• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

बैंक तथा वित्तीय संस्थामा थुप्रियो १६ खर्ब ४९ अर्ब

  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा ७२ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन भइ ५६ खर्ब ८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मे हम्मे पर्न थालेको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७६ प्रतिशतमा र अन्तर बैंक कर्जा दर २ दशमलव ७५ प्रतिशतमा झरेपछि तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले तरलता प्रशोचन गरेको छ ।

अल्पकालीन ब्याजदर घट्नु, ऋण लगानी स्थिर रहनु र निक्षेप तीव्रगतिमा बढ्नु मौद्रिक असन्तुलनको संकेत हो । राष्ट्र बैंकले यस्ता असन्तुलनलाई रोक्न मौद्रिक औजारको सक्रिय प्रयोग थालेको छ

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न नसक्दा उक्त रकम निष्क्रिय बन्न पुगेको तथ्यांक आएपछि तरलता प्रशोचन गर्ने गर्छ ।

बैंकहरुले कर्जा लगानी गर्न नसकेपछि सरकारी ऋणपत्र, विशेषगरी ट्रेजरी बिलमा बैंकहरूको प्रतिस्पर्धा बढेको छ । यही मौकामा सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले पनि आन्तरिक ऋण उठाउन प्रतिस्पर्धा गराएको छ ।

अल्पकालीन ब्याजदर घट्नु, ऋण लगानी स्थिर रहनु र निक्षेप तीव्रगतिमा बढ्नु मौद्रिक असन्तुलनको संकेत हो । राष्ट्र बैंकले यस्ता असन्तुलनलाई रोक्न मौद्रिक औजारको सक्रिय प्रयोग थालेको छ ।

नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिलाई प्रभावकारी बनाउन र बजारमा देखिएको अधिक तरलतालाई व्यवस्थित गर्न निक्षेप संकलन उपकरण र ट्रेजरी बिलको नवीकरणलाई प्राथमिकता दिएको छ । यसले अल्पकालीन ब्याजदरलाई करिडोर भित्र राख्ने मात्र नभई वित्तीय प्रणालीमा स्थिरता कायम गर्ने अपेक्षा गरिएको छ ।

‘अधिक तरलता’ नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले भदौ १५ मा ५५ अर्ब निक्षेप संकलन गरेको ३ दिनपछि नै भदौ १८ मा पुनः ५० अर्बको निक्षेप तानेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले ८ अर्बको ट्रेजरी बिल नवीकरण गरेको ३ दिनमै अर्थात भदौ १८ मा १० अर्बको विकास ऋणपत्र जारी गरेको छ । ९ वर्षका लागि १० अर्बको विकास ऋणपत्रमा पनि प्रतिस्पर्धा भएको थियो ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप आकाशिँदै गए पनि ऋण लगानी विस्तार हुन नसक्दा ठूलो मात्रामा ‘निष्क्रिय पैसा’ बैंकिङ प्रणालीभित्र थन्किएको छ। यसले गर्दा अल्पकालीन ब्याजदरहरू करिडोरको तल्लो सीमातिर झर्न थालेका छन्। मौद्रिक नीतिको प्रभावकारिता कमजोर हुने चिन्ता बढेपछि नेपाल राष्ट्र बैंकले ‘अधिक तरलता व्यवस्थापन’लाई प्राथमिकतामा राख्दै मौद्रिक उपकरणको प्रयोग तीव्र बनाएको छ ।

राष्ट्र बैंकले ५५ अर्ब र ५० रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरकेो हो । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले ८ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरे लगत्तै १० अर्बको विकास ऋणपत्रका लागि बोलकबोल गरेको हो । यी दुई प्रमुख कदमले बजारमा उपलब्ध अतिरिक्त तरलतालाई तानेर ब्याजदरलाई वाञ्छित दायराभित्र राख्ने उद्देश्य लिएको छ ।

राष्ट्र बैंकले २१ दिन अवधिको लागि ५५ अर्ब र ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दा न्यूनतम बोली १० करोड रुपैयाँ राखिएको थियो ।

राष्ट्र बैंकले यसलाई अनिवार्य नगद मौज्दात ( सिआरआर) मा गणना गर्न नपाइने तर वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा गणना गर्न सकिने व्यवस्था गरेको छ। यति मात्र होइन, यो उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने प्रावधानसमेत राखिएको छ ।

हाल अन्तरबैंक ब्याजदर लगातार करिडोरको तल्लो सीमाभन्दा तल झर्दै आएको छ। मौद्रिक नीतिको सन्देश कमजोर हुने खतरा देखिएपछि राष्ट्र बैंकले बारम्बार निक्षेप संकलन र ट्रेजरी बिलमार्फत पैसा तान्दै आएको हो ।

हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा जम्मा निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । तर, अर्थतन्त्रमा पूँजीगत खर्च सुस्त हुनु, निजी क्षेत्रको लगानी उत्साहजनक नहुनु र आयात निर्यात दुवै पक्षमा अस्थिरता देखिनुले बैंकहरूको ऋण लगानी क्षमता खुम्चिएको छ ।

आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.