• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

नेकपा मोडलमै एकता गर्दै प्रचण्ड–माधव

  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट दलहरू एकीकृत पार्टीको नेतृत्व, संगठन संरचना र सैद्धान्तिक कार्यदिशा निर्माणको अन्तिम गृहकार्यमा जुटेका छन् ।

समाजवादी मोर्चाका नाममा सहकार्य गरिरहेका वाम दलहरूबीच संधिवान दिवसको दिन (३ असोज)मा पार्टी एकता गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका बीचमा पार्टी एकताका लागि छलफल भइरहेको छ । यी दलबीच मोहनविक्रम सिंह, मोहन वैद्य, धर्मेन्द्र बास्तोला नेतृत्वका वाम दलहरूलाई समेत सहभागी गराउने गृहकार्य पनि जारी छ ।

एमाले र माओवादी केन्द्रका बीचमा यसअघि पार्टी एकता भई गठन भएको तत्कालीन नेकपा मोडेलमा पार्टी एकता गर्ने सहमति भइसकेको छ । दलहरूका बीचमा पार्टी एकतापछि दुई अध्यक्ष, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तत्कालीन नेकपा मोडेलमा हुनेछ । कमिटीमा हुने सदस्यहरूको संख्या भने पहिलाभन्दा बढ्नेछ ।

– दुई अध्यक्ष रहने, आलोपालो नेतृत्व

– ९ देखि ११ सदस्यीय सचिवालय

– केन्द्रीय कमिटीको आकार बढ्ने

– सुदूरपश्चिम, बागमती र कोशीमा माओवादी नेतृत्व

– मधेश र गण्डकीमा एकीकृत समाजवादीको नेतृत्व

– कर्णाली र लुम्बिनीमा विप्लवको नेतृत्व

– जबज कि जनवादको टुंगो महाधिवेशनबाट

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै एकीकृत पार्टीको अध्यक्ष रहनेमा नेताहरू सहमत छन् । एकीकृत पार्टी बैठकको अध्यक्षता आलोपालो दुवै अध्यक्षले गर्नेछन् । सचिवालय ९ वा ११ सदस्यीय बनाइनेछ । स्थायी कमिटी र केन्द्रीय कमिटीको संख्या बढ्नेछ । विभिन्न पार्टीका बीचमा एकता हुन लागेकाले सो कमिटीमा रहने सदस्यको संख्या बढ्नसक्ने नेताहरूले बताएका छन् ।

शीर्ष नेताहरूका बीचमा भएको सहमतिअनुसार विभिन्न प्रदेशको नेतृत्वका ’boutमा समेत प्रारम्भिक भागबन्डा भइसकेको छ । सुदूरपश्चिम, बागमती र कोशी प्रदेशमा माओवादी केन्द्र, मधेश र गण्डकी प्रदेशमा एकीकृत समाजवादी र कर्णाली तथा लुम्बिनी प्रदेशमा नेकपा (विप्लव) नेतृत्वको दलले नेतृत्व पाउने विषयमा लगभग सहमति जुटिसकेको नेताहरूको दाबी छ ।

संविधान दिवस (३ असोज)मा पार्टी एकताको घोषणा गर्ने तयारीमा नेताहरू छन् । त्यसका लागि राष्ट्रिय सभा वा नेपाल प्रज्ञा प्रतिष्ठानको हल बुक गर्नका लागि एकीकृत समाजवादीका नेतालाई जिम्मेवारी दिइएको छ ।

एकीकृत पार्टीको एकता महाधिवेशन नभएसम्म जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई पार्टीको वैचारिक कार्यदिशा मानेर जाने सहमति जुटेको छ । यसअघि नेकपामा पनि यस्तै सहमति भएको थियो । यस्तै, एकीकृत पार्टीको नाम पनि नेकपा नै राख्नेमा नेताहरू सहमत छन् ।

पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद र एकीकृत समाजवादीले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अवलम्बन गरिआएको ‘माओवाद र २१औं शताब्दीमा जनवाद’सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गर्दै आवश्यक परिमार्जन र विकास गर्ने भन्नेमा नेताहरू सहमत छन् । यसलाई एकीकरणपछिको महाधिवेशनबाट टुंगो लगाइने नेताहरूको भनाइ छ ।

प्रचण्ड र गुरुङ पुगे समाजवादी मुख्यालय
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङ एकीकृत समाजवादीको केन्द्रीय कार्यालय (मुख्यालय) आलोकनगरमा पुगेका छन् । मंगलबार एकीकृत समाजवादीको कार्यालयमा पुगेर अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले पार्टी एकताका विविध पक्षका ’boutमा छलफल गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता वामदेव गौतम, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव रामकुमार भट्टराईसहितका नेताहरू छलफलमा सहभागी थिए ।

छलफलमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरूका साथै मोर्चामा नरहेका वामपन्थी दलहरूका बीचमा बृहत् बाम एकताको पक्षमा आफूहरू रहेको बताए ।

समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने ’boutमा पनि छलफल भएको छ । विगतमा सहकार्य एवं मोर्चाबन्दी गर्दा देखिएका समस्यालाई समाधान गर्दै कसरी एकजुट भएर अघि बढ्न सकिन्छ भन्ने ’boutमा छलफल केन्द्रित रहेको भट्टराईले बताए ।

एकीकृत समाजवादीका नेता ताज मोहम्मद मियाँले समाजवादी मोर्चाबाहेक मोर्चाबाहिर रहेका अन्य साना वामपन्थी दलका बीचमा एकताको विकल्प नभएको बताए । पार्टी एकताका ’boutमा शीर्ष नेताहरूका बीचमा छलफल भइरहेको पुष्टि गर्दै उनले पार्टी एकतालाई छिट्टै टुंगो लगाउनेगरी गृहकार्य भइरहेको बताए ।

सोही सिलसिलामा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरूका बीचमा विगतमा सहकार्य गर्दै निर्वाचनमा होमिँदा देखिएका समस्या र अगामी दिनमा सम्बन्ध थप बलियो बनाउनेगरी पार्टी एकता गर्ने ’boutमा छलफल केन्द्रित भएको बताए ।

माओवादी केन्द्रका महासचिव गुरुङले पार्टीहरूका बीचमा पार्टीका गतिविधिका ’boutमा विविध पक्षमा केन्द्रित भई छलफल हुँदैआएको बताए । विगतमा पनि आफूहरू छलफल गर्दै आएको र आउने दिनमा पनि छलफल जारी नै रहने बताउँदै उनले समाजवादी मोर्चालाई अझै बलियो र प्रभावकारी बनाउँदै एकीकृत हुँदै अगाडि बढ्ने ’boutमा छलफल चलिरहेको बताए ।

झलनाथ र घनश्याम अनुपस्थित
पार्टी एकताजस्तो महत्वपूर्ण विषयमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा छलफल हुँदैगर्दा सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषालसहितका नेताहरू भने अनुपस्थित छन् । खनाल र भुषालनिकटका नेताहरू पार्टी एकताको विपक्षमा उभिँदै आएको चर्चा भइरहेको छ । तर नेपाल, प्रचण्डसहितका नेताले पार्टी एकतालाई टुंगोमा पु¥याउनेगरी अघि बढेका छन् ।

एमाले महाधिवेशनअघि सचिवालय मात्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बस्नेगरी बैठक बोलाइएको छ । यसअघि १३ भदौमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्दै एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

यही २० देखि २२ भदौमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदै छ । त्यसभन्दा अघि केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने भए पनि समय अभावका कारण बस्न नसक्दा सचिवालय बैठक बोलाइएको हो ।

एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनको तयारीलगायतका विषयमा बैठकमा छलफल हुनेछ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट बुधबार (आज) फर्किंदै छन् ।

सचिवालय बैठकमा विधान महाधिवेशन र महाधिवेशनमा पेस हुने विभिन्न दस्तावेज’bout छलफल हुनेछ । महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने तय भएको छ । अहिले एमालेले विधान संशोधनका लागि तल्लो तहबाट सुझाव संकलन गरेको छ । ती विषयलाई समेत प्रतिवेदनमा समावेश गरेर सचिवालयले पारित गरेपछि विधान महाधिवेशनमा पेस हुनेछ ।

तर, एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पक्षधर नेताहरूले भने महाधिवेशनअघि केन्द्रीय कमिटी बैठक बसेर भण्डारीको सदस्यता’bout छलफल गर्नुपर्ने अडान राख्दै आएका थिए ।

अब उनीहरूले यो विषय सचिवालय बैठकमा पनि उठाउने तयारी गरेका छन् । सचिवालयमा सुनुवाइ नभए महाधिवेशनमा फरक मत राख्ने तयारी असन्तुष्ट पक्षको छ ।राजधानीबाट साभार

बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.