जेठ १ , चितवन । चितवनको कालिका नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार शिवराम केसीले अग्रता लिएका छन् । शनिवार दिनभरी र सोमबार अपराहन्न सम्म एमालेबाट मेयर पदका उमेदवार विनोद रेग्मीलाई पछ्याइरहेका केसीले अहिले भने अग्रता लिएका हुन ।
७ हजार ९७ मत गणना हुँदा केसीले ३ हजार १०१ र रेग्मीले ३ हजार ५५ मत प्राप्त गरेका छन् । कालिकामा वडा नं १,१० र ११ को मत गणना सकिएको छ भने वडा नं २,३,४ र ९ को गणना जारी रहेको छ ।
तपाईको प्रतिक्रिया


