्थानीय नेता कार्यकर्तालाई जहिल्यै झोला मात्रै बोकाएर कहिले ताप्लेजुङका योगेश भट्टराईलाई टिकट दिने कहिले वाम गठबन्धनका नाममा झक्कु सुवेदीलाई दिने गरेर स्थानीय नेतृत्व विकास हुन नदिएको झोकमा एमाले नेता कार्यकर्ता बिच्किएर रास्वपालाई निर्वाचन जिताइदिए ।

‘टिकट दिँदा आफ्नो गुटको पक्का नभए अन्यत्रबाट मान्छे खोजेर ल्याउने परिपाटीले स्थानीय नेतृत्व विकास हुन पाएन, हामी त बाटो देखाउने, सिठी बजाउने र ताली पड्काउने मात्रै भयौं,’ रास्वपामा मतदान गरेका एमालेका क्षेत्रीय कमिटीका एक पदाधिकारी भन्छन् ।

स्थानीय नेता कार्यकर्तालाई उपेक्षा गरेर ल्याइएपछि पराजय व्यहोरेका खनाललाई एमालेले फेरि २०८० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनायो । नेपाली कांग्रेसले चितवनको १ र २ मा क्रमशः विश्व पौडेल र उमेश श्रेष्ठलाई टिकट दियो । राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि कांग्रेस सरकारमा हुँदा विभिन्न लाभका जिम्मेवारीमा पुगेका विश्व पौडेललाई टिकट दिएर भूगोलमा भिजेका कार्यकर्तालाई घरदैलो कार्यक्रममा बाटो देखाउने र झन्डा, पर्चाका झोला बोकाउने जिम्मेवारी मात्र दिइएको भन्दै अहिलेसम्म कार्यकर्ता असन्तुष्ट छन् ।

नेकपा माओवादीले स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा २०८१ मंसिरमा प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनायो । माओवादीसँग लामै समयदेखि वैचारिक निकटता भएता पनि त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका महर्जन पूर्णकालीन राजनीतिज्ञ थिएनन् । एमालेबाट इटहरीको नगरप्रमुख जितेका द्वारिकालाल चौधरीलाई पार्टी प्रवेश गराएर माओवादीले सुनसरी २(क)मा टिकट दियो तर चौधरीले निर्वाचन जितेनन् ।राजधानीबाट साभार

मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.