जेठ १ , चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । वडा नम्बर–२ को मतगणना चलिरहदा दाहालले २ हजार ६ मत प्राप्त गरेकी छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले एक हजार ९५४ मत पाएका छन् ।स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६५१ मत ल्याएका छन् । वडा १ को मतगणना सकिए पछि अहिले वडा नम्बर–२ को मतगणना सुरु भएको छ ।

तपाईको प्रतिक्रिया


