बैशाख ३१ ,भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर–१ को ३०० मतगणना सकिएको छ ।३०० मत गन्दा ५ दलिय गठबन्धन उमेदवार रेनु दाहालको अग्रता देखिएको छ । रेनुले ११६ मत पाएकी छन् ।
त्यस्तै एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले११० मत पाएका छन् ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको ३५ मत आएको छ ।
भरतपुर महानगरको २९ वडा बाट कुल मत १,२७,५६५ खसेको छ । वडा न १ कुल मतदाता संख्या ५०७४ रहेकोमा ३२७६ खसेको थियो ।
भरतपुर महानगरपालिका ३०० मतको मत परिणाम
मेयर पद
रेनु दाहाल : ११६
विजय सुवेदी : ११०
जगन्नाथ पौडेलः ३५
उप मेयर पद
चित्रसेन अधिकारी :१३६
हिमला गुरुङ: ८०
तपाईको प्रतिक्रिया


