• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

जेनजी भावना र म्यान्डेटविपरीत सरकारको ध्यान सरुवा–बढुवा र नियुक्तिमा

  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलनको परिणामस्वरूप निर्माण भएको परिस्थितिमा बनेको सरकारले म्यान्डेटबाहिर गएर काम गरेको आलोचना हुन थालेको छ ।६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने सर्तमा राष्ट्रपतिबाट नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद् विस्तारदेखि मन्त्रीहरूका निर्णयहरूमा प्रश्न उठिरहेको छ । आन्दोलनको भावना र राष्ट्रको प्राथमिकता तथा नियुक्त हुँदाको म्यान्डेटभन्दा पनि मन्त्रीका लहड र खास समूहका स्वार्थप्रेरित कामहरूले प्राथमिकता पाउन लागेको भन्दै जेनजी आन्दोलनमा सक्रिय युवा तथा समर्थकहरूले सजग गराइरहेका छन् ।

मन्त्रिपरिषद्को समावेशितामै प्रश्न
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् समावेशी चरित्रको नभएको आरोप लाग्न थालेको छ । कार्की नेतृत्वको ९ सदस्यीय मन्त्रिपरिषद्मा संविधानको भावनाअनुसार हेर्ने हो भने पनि ३३ प्रतिशत अर्थात् तीनजना महिला हुनुपर्नेमा एक जना मात्रै रहेको अवस्था छ ।

जेनजी आन्दोलनमा देखिएका युवामा झन्डै पुरुष–महिला बराबर भएकामा महिलाहरूलाई उपेक्षा गरिएको अझ युवा महिलालाई निरुत्साहित गरिएको जेनजी आन्दोलनकै अभियन्ता रक्षा बमले बताएकी छन् । आन्दोलनको भावनाअनुसारको राजनीतिक परिवर्तन हुँदा युवा तथा महिलाहरू नै मन्त्री भएका छन् तर यहाँ रिटायर्ड कर्मचारी, पूर्वन्यायाधीश र शक्तिअभ्यास गर्नसक्ने शक्तिकेन्द्रका प्रतिनिधिहरू मन्त्री भएको भन्दै वास्तविक आन्दोलनकारीमा असन्तुष्टि चुलिएको बम बताउँछिन् ।

जेनजी आन्दोलनमा उपत्यकाका नेवार समुदाय र युवाहरूको व्यापक सहभागिता भएको र नेवार समुदाय शहीद भएको सन्दर्भ उल्लेख गर्दै नेवारी समुदायको सहभागिता नभएकामा सने समुदाय नै असन्तुष्ट भइरहेको छ ।

नियुक्ति र ठेक्कामा ध्यान
निर्वाचनको म्यान्डेट लिएर आएको सरकारका मन्त्रीहरूले एक साता नबित्दै प्रतिशोध देखिनेगरी नियुक्ति र सरुवा–बढुवामा ध्यान केन्द्रित गरेको आरोप लाग्न थालेको छ । आफैं लामो समय नेपाल विद्युत् प्राधिकरणमा रहेका र कार्यकारी निर्देशकको जिम्मेवारी पनि पूरा गरेका कुलमान घिसिङले मन्त्री हुनेबित्तिकै विगतमा आफ्ना प्रतिस्पर्धी देखिएका हितेन्द्रदेव शाक्यलाई सरुवा गरेका छन् ।

हुँदै नभएको पद सिर्जना गरी शाक्यलाई सरुवा गरेर मनोज सिलवाललाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् । प्राधिकरणको एमडी नियुक्तिको विषयमा नै विगतमा तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र घिसिङबीच अन्तरसंघर्ष चलेको थियो । घिसिङकै समर्थकहरूले पनि पूर्वमन्त्री खड्काकै शैली देखाउनु भन्दा भिन्न शैलीबाट कुलमानले काम गर्न सक्नुपथ्र्यो भन्दै सुझाव दिन थालेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भेरी बबई र सुनकोशी मरिण डाइभर्सनमा ठेक्का तोड्ने आधार खोज्न थालेका छन् । आफू र आफूनिकट विज्ञ तथा व्यवसायीहरूले तयार पारेका आधारहरूमा टेक्दै मन्त्रालयले एक्सन लिन खोजेको मन्त्री घिसिङमाथि आरोप छ । घिसिङनिकट स्रोतले भने ‘मन्त्रीले छिटो काम चाहियो, सक्नुहुन्न भने कुर्ने समय छैन भन्ने गर्नुभएको छ’ भन्दै मन्त्रीको ठेकेदारमाथिको दबाब स्विकारेको छ ।

नेपाल प्रहरीले गरेको विवादित ठेक्का प्रकरणमा गृहमन्त्री मौन बसिरहेका छन् भने उही क्याबिनेटका अर्का मन्त्री सम्झौता भइसकेको ठेक्का तोड्न बाटो कुरिरहेका छन् । यसले मन्त्रीहरूको सक्रियता र मौनता नै आश्चर्यजनक भएको भन्दै जेनजी प्रतिनिधिहरूले समेत वर्तमान सरकारको कार्यशैली र नियतमा प्रश्न उठाउन थालेका छन् ।

चार सचिव सरुवा, मुख्य सचिवदेखि नै निसानामा
मन्त्रिपरिषद् पूर्ण नहुँदै सरकारले मंगलबार चार जना सचिवको सरुवा गरेको छ । सरकारले गृह सचिवको जिम्मेवारीमा रामेश्वर दंगाललाई ल्याएको छ भने रक्षा मन्त्रालयमा सुमन अर्याललाई ल्याएको छ । हालका गृह सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ भने दिनेश घिमिरेलाई वित्त आयोगमा सरुवा गरिएको छ ।

रक्षा र गृह मात्र नभई अन्य मन्त्रालयको पनि सचिव सरुवाको तयारी भइरहेको प्रधानमन्त्री कार्कीनिकट स्रोतको दाबी छ । मुख्यसचिव एकनारायण अर्याललाई प्रधानमन्त्री कार्कीले ‘मुख्य सचिवज्यू, म अप्ठेरो अवस्थामा आएको तपाईंहरूले सहयोग गर्नुस्, मेरो टिमले यस्तो भनेको छ’ भन्दै कर्मचारी प्रशासनमा सक्रिय हस्तक्षेप गरिएको प्रशासननिकट स्रोतको दाबी छ ।

अन्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिवहरूलाई पनि सरुवाका लागि तयारी भइरहेको छ । सचिव हेरफेरलाई पूर्ववत मन्त्रीसँग काम गरेको भन्ने नाममा हेरफेर गर्नुले प्रशासनमा राम्रो सन्देश नजाने पूर्वसचिवहरू बताउँछन् ।

मुख्यसचिव एकनारायण अर्याललाई महत्वपूर्ण जिम्मेवारीमा भएको हेर्न मन छ भन्दै मन्त्री वा अरू महत्वपूर्ण अवसरको प्रलोभन दिएर राजीनामा गराउन प्रयास भइरहेको चर्चा चलेपछि अर्यालले आफू मन्त्री बन्ने चर्चा गलत भएको प्रतिक्रिया दिएका छन् ।

अर्याललाई मुख्यसचिवबाट राजीनामा गराएर निर्वाचन आयोगको प्रमुख आयुक्त बनाउने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ । अर्यालले मिडियामार्फत मन्त्री वा अरू कुनै जिम्मेवारीमा जाने हल्ला गलत भन्दै सन्देश दिनुले कुनै किसिमको प्रलोभन वा प्रभाव परेको अनुमान गर्न कठिन छैन ।

बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.