जेठ १ , भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २ मा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेस उमेद्वार मनोज रानाभाट विजयी भएका छन् ।कांग्रेस उमेद्वार मनोज रानाभाटले नेकपा एमाले उमेद्वार कृष्ण केसीलाई छाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । यसअघि यस वार्डमा नेकपा एमाले जितेको थियो ।भरतपुर २ को यस वार्डलाई एमालेको गढको रूपमा लिने गरिन्छ ।
मनोज रानाभाटले खसेको ४८०८ मतमा २१०५ मत पाएर विजयी भएका हुन् । एमाले उमेद्वार कृष्ण केसीले २०५८ मत पाएका थिए ।यसअघि वार्ड १ मा पनि ५ दलिय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी हुनुभएको छ ।
तपाईको प्रतिक्रिया



