जेठ १ , माडी । चितवनको माडीमा मतगणना स्थगित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माडी २ को मतगणनामा धाँधली भएको भन्दै विरोध गरेपछि गणना तत्कालका लागि स्थगित भएको हो ।
राप्रपाबाट वडाअध्यक्षका उम्मेदवार विजय कुमार गुरुङले मतपेटिका शिलबन्दी नगरिएको भेटिएको आरोप लगाएका छन् । आफुहरुले मतदान गरेको मतपत्र नम्बरहरु समेत गायव पारिएको उनको आरोप छ ।
माओवादीमा वडा नम्बर दुईको अध्यक्षमा विजयी भएको भन्दै बिजयी जुलुसको तयारी समेत गरेको थियो । तर राप्रपाले धाँधली भएको भन्दै विरोध गरिरहेको छ । पुनः मत गणना नभएसम्म परिणाम स्वीकार नगर्ने राप्रपाको अडान छ ।
तपाईको प्रतिक्रिया


