• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

‘अभागी’ देउवा, ‘भाग्यमानी’ देउवा

  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित

काठमाडौं । जेनजीहरूको भ्रष्टाचारविरोधी अभियानबाट विद्रोहमा बदलिएको जेनजी आन्दोलनका क्रममा ७३ जनाभन्दा बढीको ज्यान गयो, अर्बौंको भौतिक क्षति भयो । सरकारी कार्यालयदेखि जेनजीले भ्रष्ट ठानेका नेताका घर जले ।

घर खरानी भए पनि मन्त्री र प्रधानमन्त्री सेनाको हेलिकोप्टर प्रयोग गर्दै सुरक्षित स्थानमा भागे । तर, लामो राजनीतिक इतिहास बोकेका नेपाली कांग्रेस सभापति भने आन्दोलनकारीको निसानामा परे । घरमै उनीमाथि आक्रमण हुँदा घाँटीमा चोट लागेर उपचाररत छन् ।

राजनीतिक परिवर्तनका लागि भएका सबैजसो आन्दोलनमा बर्खास्ती, आक्रमण, यातना झेल्ने ‘अभागी’ र परिवर्तनपछिका अधिकांश राजकीय अवसर पाएर ‘भाग्यमानी’ बन्ने नेताहरूको दुर्लभ सूचीमा देउवा मात्रै देखिन्छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहितका नेतालाई नेपाली सेना र प्रहरीले उद्धार गर्दै सुरक्षित रूपमा राख्न सफल भयो ।

तर, देउवासँगै श्रीमती एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा बूढानीलकण्ठस्थित घरमै आन्दोलनकारीबाट घेरिए । नेपाली सेना र प्रहरीले दुवै जनाको उद्धार गर्दैगर्दा आन्दोलनकारीबाट उनीहरू कुटिए ।

पछिल्लो आन्दोलनमा भौतिक आक्रमणमा परेका एक मात्र नेता देउवा त्यसो त भाग्यमानी पनि उत्तिकै छन् । हरेक राजनीतिक परिवर्तनले उनलाई देशको कार्यकारी नेतृत्व सुम्पिएको छ । सक्रिय राजनीतिमा लागेयता उनी पाँचपटक प्रधानमन्त्री भइसकेका छन् ।

आठमहिनापछि छैटौंपटक प्रधानमन्त्री बन्ने निश्चित भएका देउवाको भाग्य जेनजी आन्दोलनका कारण तत्काललाई भने असम्भवजस्तो देखिएको छ । उनको छैटांै कार्यकारी यात्रा पूरा हुन संसद् पुनःस्र्थापना भएको खण्डमा या मध्यावधिमार्फत कांग्रेस ठूलो दल भई नेतृत्व गर्न पाएको खण्डमा मात्र पूरा हुने देखिन्छ ।

राजनीतिक परिवर्तनका लागि भएका सबैजसो आन्दोलनमा बर्खास्ती, आक्रमण, यातना झेल्ने ‘अभागी’ र परिवर्तनपछिका अधिकांश राजकीय अवसर पाएर ‘भाग्यमानी’ बन्ने नेताहरूको दुर्लभ सूचीमा देउवा मात्रै देखिन्छन् ।

आलोपालो सहमतिअनुसार प्रधानमन्त्री हुनैका लागि देउवाले निर्वतमान प्रधानमन्त्री ओलीका कतिपय कमजोरी एवं गलत कार्यशैलीको विरोध गरेनन् । कांग्रेसका नेताहरूले दबाब दिए पनि उनी मौन बस्थे ।

विभिन्न आन्दोलन हुँदै जनआन्दोलनदेखि जेनजी आन्दोलनका क्रममा कुटाइ खाने ‘अभागी’ नेता पनि उनै देउवा हुन् । २०६२÷०६३ सालको जनआन्दोलनमा देउवाले प्रहरीको कुटाइ खानुप¥यो । गिरिजाप्रसाद कोइरालासहित अन्य नेताहरूसँगै देउवाले कुटाइ खानुपरेको थियो । नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापतिसमेत रहेका देउवाको त्यतिबेला टाउको फुटेको थियो । अहिले जेनजी आन्दोलनका क्रममा समेत रगताम्य हुनेगरी कुटाइ खाए । अन्य पूर्वप्रधानमन्त्रीहरू सुरक्षित रूपमा उद्धार गरिए पनि उनी घरमै श्रीमती आरजुसँग बसिरहेका बेला आन्दोलनकारीको घेरामा परे ।

देउवा प्रधानमन्त्री भएकैबेला ११ मंसिर २०५८ मा संकटकाल घोषणा गरे । ११ जेठ २०५९ सम्म ६ महिना संकटकाल रह्यो । संकटकाल थप्न खोजेपछि गिरिजाप्रसाद कोइरालाले मानेनन् । त्यसपछि देउवाले संसद् विघटन गरी प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरे । तर, निर्वाचन गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले असक्षम घोषणा गर्दै प्रजातन्त्रमाथि ‘कू’ गरेका थिए ।

९ असोज २००२ मा जन्मेका देउवा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । कांग्रेसको नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष भएका देउवाले पञ्चायतविरुद्धको आन्दोलनमा पटकपटक जेल जीवन पनि बिताउनुपरेको थियो । उनीनिकटका नेताहरूले उनको जिब्रोमा करेन्ट लगाएर यातना दिएको पनि सम्झिन्छन् । त्यही भएर उनको बोली प्रस्ट छैन ।

कांग्रेसको केन्द्रीय सदस्य, उपसभापति हँुदै देउवा २०६९ सालमा पार्टी सभापति भएका थिए । पार्टीभित्र संगठन विस्तार र नेतृत्वमा उनी अगाडि छन् । २०५१–२०५२ सालमा देउवा पहिलोपटक प्रधानमन्त्री भए । २०५८–२०५९ सालमा दोस्रोपटक प्रधानमन्त्री भएका देउवा तत्कालीन राजा ज्ञानेन्द्रबाट बर्खास्तीमा परेका थिए ।

शाही निरंकुशतापश्चात २०६२–२०६३ सालको तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका देउवालाई तत्कालै हटाइएको थियो । तर, चौथो कार्यकालका लागि देउवा पुनः २०७४–२०७५ सालमा प्रधानमन्त्री भए ।

त्यतिबेला उनले नयाँ संविधानअनुसारको पहिलो स्थानीय, प्रदेश र संघीय निर्वाचन गराएर असक्षमको ‘ट्याग’ हटाउन सफल भए । राजाबाट असक्षम घोषित गरी पदच्यूत भएका देउवाले निर्वाचनपश्चात आफू सफल हुने प्रमाण दिन सफल भए ।

त्यसपछि ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक व्याख्या र सर्वोच्च अदालतको आदेशपछि २०७८–२०७९ सालमा पुनः पाँचौं कार्यकालका लागि उनी प्रधानमन्त्री भए । त्यसबेला देउवाले कोभिड–१९ को व्यवस्थापनका साथै एमसीसी पारित गराउने प्रमुख कार्य गरेका थिए ।

नेपालका समकालीन नेताहरूमध्ये देउवा अनुभवी संसदीय नेतामध्येका एक हुन् । तर, उनीमाथि राजनीतिक अस्थिरता बढाउने, निर्णयमा ढिलाइ र नेतृत्वमा कमजोरीसमेत गर्ने टिप्पणी हुने गरेको छ । बहुदलीय प्रजातन्त्र प्रतिबन्धित हुँदा देउवा भूमिगत राजनीतिमा समेत सक्रिय नेता हुन् । पञ्चायती शासनविरुद्धको आन्दोलन गर्दा देउवालाई जेलमै कठोर यातना दिइएको बताइन्छ । भौतिक र मानसिक यातना पाएका देउवाले अछाम, काठमाडौंसहित देशका विभिन्न जेलमा जेलजीवन बिताएका छन् ।

देउवा अहिले राजनीतिको उतराद्र्धमा छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टी विधानअनुसार उनी सभापति हुन पाउँदैनन् । तर, अहिलेको जेनजी आन्दोलनपश्चात देउवामाथि अहिले नै नेतृत्व परित्याग गरी राजनीतिबाट संन्यास लिनुपर्ने ठूलो दबाब छ ।

अस्पतालमा उपचाररत देउवाले पार्टी सभापतिबाट राजीनामा गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भए नभएको विषयमा भने अहिलेसम्म मुख खोलेका छैनन् ।

बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.