जेठ १ , चितवन । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी २५४९ मत ल्याएका छन्।रेनुलाई १९ मतले उछिन्दै विजय अघि बढेका छन्।यस्तै जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७६९ मत ल्याएका छन्। राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन्।भरतपुर महानगरपालिकामा अहिलेसम्म ६७७७ मत गणना भएको छ।
०७४ को चुनावमा वार्ड २ मा रेनु दाहाल देवी ज्ञवाली भन्दा १०३१ मतले पछि परेका थिन ।अहिले सम्म यो वार्डमा रेनुले भन्दा विजयले १४० मत बढी ल्याएका छन् ।
भरतपुर-२ काे पछिल्लो मतगणना अपडेट :
मेयर –
बिजय सुवेदी सूर्य -२५४९
रेनु दाहाल हसिया हथौड़ा -२५३०
जगन्नाथ पाैडेल भुईकटहर – ८३०
उपमेयर –
चित्रसेन अधिकारी रुख – २७६९
हिमला गुरुङ हलाे – १९७५
वडा अध्यक्ष (२ नं)
सूर्य -१६३६
रुख – १६४९


