• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

नागरिक आन्दोलनका फेरिँदा रूप: मध्यरातका पर्चादेखि ‘जेनजेड’को ‘नेपो बेबी’ ह्यासट्यागसम्म

  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित

काठमाडौं । नागरिक अधिकारका लागि १४ वर्ष जेल र गोलघरमा बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरिरहँदा २० देखि २५ वर्षको हाराहारी उमेरका युवा पुस्ताले मुलुकमा भ्रष्टाचार, अनियमितता र परिवारवाद व्याप्त भएको भन्दै सामाजिक सञ्जालबाट समर्थन जुटाएर आन्दोलन घोषणा गरेका छन् ।

नागरिक आन्दोलनका फेरिँदा रूप

राज्यको स्वभाव र प्रकृतिविरुद्धका विद्रोह र स्वतन्त्रतासहितका अधिकारका लागि हुने आन्दोलनका करिब तीनदेखि चार पुस्ता फेरिएको यस अवधिमा सत्ता र शासकसँग नयाँ शैलीको विद्रोहको नेतृत्व भने युवाले नै गर्दै छन् ।

नेपालमा मात्र नभई संसारभर नै आन्दोलन तथा प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा अँध्यारोमा पर्चा छर्नेदेखि, नाराबाजी, भित्तेलेखन, पोस्टर पम्प्लेट हुँदै सूचना प्रविधिका माध्यमबाट ह्यासट्याग अभियानबाट जुटेको आन्दोलनले राजनीतिक परिवर्तन गरेको तथ्य छ । जेनजेड÷जेनजीले गरेका आन्दोलन आफूहरू सत्तामा पुग्नका लागि मात्र नभई वास्तविक परिवर्तन केन्द्रित र निःस्वार्थ रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सरकारले सामाजिक सञ्जाललाई दर्ता हुन आह्वान गर्दै अल्टिमेटम दिएकामा तोकिएको समयभित्र दर्ता नभएको भन्दै निश्क्रिय पार्ने निर्णयसंगै जेनजी पुस्ताले सरकारविरुद्धको आन्दोलन घोषणा गरेका छन् ।

सोमबार माइतीघर मण्डलामा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमतिसमेत लिइसकेको जेनजेड पुस्ताको आन्दोलनको स्वरूप नेपालका लागि अलिक भिन्न र नयाँ छ ।

जेनजी अभियानका तर्फबाट सबल गौतम र पुरुषोत्तम यादवले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको बताउँदै स्वतन्त्र, रचनात्मक र सिर्जनात्मक ढंगले जेनजी पुस्ता के चाहन्छ भन्ने सन्देश आन्दोलनमार्फत दिन चाहेको बताएका छन् ।

जेनजेडले सुरु गरेको ‘नेपो बेबी’ अभियानमा विशेषगरी राजनीतिक नेता तथा प्रशासनिक उच्चपदस्थहरूका सन्तान र सर्वसाधारण नागरिकका सन्तानबीचको विभेदलाई मुख्य मुद्दा बनाइएको छ ।

पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा उच्च पदस्थहरूसँग जोडिएका विभिन्न अनियमितता काण्डलाई इन्फोग्राफिक्स, एनिमेसन तथा संवादात्मक सामग्रीमार्फत सामाजिक सञ्जालमा व्यापक समर्थन जुटाइरहेको आन्दोलनले सामाजिक सञ्जाल छाएको छ ।

जेनजी पुस्ताले आन्दोलनकै क्रममा ८ सेप्टेम्बर अर्थात् सोमबारलाई महत्वपूर्ण दिनका रूपमा चित्रण गर्दै सुशासन र सामाजिक रुपान्तरणका लागि आह्वान गरेसँगै समर्थन जुटने क्रम तीब्र भएको छ ।

गोकुलदेखि बालेनसम्मको समर्थन
सुशासनको माग गर्दै भ्रष्टाचार र परिवारवादको विरोध तथा सामाजिक सञ्जाल बन्दको विरोधमा भएको आन्दोलनलाई काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले खुलेर समर्थन गरेका छन् । बालेनले आफू जेनजी पुस्ताभित्र नपर्ने भए पनि उनीहरूको भावना बुझ्न भन्दै आन्दोलनलाई समर्थन गरेको जनाएका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि जेनजीको आन्दोलनलाई कमजोर नठान्न आग्रह गरेका छन् । राजनीति नबुझी अघि बढ्यो भने अरूले लाभ उठाउन सक्नेतर्फ सचेत हुन आग्रह गर्दै बाँस्कोटाले सांकेतिक ढंगले वर्तमान कुशासनविरुद्ध नयाँ पुस्ताको आन्दोलन जरुरी भएको सन्देश दिएका छन् ।

जेनजीले घोषणा गरेको आन्दोलनमा कलाकारहरू पल शाह, वर्षा शिवाकोटीलगायतले समर्थन गरेका छन् । आन्दोलनलाई समर्थन गरे पनि २८ वर्ष माथिकालाई आन्दोलनमा नआउन आग्रह गरेका छन् ।

जस लिन प्रतिपक्षीको होडबाजी
सामाजिक सञ्जालमा एक–दुई दिनमै सशक्त माहोल बनाएको जेनजेडको ‘नेपो बेबी’ अभियानमा आफूहरूको समेत समर्थन रहेको भन्दै जस लिन विपक्षी दलहरूको समेत होडबाजी छ ।

केही समयअघि राजा फर्काउने अभियानमा लागेर असफल मात्र हेइन आलोचित नै बनेको राप्रपाले जेनजीको आन्दोलनमा समर्थन जनाएको छ ।

आफूलाई स्वतन्त्र अभियन्ता बताउने विभिन्न अभियन्ताले समर्थन जनाएको भन्दै सामाजिक सञ्जालमा प्रचार थालेपछि जेनजीका अभियन्ताले विभिन्न राजनीतिक स्वार्थमा जोडिएका, दलका नेता कार्यकर्ता तथा अन्य अभियानका अभियन्तालाई जस लिने होडबाजीमा नआउन आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले समेत जेनजी आन्दोलनमा समर्थन रहेको बताउँदै आफ्ना युवा विद्यार्थीलाई सहभागी हुन भनेका छन् ।

मौन छन् पुराना दल आबद्ध जेनजी
पुरानो राजनीतिक धार बोकेर राजनीतिक प्रशिक्षण र परम्परागत आन्दोलनमा झन्डा र पर्चा बोकेर हिँडेका विद्यार्थी संगठन सामाजिक सञ्जालको बलमा उर्लिएको जेनजेडको ‘नेपो बेबी’ अभियानका विषयमा मौन छन् ।

केही नेताले यस आन्दोलनका विरुद्ध अभिव्यक्ति दिए पनि जेनजी नै आबद्ध भएका विद्यार्थी संगठनहरू भने मौन छन् ।

विद्यार्थी संगठनहरूले रचनात्मक आन्दोलनको स्वरूपका रूपमा यस्तै आन्दोलन प्रस्ताव गरेको भए पनि पार्टी नेतृत्वले नबुभ्mने गरेकाले नयाँ पुस्ताको भावना नेतृत्वले बुझ्ने अवस्थाका लागि यस्तो आन्दोलन जरुरी भएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका एक पदाधिकारीले बताए ।

उनले भने, ‘नयाँ पुस्तालाई पुरानो शैलीले राजनीति सिकाउन पनि सकिँदैन र उनीहरूले हाम्रा पार्टीको कार्यशैली मन पराइरहेका छैनन् भन्दा नेताज्यूहरू रिसाउनुहुन्थ्यो अब हाम्रा नेतालाई पनि सामाजिक सञ्जालको अभियानले नै बुझाइदिने भयो, यो राम्रै भयो, हाम्रा नेताहरू लालटिन बालेर राति पर्चा बाँडेको र भित्तेलेखन गर्दा जेल परेको कथा सुनाउनुहुन्छ, अहिलेको समय अब आन्दोलनले बुझाउनेछ ।’

जेनजेड जागरणको कारक इन्टरनेट
स्मार्ट फोन र इन्टरनेट आएपछि जन्मिएको र प्रविधिमा आएका नयाँ फिचरसँगै हुर्किएको पुस्ताका रूपमा जेनेरेसन जेड अर्थात् जेनजीको परिचय बनेको छ । अमेरिकी मनोवैज्ञानिक डा. जेन ट्वङ्गेले आफ्नो पुस्तक जेनेरेसनमा उल्लेख गरेअनुसार सन् १९९५ देखि २०१२ सम्म जन्मेको पुस्ता ‘जेनजी’ हो ।

जेनजी पुस्ता जन्मिँदा विश्वमा इन्टरनेट र स्मार्ट फोनको आविष्कार र तीव्र विकास भएकाले पनि यस पुस्ताले आफूलाई प्रविधिको पुस्ता भनेर चिनाउँछ । पछिल्ला समयमा विश्वमा भइरहेका नयाँ आन्दोलनमा जेनजीले रचनात्मक प्रगति देखाइरहेको छ । जेनजीले राजनीतिक परिवर्तन मात्र नभई व्यापार, आविष्कार र नयाँ शैलीलाई समेत आफ्नो जेनेरेसनसँग जोडेर परिचय बनाएका छन् ।

सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.