• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ६. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

जेनजी भावना र म्यान्डेटविपरीत सरकारको ध्यान सरुवा–बढुवा र नियुक्तिमा

  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलनको परिणामस्वरूप निर्माण भएको परिस्थितिमा बनेको सरकारले म्यान्डेटबाहिर गएर काम गरेको आलोचना हुन थालेको छ ।६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने सर्तमा राष्ट्रपतिबाट नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद् विस्तारदेखि मन्त्रीहरूका निर्णयहरूमा प्रश्न उठिरहेको छ । आन्दोलनको भावना र राष्ट्रको प्राथमिकता तथा नियुक्त हुँदाको म्यान्डेटभन्दा पनि मन्त्रीका लहड र खास समूहका स्वार्थप्रेरित कामहरूले प्राथमिकता पाउन लागेको भन्दै जेनजी आन्दोलनमा सक्रिय युवा तथा समर्थकहरूले सजग गराइरहेका छन् ।

मन्त्रिपरिषद्को समावेशितामै प्रश्न
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् समावेशी चरित्रको नभएको आरोप लाग्न थालेको छ । कार्की नेतृत्वको ९ सदस्यीय मन्त्रिपरिषद्मा संविधानको भावनाअनुसार हेर्ने हो भने पनि ३३ प्रतिशत अर्थात् तीनजना महिला हुनुपर्नेमा एक जना मात्रै रहेको अवस्था छ ।

जेनजी आन्दोलनमा देखिएका युवामा झन्डै पुरुष–महिला बराबर भएकामा महिलाहरूलाई उपेक्षा गरिएको अझ युवा महिलालाई निरुत्साहित गरिएको जेनजी आन्दोलनकै अभियन्ता रक्षा बमले बताएकी छन् । आन्दोलनको भावनाअनुसारको राजनीतिक परिवर्तन हुँदा युवा तथा महिलाहरू नै मन्त्री भएका छन् तर यहाँ रिटायर्ड कर्मचारी, पूर्वन्यायाधीश र शक्तिअभ्यास गर्नसक्ने शक्तिकेन्द्रका प्रतिनिधिहरू मन्त्री भएको भन्दै वास्तविक आन्दोलनकारीमा असन्तुष्टि चुलिएको बम बताउँछिन् ।

जेनजी आन्दोलनमा उपत्यकाका नेवार समुदाय र युवाहरूको व्यापक सहभागिता भएको र नेवार समुदाय शहीद भएको सन्दर्भ उल्लेख गर्दै नेवारी समुदायको सहभागिता नभएकामा सने समुदाय नै असन्तुष्ट भइरहेको छ ।

नियुक्ति र ठेक्कामा ध्यान
निर्वाचनको म्यान्डेट लिएर आएको सरकारका मन्त्रीहरूले एक साता नबित्दै प्रतिशोध देखिनेगरी नियुक्ति र सरुवा–बढुवामा ध्यान केन्द्रित गरेको आरोप लाग्न थालेको छ । आफैं लामो समय नेपाल विद्युत् प्राधिकरणमा रहेका र कार्यकारी निर्देशकको जिम्मेवारी पनि पूरा गरेका कुलमान घिसिङले मन्त्री हुनेबित्तिकै विगतमा आफ्ना प्रतिस्पर्धी देखिएका हितेन्द्रदेव शाक्यलाई सरुवा गरेका छन् ।

हुँदै नभएको पद सिर्जना गरी शाक्यलाई सरुवा गरेर मनोज सिलवाललाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् । प्राधिकरणको एमडी नियुक्तिको विषयमा नै विगतमा तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र घिसिङबीच अन्तरसंघर्ष चलेको थियो । घिसिङकै समर्थकहरूले पनि पूर्वमन्त्री खड्काकै शैली देखाउनु भन्दा भिन्न शैलीबाट कुलमानले काम गर्न सक्नुपथ्र्यो भन्दै सुझाव दिन थालेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भेरी बबई र सुनकोशी मरिण डाइभर्सनमा ठेक्का तोड्ने आधार खोज्न थालेका छन् । आफू र आफूनिकट विज्ञ तथा व्यवसायीहरूले तयार पारेका आधारहरूमा टेक्दै मन्त्रालयले एक्सन लिन खोजेको मन्त्री घिसिङमाथि आरोप छ । घिसिङनिकट स्रोतले भने ‘मन्त्रीले छिटो काम चाहियो, सक्नुहुन्न भने कुर्ने समय छैन भन्ने गर्नुभएको छ’ भन्दै मन्त्रीको ठेकेदारमाथिको दबाब स्विकारेको छ ।

नेपाल प्रहरीले गरेको विवादित ठेक्का प्रकरणमा गृहमन्त्री मौन बसिरहेका छन् भने उही क्याबिनेटका अर्का मन्त्री सम्झौता भइसकेको ठेक्का तोड्न बाटो कुरिरहेका छन् । यसले मन्त्रीहरूको सक्रियता र मौनता नै आश्चर्यजनक भएको भन्दै जेनजी प्रतिनिधिहरूले समेत वर्तमान सरकारको कार्यशैली र नियतमा प्रश्न उठाउन थालेका छन् ।

चार सचिव सरुवा, मुख्य सचिवदेखि नै निसानामा
मन्त्रिपरिषद् पूर्ण नहुँदै सरकारले मंगलबार चार जना सचिवको सरुवा गरेको छ । सरकारले गृह सचिवको जिम्मेवारीमा रामेश्वर दंगाललाई ल्याएको छ भने रक्षा मन्त्रालयमा सुमन अर्याललाई ल्याएको छ । हालका गृह सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ भने दिनेश घिमिरेलाई वित्त आयोगमा सरुवा गरिएको छ ।

रक्षा र गृह मात्र नभई अन्य मन्त्रालयको पनि सचिव सरुवाको तयारी भइरहेको प्रधानमन्त्री कार्कीनिकट स्रोतको दाबी छ । मुख्यसचिव एकनारायण अर्याललाई प्रधानमन्त्री कार्कीले ‘मुख्य सचिवज्यू, म अप्ठेरो अवस्थामा आएको तपाईंहरूले सहयोग गर्नुस्, मेरो टिमले यस्तो भनेको छ’ भन्दै कर्मचारी प्रशासनमा सक्रिय हस्तक्षेप गरिएको प्रशासननिकट स्रोतको दाबी छ ।

अन्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिवहरूलाई पनि सरुवाका लागि तयारी भइरहेको छ । सचिव हेरफेरलाई पूर्ववत मन्त्रीसँग काम गरेको भन्ने नाममा हेरफेर गर्नुले प्रशासनमा राम्रो सन्देश नजाने पूर्वसचिवहरू बताउँछन् ।

मुख्यसचिव एकनारायण अर्याललाई महत्वपूर्ण जिम्मेवारीमा भएको हेर्न मन छ भन्दै मन्त्री वा अरू महत्वपूर्ण अवसरको प्रलोभन दिएर राजीनामा गराउन प्रयास भइरहेको चर्चा चलेपछि अर्यालले आफू मन्त्री बन्ने चर्चा गलत भएको प्रतिक्रिया दिएका छन् ।

अर्याललाई मुख्यसचिवबाट राजीनामा गराएर निर्वाचन आयोगको प्रमुख आयुक्त बनाउने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ । अर्यालले मिडियामार्फत मन्त्री वा अरू कुनै जिम्मेवारीमा जाने हल्ला गलत भन्दै सन्देश दिनुले कुनै किसिमको प्रलोभन वा प्रभाव परेको अनुमान गर्न कठिन छैन ।

बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

  • ६.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.