• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

सच्चिने बाटोमा देखिएनन् दलहरू

  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित

काठमाडौं , असोज ०२
प्रमुख दलहरू अझै पनि सच्चिने बाटोमा देखिएका छैनन् । युवा आन्दोलनबाट सत्ता र शक्तिबाट च्युत गरिँदासमेत उनीहरू आत्मसमीक्षामा जुटेका छैनन् । बरु आत्मरक्षामा केन्द्रित देखिन्छन् । जेन–जी आन्दोलनको आवाज सम्बोधन गर्ने पनि संकेत गरेका छैनन् ।

ठुला दलले सत्ताको बागडोर सम्हाल्दा भ्रष्टाचार र कुशासन बढेको भन्दै त्यसको अन्त्यका लागि जेन–जी आन्दोलन उठेको थियो । आन्दोलनको बलमा आफूहरूको सत्तापलट भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमाले महासचिव शंकर पोखरेलले संस्थागत विज्ञप्ति जारी गर्दै आत्मरक्षा गरे । विज्ञप्तिमा उनीहरूले आफ्ना कमजोरीबारे केही बोलेका छैनन् । बरु, जेन–जी आन्दोलनलाई अस्थायी उत्तेजना र घुसपैठजस्ता संज्ञा दिएर फेरि आफूहरू उठ्ने घोषणा गरेका छन् । विगतमा चुनावदेखि चुनावसम्म केन्द्रित हुँदै आएका दलहरू फेरि चुनावकेन्द्रित अभियानमा होमिने तयारी गर्दै छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गत आइतबार पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि भएको आक्रमणको निन्दा, अन्य नेतामाथि भएको आक्रमणको विरोध गर्दै विज्ञप्ति निकाले । संसद् विघटनको विरोध गरे । अविलम्ब कार्यसमिति बैठक बसेर प्रतिनिधिसभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा धारणा सार्वजनिक गर्ने बताए । त्यसअघि शुक्रबार खड्काकै अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । तर, बैठक बस्नुको कारण र निर्णयहरू सार्वजनिक गरिएन । सभापति देउवादम्पती सैनिक अस्पताल छाउनीमा उपचाररत छन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा कांग्रेसले जेन–जीका आवाजलाई लोकतान्त्रिक आवाजको रूपमा लिएको र हिंसात्मक घटनाको विरोध गरेको बताउँछन् । ‘जेन–जीको आवाजलाई लोकतान्त्रिक आवाजको रूपमा लिएका छौँ । हिंसात्मक रूप लिएपछि भत्र्सना गर्ने अवस्था आएको हो । उहाँहरूको मागको स्वागत गर्छौँ । हिंसात्मक घटनाको विरोध नै हुन्छ,’ उनले भने ।

विधिविधान र विवेकसम्मत रूपमा पार्टी पुनर्गठन हुने पनि विश्वकर्माको दाबी छ । ‘हाम्रो पार्टी महाधिवेशनको संघारमा छ । महाधिवेशनबाट पार्टी पुनर्गठन भएर आउँछ । सभापतिलाई तेस्रोपटक पदमा बस्न विधानले पनि दिँदैन, उहाँको विवेकले पनि अब सभापति बन्दिनँ भनिसक्नुभएको छ । अब महाधिवेशनपछि नीति, संगठन र नेतृत्व नयाँ हुन्छ,’ उनले भने । पार्टीभित्र छलफल गरेर विधि र विकेकअनुसार नै कांग्रेस चल्ने उनले स्पष्ट पारे । कम्युनिस्ट पार्टीकोजस्तो विधान नै संशोधन गरेर नेतृत्वमा रहिरहने अवस्था कांग्रेसमा नरहेको उनले दाबी गरे ।

एमालेमा पनि संस्थापन पक्षले जेन–जी आन्दोलनपछि आफूलाई प्रतिरक्षामा उभ्याएको छ । केही समयअघि मात्रै एमाले अध्यक्ष ओलीले विधान संशोधन गरेर पुन: अध्यक्ष बन्ने वैधानिक बाटो खुला गरिसकेका छन् । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटनको विरोध गर्दै संस्थागत धारणा सार्वजनिक गरे । तर, आत्मसमीक्षाबारे एक शब्द बोलेनन् । ‘प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र यसले सिर्जना गर्ने राजनीतिक जटिलताप्रति एमाले गम्भीर तथा चिन्तित छ,’ उनले भने, ‘घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने र कसैबाट पनि भएको कुनै पनि प्रकारको भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नेमा हाम्रो विमति छैन । यस प्रकृतिका आयोगलाई आवश्यक सहयोग गर्न पार्टी तयार छ ।’

त्यस्तै, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पार्टी आफ्नो एजेन्डामा अडिग रहेको बताए । ‘राष्ट्रियता र व्यवस्था रक्षाका निम्ति एमाले लाग्छ, संविधान दिवस ७७ वटै जिल्लामा भव्य रूपमा मनाउँदै छौँ,’ उनले भने, ‘संविधानका उपलब्धिको चर्चा गर्दै गणतन्त्रको रक्षाका निम्ति हामी लाग्छौैँ ।’

जेन–जीका मागबारे सोधिएको प्रश्नमा उनले भने, ‘जेन–जीको माग पूरा गर्न त सरकार आएको छ नि ! सरकारको कामलाई एमालेले गम्भीरतापूर्वक हेरिरहेको छ ।’ त्यस्तै, पार्टी पुनर्गठनको विषय भने पार्टीमा प्रवेश नै नभएको उनको भनाइ छ । ‘पार्टी पुनर्गठन भनेको पार्टीको आन्तरिक बिजनेस हो । त्यो विषयमा प्रवेश नै गरेका छैनौँ,’ गौतमले भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनपछि वक्तव्य जारी गर्दै नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा माओवादीको साथ, समर्थन रहने बताए । संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढ्न उनले शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिलाई आह्वान पनि गरेका छन् । प्रचण्डले आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लुटपाट र आगजनीका घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन गर्न मागसमेत गरेका छन् । उनले जेन–जी र माओवादीको मुद्दा समान रहेको पनि बताए ।

‘आन्दोलनको दोस्रो दिन आयोजकको पूर्ववत् घोषणाविपरीत अवाञ्छित तŒवहरूको घुसपैठ देखा पर्न थाल्यो । त्यस्ता तŒवहरूबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रूपमा रहेका सिंहदरबारसहितका संरचनामा जे जसरी लुटपाट र आगजनीका घटना भए, ती इतिहासमै सर्वाधिक नकारात्मक घटना बन्न पुगे,’ उनले भने, ‘जेन–जी युवा र हामीले एउटै मुद्दा उठाइरहेका वेला पनि हाम्रो पार्टी कार्यालय, निजीनिवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो ? यसको बारेमा गम्भीर रूपमा सोच्नै पर्छ । यस खालका घटना जेन–जी पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् । उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।’

माओवादी सचिव देवेन्द्र पौडेल जेन–जीका माग सम्बोधन गर्दै जानुपर्ने बताउँछन् । माओवादी जेन–जी आन्दोलनभन्दा अगाडि नै आत्मसमीक्षा गरेर अगाडि बढेको र फेरि पनि आत्मसमीक्षा गर्दै जाने उनले बताए । ‘जेन–जीले उठाएका माग, भावना सही छन् । त्यसलाई पूरा गर्दै जानुपर्छ । जहाँसम्म नेतृत्व हस्तान्तरणको कुरा छ, त्यो विधिसम्मत हुनुपर्छ । महाधिवेशनमा त्यसबारे छलफल हुन्छ । त्यसका लागि समय चाहिन्छ, आजको भोलि नै हुँदैन,’ उनले भने, ‘जसरी पानी लानका लागि कुलो चाहिन्छ, त्यसैगरी नेतृत्व हस्तान्तरणको पनि एउटा बाटो हुन्छ । प्रक्रिया पूरा गर्नुपर्छ । जेन–जी आन्दोलनअघि नै माओवादी आत्मसमीक्षा गरेर अगाडि बढ्दै आएको छ । हामी फेरि पनि आत्मसमीक्षा गरेर अगाडि बढ्छौँ ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जेन–जी आन्दोलनले परिवर्तनको माग गरे पनि दलका नेताले अझै नचेतेको टिप्पणी गर्छन् । ‘जेन–जी आन्दोलनले परिवर्तनको माग गरेको छ । तर, सबभन्दा पहिला जेन–जीले नै आत्मसमीक्षा गर्न जरुरी छ । नेपाली समाजलाई रूपान्तरण गर्ने एजेन्डा के हो भन्ने प्रस्ट पार्न जरुरी छ । जेन–जी संगठित नहुँदा २४ भदौको आन्दोलनलाई हाइज्याक भएजस्तो फेरि पनि हुन सक्छ,’ उनले भने, ‘दलका नेताहरू आफ्नो बाटोबाट च्यूत भएकाले यो आन्दोलन उठेको हो । नेताहरूको भ्रष्ट, आत्मकेन्द्रित मानसिकताको कारणले जनतालाई आक्रोशित बनायो । अर्कोतर्फ दलका नेताहरूले आर्यघाट नपुग्दासम्म नेतृत्व हस्तान्तरण नगर्ने प्रवृत्ति देखाए । यसबाट जनता वाक्कदिक्क भएका थिए । यो अवस्था अहिले पनि छ । यही कारण नेतृत्वले आफ्नो स्वभाव, प्रवृत्तिमा परिवर्तन कसरी गर्लान् भन्ने ठुलो प्रश्न छ । दलहरू नसच्चिए जनताले स्विकार्नेजस्तो देखिँदैन । तर, नेताहरूमा अझै चेतको भाव देखिएको छैन । नेपालका लागि यो ठुलो दुर्गतिको संकेत हो ।’

पार्टी पुनर्गठनका लागि संस्थापनइतरको दबाब
प्रमुख दलमा संस्थापनइतरले भने पार्टी पुनर्गठनका लागि दबाब बढाएका छन् । परिस्थितिले नयाँ सोच, नयाँ शैली र नयाँ नेतृत्व खोजेको उनीहरूको दाबी छ । कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पार्टी पुनर्गठन गरेर जानुपर्नेमा जोड दिँदै आएका छन् । तर, उनीहरूले उक्त मुद्दालाई पार्टीको संस्थागत धारणा बनाउन सकेका छैनन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायत दर्जनौँ नेताले नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताएका छन् । तर, एमालेको बैठकसमेत हुन सकेको छैन । संस्थापन पक्षका नेताहरू एमालेमा ओलीको विकल्प नभएको बताउन थालिसकेका छन् । अध्यक्ष ओली सैनिक सुरक्षामा रहेको अवस्थामा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरू हुँदाहुँदै महासचिव शंकर पोखरेलले नै संयोजन र समन्वय गरेर पार्टी चलाइरहेका छन् । यसकारण पनि ओली नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणको पक्षमा नरहेको सन्देश प्रवाह भएको भन्दै नेता–कार्यकर्ताहरूले आलोचना गरेका छन् । स्थायी समिति सदस्य महेश बस्नेतले त ओलीको विरोध नगर्न चेतावनी नै दिएका छन् ।

माओवादीमा पनि उपमहासचिव जनार्दन शर्मा, केन्द्रीय सदस्य सुदन किराँतीलगायत नेताहरूले पार्टी पुनर्गठनको विषय जोडतोडले उठाएका छन् ।

अध्यक्ष पद छाड्न सिके राउतलाई अल्टिमेटम
जनमत पार्टीका अध्यक्ष सिके राउतलाई राजीनामा दिन नेताहरूले २४घन्टे अल्टिमेटम दिएका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेताहरूले राउतको राजीनामा मागेका हुन् । विश्वसनीयता र जनआस्थाको पुनस्र्थापना गर्न नेतृत्व परिवर्तन आवश्यक भएको उनीहरूको दाबी छ । खानसहित प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक संजयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र केन्द्रीय सदस्य बिक्रमबहादुर बमले राजीनामा मागेका हुन् ।

दलका नेता चेतेको देखिएन : श्याम श्रेष्ठ, विश्लेषक
जेन–जी आन्दोलनले परिवर्तनको माग गरेको छ । दलका नेताहरू आफ्नो बाटोबाट च्यूत भएकाले यो आन्दोलन उठेको हो । नेताहरूको भ्रष्ट, आत्मकेन्द्रित मानसिकताको कारणले जनतालाई आक्रोशित बनायो । अर्कोतर्फ दलका नेताहरूले आर्यघाट नपुग्दासम्म नेतृत्व हस्तान्तरण नगर्ने प्रवृत्ति देखाए । यसबाट जनता वाक्कदिक्क भएका थिए । यो अवस्था अहिले पनि छ । यही कारण नेतृत्वले आफ्नो स्वभाव, प्रवृत्तिमा परिवर्तन कसरी गर्लान् भन्ने ठुलो प्रश्न छ । दलहरू नसच्चिए जनताले स्विकार्नेजस्तो देखिँदैन । तर, नेताहरूमा अझै चेतको भाव देखिएको छैन । नेपालका लागि यो ठुलो दुर्गतिको संकेत हो । नया पत्रिकाबाट साभार

बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • २.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ३.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ४.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ७.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ८.
    आज साउन ११ सोमबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.